भिष्म सहनीले लेखेको नाटक ‘माधवी’ नेपाली थियटरमा यति लोकप्रिय होला भन्ने थोरैले सोचेका थिए । तर पनि त्यसलाई अनुवाद, परिकल्पना र निर्देशन गर्ने हिम्मत टंक चौलागाईले गरे । त्यसमाथि चुलबुले किशोरी अर्चना पन्थीलाई माधवी जस्तो संबेदनशील पात्रमा रोजेर उनले झन् ठुलो हिम्मत गरेका थिए । उक्त हिम्मतलाई साहसका साथ पार लगाईदिईन अर्चनाले ।
साहित्यकार गोबिन्द गिरि ‘प्रेरणा’ले त् अर्चनालाई निशा पोखरेलपछिको अर्को सवल पात्रका रुपमा समेत अर्थाई सकेका छन् अर्चनालाई । आफु रितिएर बाबुका लागि दानका पात्र बन्ने माधवीको भूमिकामा अर्चनाको अभिनय अब्बल रहेको नाटक हेरेपछि सबैजसो दर्शकको प्रतिक्रिया पाइन्छ ।
घर घरमा अहिलेपनि माधवी पाइन्छन् । हरेक पल कहिले बाबुका लागि दानको पात्र बन्छन् माधवीहरु , कहिले पतिका लागि उपभोग्य सामान । गालवहरु हठको मातमा लट्ठिएर त यायावरहरु दानविर कहलिन हरदम माधवीको खोजीमा रहन्छन् । तर पनि दुनियाँलाई उजिल्याउन माधवीहरु हरदम आफै जल्दैछन्, मैनबत्तीको सिखा जस्तै । र अभिनयको माध्यमबाट दुनियालाई लोभ्याएकी छिन्, माधवीको रुपमा अर्चनाले ।