‘सक्किगोनी’ र ‘भद्रगोल’बीचको विवाद मिल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 10:20:57 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय मिडिया हब र नेपाली हाँस्य टेलिश्रृङ्खला ‘सक्किगोनी’बीच निकै तनावको अवस्था आयो । तर दुवै पक्ष बसेर विवाद आपसी समजदारीमा टुंगोमा पुर्याए । 

नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिसिरियल ‘भद्रगोल’मा अभिनय गरेका पात्रहरु नै ‘सक्किगोनी’मा समेत नियमित राखिएको भन्दै मिडिया हबले बखेडा झिकेको थियो । तर अब दुवै पक्षले एक अर्कालाई सम्मान गर्ने समझदारी बनेको छ । 

‘सक्किगोनी’का लेखक तथा निर्देशक समेत रहेका अर्जुन घिमिरे (पाँडे)ले कलाकार र सर्जकको मिडिया हबले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हबको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने समझदारी बनेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा ‘पछिल्लो समयमा उत्पन्न बिबादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती भएको जानकारी गराउदछौँ’ भनेर लेखेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved