मिडिया नआएपछि कंगनाको फिल्मको इभेन्ट रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 11:37:06 AM मा प्रकाशित

laxmi  sunrise bank

कंगना रनावतको आउदैँ गरेको फिल्म जजमेन्टल हे क्या को एक इभेन्ट मिडिया नआएपछि रद्द भएको छ । शनिवार हुने भनिएको इभेन्टमा कंगना रनावत र एकता कपुर दुबै इभेन्टभरी बस्ने जनाइएको थियो । सबै मिडिया हाउसलाई कार्यक्रममा निमन्त्रण गरिएको थियो तर कंगनाको मिडियालाई बाइकट गर्ने सार्वजनिक निर्णयको प्रतिक्रिया जनाउदै ठुला मिडिया हाउसले कार्यक्रमलाई बहिस्कार गर्दै उपस्थिति जनाएनन् साथै मीडियाले न्युज कभर पनि नगरेको जनाइएको छ ।

लामो समयदेखि कंगना र मिडियाबिच शित युद्ध नै चलिरहेको छ । फिल्मको यत्रो ठुलो कार्यक्रममा फोटोग्राफर पनि नआएपछि कंगना तनावमा आएको र इभेन्ट रद्द गर्न सबैले सुझाएको जनाइएको छ । मिडिया नआएपछि आयोजकले कार्यक्रम रद्द गरेको छ । कार्यक्रम रद्द हुनुको कारण कंगना बिरामि भएको भनेर जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved