नेपालका मुस्लिम समुदायको बिरोधपछि फिल्म 'बादशाह जुट' का निर्देशकले दिए स्पष्टिकरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2019 | 01:19:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदशनको तयारीमा रहेको नेपाली फिल्म 'बादशाह जुट' का निर्देशक जोह्नी सिङ रानाले कुनै धर्म जातजाति र मजहबलाई छेडछानी गर्ने गरि फिल्म निर्माण नभएको बताएका छन। 

'कमेडी' विधामा केन्द्रित रहेको यस फिल्ममा धर्म र जातजाती बिशेष केहि नभएको बताउदै निर्देशक रानाले फिल्ममा इस्लाम धर्मलाई गलत देखाउने कुनै पनि 'सिन' नभएको स्पष्ट पारेका छन। 

'नेपालको लागि मेरो पहिलो फिल्म भएकाले पनि यसको ट्रेलर बिशेष बनाउछु भनेर सबैभन्दा पावर फुल शब्द 'अल्लाह र अजान' बाट ट्रेलरको सुरु गरेको हो' रानाले भने, 'तर अजान लगत्तैको सिन र सम्बादलाई दर्शकले एकै ठाउँमा राखेर हेर्दा जे सोचेर ट्रेलर बनाए त्यसको ठिक बिपरित बुझाई हुन पुग्यो।' 

नेपालको लागि आफ्नो करियरको पहिलो फिल्म भएकाले यसमा आफ्नो धेरै मेहनत रहेको भन्दै रानाले फिल्म हेरिसकेपछि कसैले पनि इस्लाम धर्मको बारेमा गलत सिन रहेछ भनेर प्रतिकृया नदिने उनले दाबि गरे। यसको निर्माताले समेत आफ्नै लगानीबाट यो फिल्म निर्माण गरेकाले कसैको लगानी वा कोहीबाट प्रभावित भएर फिल्म नबनाइएको समेत उनले स्पष्ट पारे। 

अहिले ट्रेलरलाई हेरेर मात्र नकारात्मक प्रतिकृया आएकाले आफुलाई त्यसले दुखि समेत बनाएको उनले बताए। 'म हिन्दु समुदायको भएपनि सबै धर्मलाई मेरो सम्मान उत्तिकै छ, फिल्म पनि इश्वरको नामले नै सुरु हुनुपर्छ भनेर मैले 'अल्लाह र अजान' रोजेको हुँ, तर ट्रेलरमा अजान पछिको सिनले गलत बुझाई हुन पुग्यो' रानाले भने, 'धेरैबाट प्रतिकृया आएका छन, सबैलाई व्यक्तिगत रुपमा प्रतिकृया दिएर साध्य छैन, तर फिल्म हेरेपछि कसैले पनि नकारात्मक प्रतिकृया गर्नुहुन्न भन्ने मेरो दाबि छ।'

यसअघि: बादशाह जुटको ट्रेलरले भड्किए नेपालका मुस्लिम समुदाय, सच्याउन आयोग अध्यक्षको 'निर्देशन'

'बादशाह जुट' को ट्रेलर अजानबाट सुरु भएको र अजान लगत्तै आतंकारी संस्था आइएसआई देखाइएकाले मुस्लिम समुदायले यसको बिरोध गर्दै आएका छन। फिल्मको ट्रेलरले नेपालका मुस्लिम समुदायको मात्रै नभई इस्लाम धर्मको नै छबी बिगार्ने काम भएको भन्दै मुस्लिम समुदायले ट्रेलर सच्याउन माग गरेका छन। 

नेपाल मुस्लिम आयोगले समेत ट्रेलर सच्याउनलाई फिल्मका निर्देशक तथा निर्मातालाई अनुरोध गरिसकेका छन। त्यस्तै बिभिन्न राजनीतिक दलका मुस्लीम समुदाय सम्बन्धित भात्रृ संघ संगठनले समेत फिल्मको ट्रेलरप्रति आपत्ति जनाउदै बिरोध गरेका छन। 

यद्दपी फिल्म निर्देशक रानाले मुस्लिम समुदायका अगुवा नेतृत्त्वसंग ट्रेलरमा देखाइएको दृश्य र फिल्मको वास्तविकताबारे स्पष्ट पारिसकेको बताएका छन। यहि फिल्मको कारणले कुनै अप्रिय घटना नहोस भन्ने आफ्नो उदेश्य रहेको भन्दै निर्देशक रानाले ट्रेलरमा सकेको जति सच्याउने प्रतिबद्दता समेत जनाएका छन।

३ मिनेट १३ सेकेन्डको ट्रेलरको सुरुवातमा नै मस्जिदबाट अजानको आवाज आएको देखाइएको छ। अजानको आवाज संगसंगै मुस्लिम समुदायका प्रतिनिधि देखिने केहि व्यक्तिले नेपाली भाषामा ISI जिन्दाबादको नारा लगाएको देखाइएको छ। मुस्लिम समुदाय आतंककारीको एउटा हिस्सा हो भन्ने संदेश दिन खोजिएको भन्दै सुरुवात देखि नै फिल्म 'बादशाह लुट' को बिरोध हुँदै आएको छ। 'बादशाह जुट' यहि कात्तिक १ देखि प्रदशनमा आउँदैछ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved