यो हप्ता किन आएन भद्रगोल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 12:07:11 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय नेपालको सबैभन्दा धेरै रुचाइएको कमेडि सिरियल ‘भद्रगोल’को श्रावण ३ गतेको अंक आएन । निकै रुचाईएको कार्यक्रम नआएपछी दर्शकहरुमा छटपटी बढेको छ । शुक्रबार राती टेलिभिजन र रातको १० बजेपछि युटुबमा आउँला र हेरौला भनेर बसेका दर्शकहरु भद्रगोलको २ सय २० औँ भाग हेर्न नपाँउदा निराश छन् । 

भद्रगोल प्रशारण नहुनुको कारण के हो त ? के अब कहिल्यै आउँदैन त ? दर्शकहरु यी र यस्तै खुलदुलीमा छन् । भद्रगोलका निर्देशक द्धय अर्जुन घिमिरे र कुमार कट्टेल छन् । कुमार कट्टेल भद्रगोलमा जिग्री नामको पात्रका रुपचा चर्चित छन् । हामीले उनै जिग्रीसँग सम्पर्क गरेका छौँ । 

कुमार कट्टेल जिग्रीका अनुसार आर्थिक वर्ष सकिएसँगै नयाँ आर्थिक बर्षका लागि टेलिभिजनसँग सम्झौता नविरकणको प्रकृयाले गर्दा यो हप्ता भद्रगोल नआएको हो । अर्को हप्ताबाट निर्धारित समयमा भद्रगोल आउने कुमार बताउँछन् । 

मिडिया हब, नेपाल टेलिभिजन तथा निर्माता हरुबीच हरेक आर्थिक बर्षको लागि नविकरण गर्नुपर्ने हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved