‘सहायक श्रीमान’ लाई रसियामा प्रथम पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 01:31:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुपति प्रथामा आधारित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) ले रसियामा प्रथम पुरस्कार जितेको छ । अगष्ट २३ देखि २९ सम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘सहायक श्रीमान’ ले प्रथम पुरस्कार जितेको हो । 

रसिया, अमेरिका सहितका देशबाट सहभागी निर्णायकले ‘सहायक श्रीमान’ लाई महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरेका हुन् । महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो । 

‘सहायक श्रीमान’ निर्देशक गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र फिल्म हो ।  ‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्रबाट चर्चामा आएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री हो । गत डिसेम्बरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सवमा रिलिज गरिएको यो वृत्तचित्र फिल्मले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो । 

यो वृत्तचित्र फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा कायम छ । हुम्लामा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved