"केकी अधिकारीको मोडलिङमा किरणको 'यौटा फूल...' सार्वजनिक" 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2016 | 10:30:34 AM मा प्रकाशित

laxmi  sunrise bank

किरण वरालको दोस्रो गीति संग्रह सिम्रिकको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा केकी अधिकारी र अमृत रिमालको अभिनय रहेको छ । उक्त भिडियोमा केकी र अमृतले श्रीमान-श्रीमतीको भुमिकामा रहेका छन् । उनीहरुबीचको सुमुधुर सम्बन्धदेखि सम्बन्धविच्छेदसम्मको कथावस्तु समेटेर भिडियो तयार गरिएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियो बुद्ध थापाको छायाङ्कन र निशान घिमिरेको सम्पादनमा तयार भएको हो ।

किरण वरालको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा संगीत संयोजन आशिष अविरलले गरेका छन् । गीतलेखन आफ्नो मुख्य कर्म भएको र व्यावसायिक रुपमा गायनमा नलाग्ने उनको भनाइ छ । यो गीत वरालले स्वर दिएको पहिलो गीत हो ।

वियोगान्त गीत भए तापनि जीवनको यथार्थलाई स्वीकार गर्दै भविष्यप्रति आशावादी रहेर जिउने दृढता गीतमा पाइन्छ । आफुसँग नजिक भएको मानिस छुटेर जाँदा पीडा हुन्छ तर पीडाकै विषयमा अल्झिनु राम्रो होइन भन्ने भाव गीतले समेटेको छ ।

पिपुल टु पिपुल मिडियाले उत्पादन गरेको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सिम्रिक एल्बमको बजार व्यवस्थापन रास क्रियसनले गरेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved