भारतका प्रख्यात अभिनेता ऋषि कपूरको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 12:26:41 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका प्रख्यात अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ। मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो।

फेब्रुअरीमा पनि ऋषि कपूरलाई दुईपटक अस्पताल भर्ना गरिएको थियो। ऋषि कपूर कलाकार राज कपूरका दोस्रो सन्तान हुन्। रणधीर कपूर, ऋतु नंदा, रिमा जैन र राजीव कपूर ऋषि कपूरका दाजुभाइ र दिदीबहिनी हुन्।

ऋषि कपूरले आफ्नो फिल्मी करिअरको शुरूवात १९७३ मा बबी फिल्बाट गरेका थिए। यसबाहेक उनी बाल कलाकारको रूपमा श्री ४२० र मेरा नाम जोकर मा पनि देखिएका थिए। ऋषि कपूरले इमरान हाशमीसँग अन्तिम फिल्म द बडीमा काम गरेका थिए। उनले आफ्नो अर्को फिल्म दीपिका पादुकोणसँग हुने घोषणा गरेका थिए। यो फिल्म हलिउड फिल्म द इन्टर्नको रिमेक हो। 

    ऋषि कपूर विगत दुइ वर्षदेखि क्यान्सरसँग लडाइ गरिरहेका थिए।सन् २०१८ मा ऋषि कपूर क्यान्सरको उपचारका लागि अमेरिकाको न्यूयोर्क गएका थिए। त्यहाँ थुप्रै महिना उपचार गरेपछि उनी भारत फर्केका थिए। भारत फर्किसकेपछि पनि उनी पटक पटक अस्पताल गइरहेका थिए।

    बुधवार भारतमा क्यान्सरसँग जुधिरहेका अर्का प्रख्यात अभिनेता इरफान खानको निधन भएको थियो। 

    Share Your Thoughts

    Recent News

    Main News

    TRENDING

    Close in 7


    Bizpati.com © 2020. All Rights Reserved