बादशाह जुटको ट्रेलरले भड्किए नेपालका मुस्लिम समुदाय, सच्याउन आयोग अध्यक्षको 'निर्देशन'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 10, 2019 | 06:22:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मुस्लिम आयोगले चलचित्र 'बादशाह जुट' को ट्रेलरप्रति आपत्ति जनाउदै सच्याउन भनेको छ। ट्रेलरमा मुस्लिम समुदायको छबि खराब गर्ने प्रयास भएकाले सच्याउन भनिएको मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले बताएका छन। 

'ट्रेलरमा कुनै आतंकारी संगठन देखाउन अघि अजानको आवाज सुनाइएकाले यसले गलत संदेश दिएको छ' अध्यक्ष अन्सारीले बिजपाटीलाई भने, 'प्रस्तुति नै नेपालका मुस्लिम समुदायको छबि खराब गर्ने किसिमको छ, सच्याउनलाई प्रोड्युसर र निर्देशकलाई भनेको छु, सच्याउने प्रतिबद्दता पाएको छु।' 

३ मिनेट १३ सेकेन्डको ट्रेलरको सुरुवातमा नै मस्जिदबाट अजानको आवाज आएको देखाइएको छ। अजानको आवाज संगसंगै मुस्लिम समुदायका प्रतिनिधि देखिने केहि व्यक्तिले नेपाली भाषामा ISI जिन्दाबादको नारा लगाएको देखाइएको छ।

'ट्रेलरमा नै नेपालका मुस्लिम समुदायको इमेज बिगारिएको छ, त्यहि भएर फिल्म सार्वजनिक गर्नु पुर्व मुस्लिम आयोगलाई जानकारी दिनलाई निर्देशक तथा प्रोड्युसरलाई भनेको छु' आयोगका अध्यक्ष अन्सारीले भने। 

मुस्लिम समुदाय आतंककारीको एउटा हिस्सा हो भन्ने तरिकाले लामो समयदेखि भारतमा बन्ने फिल्महरुमा संदेश दिन खोजिएको छ। त्यहिअनुसार नै फिल्म निर्माण भईरहेका छन। नेपालमा समेत फिल्म निर्माताले त्यहि गलत अभ्यास पछ्याउनु दुखद भएको मुस्लिम समुदायका अगुवाहरुको भनाई छ। बिश्व समुदायको लागि नेपाल धार्मिक सहिष्णुता र सद्भाव भएको देशमा परिचित छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved