दबंग ३ को ५ औ दिनसम्मको कमाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 11:36:38 AM मा प्रकाशित

laxmi  sunrise bank


बलिउड स्टार सलमान खानको चलचित्र  दबंग ३ ले पाँचौ दिनसम्म भारु  सय करोड भन्दा बढी कमाई गरेको छ । दबंग ३ ले रिलिजको ५ औं दिनमा सय करोडको आँकडा पार गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

चलचित्रले रिलिजको पाँचौ दिन मंगलबार मात्र १२ करोड भारू कमाए संगै यसको कुल कमाइ १०३.८५ करोड भारू पुगेको हो । दबंग ३ ले  रिलिजको पहिलो दिन नै  २४.५० करोड भारू कमाएको थियो भने शनिबार २४.७५ करोड , आइतबार ३२.९० करोड ,  सोमबार १०.७० करोड   र मंगलबार  १२ करोड भारू कमाइ गरेको हो।

उता खानको जन्मदिनलाई लक्षित गरेर बिईगं ह्युमन क्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ। सलमानद्वारा सञ्चालित बिईगं ह्युमन फाउण्डेसन मातहत सञ्चालित बिईगं ह्युमन क्लोथिङले स्किम सार्वजनिक गरेको हो।

स्किम अन्तर्गत बिईगं ह्युमन ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्नेले सलमानको जन्मदिनको अवसरमा अर्थात डिसेम्बर २७ (पुष ११ गते)   २७ तारिखका दिन फिल्म दबगं–३ को एउटा टिकट र ‘बिईगं दबगं’ लेखिएको टि–सर्ट उपहार पाउने छन्।

बिईगं ह्युमनका सञ्चालक सुदिपचन्द्र बख्रेलका अनुसार  डिसेम्बर २७ को लागि एउटा सिनेमा हल नै बुक भईसकेको छ । त्यस दिन सलमानको जन्मदिनको अवसरमा सामुहिक रुपमा ‘वर्थ डे केक’ काटेर स्किम अन्तर्गतका ग्राहकलाई सिनेमा हेर्न लगिने उनले जानकारी दिए। त्यस दिन १ सय भन्दा बढी अग्रिम बुकिङ भईसकेको ई–साईकल समेत सार्वजनिक हुने छ ।

बिईगं ह्युमन फाउण्डेसनले बिईगं ह्युमन ब्राँण्डका सामग्रीहरु बिक्रि गरेवापत हुने आम्दानिको एउटा निश्चित हिस्सा परोपकार तथा सामाजिक उत्तरदायित्वका लागि छुट्याउदैँ आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved