माग्ने बुढालाई ट्राफिकले चिट काटेपछि......

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 04:58:58 PM मा प्रकाशित

laxmi  sunrise bank

हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढा)लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । सिट बेल्ट नबाँधी कार चलाउँदै गरेको अवस्थामा उनलाई ट्राफिकले चिट काटेको हो ।

बुधबार ग्वोर्कोस्थित घरबाट निस्किने वित्तिकै कारबाहीमा परेपछि उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेर महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई भेटेर धन्यवाद समेत दिएका छन् । उनले आफूलाई चिट काट्ने ट्राफिक प्रहरी जवानको मिठो बोली र ब्यबहार मन परेको प्रतिक्रिया दिए । 

उनले रामशाह पथमै आफूलाई चिट काट्ने जवान सन्तोष चौधरीलाई भेटे । माग्ने बुढालाई उनले ५ सय रुपैयाँ जरिवाना तोकेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved