पाँडे र जिग्री विरुद्ध कपिराइटको उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 01:48:49 PM मा प्रकाशित

laxmi  sunrise bank

हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा उजुरी गरेको छ । उनीहरु विरुद्ध कपिराइटको उजुरी परेपछि प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

अर्जुन घिमिरेले मिडिया हबले यसअघिका आफ्ना कलाकार (चरित्र)को नक्कल गरेको भनेर कपिराइटको उजुरी हालेको र आफूहरुलाई यसविषयमा छलफल गर्न प्रहरीले बोलाएको बताएका छन् । 

मिडिया हबका प्रमुख सोम धितालले भने आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का क्यारेक्टर अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेका कारण उजुरी दिएको बताए । ‘जिग्री, पाँडे, बले कक्रोच जस्ता दर्जनौं क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन’, उनले भने, ‘तिनीहरुलाई स्थापित गराउन हाम्रो लगानी परेको छ, त्यस हिसाबमा ती क्यारेक्टरमा स्वभावैले हाम्रो हक लाग्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved