चर्चित गायक त्रिलोक रानाको 'काँडा छोए फुल बन्छ'मा यस्ती देखिईन बेनिशा हमाल (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 01:42:24 PM मा प्रकाशित

laxmi  sunrise bank

गायक त्रिलोक राना नयाँ एल्बम “वरदान” लिएर आएका छन् । गायक रानाले आफ्नो एल्बम “वरदान” मा समावेश गीत काँडा छोए फुल बन्छको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् ।

विभिन्न ८ वटा गीत समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । सुनिल मास्केको संगीत तथा किशोर थापाको शब्द रहेको गीतको भिडियोमा सुन्दरी नायिका बेनिशा हमालको प्रेमको चर्चा गरिएको छ । भिडियोमा बेनिशाका प्रेमीका रुपमा अनिल थापा देखिएका छन् ।

दर्जनौँ चर्चित गितमा स्वर भरिसकेका गायक रानाका उक्त एल्बममा तिमीलाई छुने हावा घाम भाग्यमानी, पहिलो भेटमा तिमीसंग माँया गाँसु लाग्यो, जलाउँ झैँ लाग्छ संसार सारा,कोही छ की यहाँ डौतरी मिल्ने, तिमीले सियोमा धागो हालेको,मुटुको धुप जलिरहन्छ र भुली दिनु भन्थ्यौ तिमीले गरी जम्मा ८ वटा गित समावेश गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved