सांस्कृतिक महोत्सव 'स्ट्रिप डान्स' जस्तो, नाच्दा नाच्दै नायिका श्रेष्ठले कपडा खोलिन (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 01:55:21 AM मा प्रकाशित

laxmi  sunrise bank

 

यिका रिया श्रेष्ठले मलेसियाको स्टेज कार्यक्रममा नाच्दा नाच्दै अश्लील हर्कत गरेकी छन् । युनिक धमाका मलेसियाले आयोजना गरेको उक्त कार्यक्रममा नायिका श्रेष्ठले आफुले लगाएको कपडा खोली तल माथिको दुवै भित्री वस्त्र देखाएर डान्स गर्दै स्टेजमै अश्लिल हर्कत गरेकी हुन् । उनले गरेको अश्लिल डान्समा हाँस्य कलाकार सुलेमान शंकर (ईकु) पनि त्यहीं गएर झुम्मिएर नाचेका छन् ।

उत्तेजनामा डान्स गर्दा गर्दै रिया श्रेष्ठले ईकुलाई हजारौं दर्शकको अगाडी ओठमा चुम्बन समेत गरेकी छन् । कलाकारिताको मौलिकता झल्काउदै दर्शकहरुको मान सम्मान गरेर आफुले डान्स गर्न पर्ने ठाउँमा उनले उल्टै अपमान गरेकी छन् । नायिका श्रेष्ठले दर्शक हरुको अपमान मात्रै नभएर उनको यो अश्लिल हर्कत उत्तेजित डान्सले नेपाली गीतसंगीत कलाकारितामा समेत ठुलो आँच पुर्याउने काम गरेको छ । कलाकारको नाममा नेपाली सांगीतिक क्षेत्र भित्र आँच आउने तरिकाले उत्तेजित अश्लील दृष्यमा स्टेजमा डान्स गरेकोमा सामाजिक संजालमा भाइरल बन्दै लाखौंको संख्यामा नायिका रिया श्रेष्ठ माथी कारबाहीको माग भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved