'मेरो पियारी फेसबुकमा हिट' अब युट्युबमा पनि हिट (हेर्नुस भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2016 | 11:39:56 PM मा प्रकाशित

laxmi  sunrise bank

समयसंगै तीज गीतका भाकाहरु पनि परिबर्तन हुदै गएका छन् । यसै क्रमलाई पछ्याउदै पत्रकारद्वय राजन रुचाल र शोविता रिसालले तीज गीतमा नयाँपन भित्र्याएका छन् । उनीहरुले गीतमा सोसियल मिडिया फेसबुक/ट्वीटरको क्रेजलाई प्रस्तुत गरेका छन् । फेसबुक/ट्वीटरमा हुने गतिबिधि र आम युवापुस्ताले यसको प्रयोग गर्ने तरिकालाई उनीहरुले तीजको भाकामा सजाएका छन् ।

उनीहरुले ल्याएको 'फेसबुकमा हिट' बोलको यो गीत अहिले युट्युबमा पनि हिट भैरहेको छ । गीतमा शब्द र स्वर पत्रकारद्वय रिसाल र रुचालको छ । लय संयोजन रुचालले नै गरेका हुन् भने गीतमा संगीता रसाईली र अशोक दुवाडीले अभिनय गरेका छन् । गीतमा बिनोद बाजुरालीको संगित छ । गीतमा आम युवापुस्तासंगै संचारकर्मीहरुको दायित्व र ब्यबहारलाई पनि इंगित गर्न खोजिएको छ ।

ट्वीट गरि गरिकन सामाजिक काम गर्छन,

धेरै फलो हुने मध्ये टप टेन भित्रै पर्छन्

नेता नि चिन्छन् मन्त्री नि चिन्छन्, समाचार लेख्छन् रिर्पोटिङ हिन्छन्,

यता नि फिट, उता नि फिट, मेरी मायालु ट्वीटरमा हिट ।

हेर्नुस भिडियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved