इसानद्वारा आयोजित लोक नृत्य प्रतियोगितामा होली एन्जल्स प्रथम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 07, 2016 | 04:31:17 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्थागत विद्यालय संघ (इसान) द्वारा शुक्रबार आयोजित लोक नृत्य प्रतियोगितामा होली एन्जल्स पब्लिक स्कुलले प्रथम स्थान हासिल गरेको छ । इसान केन्द्रीय कार्यसमितिले राजधानीमा आयोजना गरेको "लोक नृत्य प्रतियोगितामा तथा एसएलसी सम्मान कार्यक्रम-२०७३" मा एम्बासडर एकेडेमी र विद्यासागर बोर्डिङ स्कुल क्रमश: द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भए । 

जोन एकेडेमीले प्रतियोगिताको सान्त्वना उपाधि हासिल गर्‍यो । उक्त कार्यक्रममा एसएलसी परीक्षामा २०७२ को नतिजामा ३.६ जीपीए वा सोभन्दा बढी अंक ल्याउने संस्थाका सदस्य विद्यालयका ४८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

वरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष बालमुकुन्द इसान राजनीति गर्नका लागि नभएको बताए । उनले भने, "हाम्रो संस्थाको एकमात्र उदेश्य सदस्य विद्यालय तथा तिनका विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र प्रोत्साहन गर्नु हो ।" इसान आफ्नो उदेश्य प्राप्तिका लागि प्रतिबद्ध भएर कार्कीको भनाइ थियो । 

प्रमुख अतिथि मिथिला शर्माले इसानले आयोजना गरेको कार्यक्रम संस्कृति माझ्नका लागि भएको उल्लेख गरिन् । आफ्नो मौलिक संस्कृतिले नै व्यक्तिलाइ अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिने बताउँदै शर्माले भनिन्, "नयाँ पुस्ताले संस्कृति मास्छ भन्ने कुरामा मलाई विश्‍वास छैन ।" यस्ता कार्यक्रमको आयोजनाले लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने उनको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि बिजनेश टेलिभिजनका प्रबन्ध निर्देशक शम्भु पोखरेलले शिक्षक समाज विकासको मेरुदण्ड भएको उल्लेख गरे । शिक्षक अनुशासित भए विद्यार्थी अनुशासित हुने र विद्यार्थी अनुशासित भए समाज अनुशासित हुने उनको धारणा थियो । 

प्रतियोगितामा १४ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरुले विभिन्न भूगोल र समुदायमा प्रचलित मौलिक लोकगीतमा नृत्य प्रस्तुत गरेका थिए । 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved