हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’ बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 02:59:46 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’ बन्द भएको छ । कोरोना भाइरसको त्रासको कारण सरकारले २५ जनाभन्दा धेरै मानिस एकै ठाउँमा भेला नहुन निर्देशन दिएसँगै सक्किगोनी बन्द भएको हो । सक्किगोनीका कथा लेखक र निर्देशकसमेत अर्जुन घिमिरे (पाँडे)ले सामाजिक सञ्जाल फेसबुकमार्फत सक्किगोनी बन्द भएको जानकारी दिएका छन् । 

उनको स्टाटसः

बिश्वब्यापी कोरोना भाईरस(Covid-19)को संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको"लक डाउन"को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाल लाई स्थगित गर्ने र आफू "सेल्फ क्यारेन्टाईन" मा बस्ने निर्णय गरेका छौ।यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म "सक्किगोनी"केही समय स्थगित हुने कुराको जानकारी गराउदछौ।यसबाट आदरणीय दर्शकहरुमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौ।आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षीत र सजग रहि धैर्यवान रहनुहुन अनुरोध गर्दै सु-स्वास्थ्यको कामना गर्दछौं ।परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौ।धन्यवाद

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved