चलचित्र विकास बोर्डको अध्यक्षमा राजेश र भुवनको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 05:21:47 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र विकास बोर्डको अध्यक्षमा ७ जनाले दाबी गरेका छन् । अध्यक्ष केशव भट्टराईको मंसिरमा निधन भएपछि बोर्डको अध्यक्ष पद खाली छ । दुई वर्षका लागि नियुक्त भएका भट्टराईको १५ महिना कार्यकाल बाँकी छँदै मृत्यु भएको थियो ।

रिक्त अध्यक्ष पदका लागि महानायक राजेश हमाल, अभिनेता भुवन केसी, निर्देशक तथा कलाकार लय संग्रौला, निर्देशक दयाराम दाहाल, निर्देशक केपी पाठक, नवल खड्का, आकाश अधिकारीले आकांक्षा देखाएका छन् । 

दयाराम दाहाल सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका गृह जिल्लाका हुन् । भुवन केसी नेकपा नेता माधव नेपाल निकट र राजेश हमाल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रीय व्यक्तिका रुपमा चिनिन्छिन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved