लुट २  ले मच्चायो सनसनी , तोड्यो छक्का पन्जाको रेकर्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2017 | 12:47:15 AM मा प्रकाशित

laxmi  sunrise bank

श्चल बस्नेतको निर्देशन र माधब वाग्ले र नरेन्द्र महर्जनको निर्माण रहेको लुट -२ को ट्रेलरले नयाँ रेकर्ड बनाएको छ। यस अघि युट्युबमा छोटो समयमा सबै भन्दा बढी हेरिएको छक्का पन्जाको ट्रेलरको रेकर्ड तोड्दै लूट-२ ले नयाँ रेकर्ड बनाउन सफल भएको हो।

छक्का पञ्जाको ट्रेलरलाई २४ घण्टामा एक लाख  ३० हजार पटक यु ट्युबमा हेरिएको थियो भने   २४ घण्टा नपुग्दै लुट २ को ट्रेलर  युट्युबमा दुई लाख ३२ हजार भन्दा धेरै पटक हेरिएको छ । यतिबेला  लुट २ को  ट्रेलर युट्युब ट्रेण्डिङको पहिलो स्थानमा अटाएको छ ।

यो  २०६९ सालमा रिलीज भएको 'लुट’को दोस्रो सिक्वेलको रुपमा आएको चलचित्र हो  ।  सौगात मल्ल, दयाहाङ राई,कर्मा शाक्या, विपिन कार्की,ऋचा शर्मा, सुशिलराज पाण्डे लगाएत कलाकारहरुले मुख्य भुमिकामा अभिनय  रहेको यस चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् भने कथा लेखन पनि उनकै हो । 

फिल्मलाई प्रिन्सेस मुभिज,ब्ल्याक हर्स पिक्चर्स र पपकर्न पिक्चर्सको प्रस्तुतिमा माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । ‘लुट २’ फिल्मले यस अघि  ‘ठमेल बजार’  बोलको गित रिलिज गरेको थियो जुन छोटो समय मै हिट भएको छ  । चलचित्र फागुन १३ गते रिलीज हुदैछ । 
  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved