एल्बम बिमोचनमा पनि पुगे प्रधानमन्त्री प्रचण्ड, आँफु संगीतको पारखी भएको खुलासा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2017 | 05:45:01 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय उद्घाटन र शिलान्यासमा बढी हिड्ने गरेको भनेर आलोचित बनेका धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संगीत बिमोचन गर्न पनि पुगेका छन्  । उनले केहि दिन अघि एल्बम बिमोचन गर्दै आफु पनि संगीतको पारखी भएको बताए।

गीतकार श्रवणकुमार जोशीको एकल शब्द रहेको एल्बम 'श्रावणी' बिमोचन गर्दै प्रचण्डले आँफुले सबैभन्दा बढी गीत संगीत आफुले पढ्दाको समयको सुन्ने गरेको बताए ।  गीतकार जोशी ब्यबसायीका अलावा राम्रा गीतकार भएको समेत तर्क गरे ।

सङीतकार सुनिल मास्केको एकल सङीत तथा शिव परियार र मीलन अमात्य को संयुक्त स्वर रहेको एल्बम 'श्रावणी' मा चार वटा गीतहरु समावेस गरिएको छ । जसको सबै गीतमा संगीत संयोजन प्रदीप श्रेष्ठले गरेका छन । गीतकार जोशीले एल्बमको शीर्ष गीतको भिडियो छिट्टै नै सार्वजनिक गर्ने तयारीमा रहेको बताए । जसको बजार ब्यवस्थापन भाईब्स क्रियसनले गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved