जब 'शिल्पी'मा झुल्किएका जादुगरले सबैको दिल चोरे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2016 | 04:41:43 AM मा प्रकाशित

laxmi  sunrise bank

बत्तीसपुतलीको शिल्पी थिएटरमा अहिले हरेक दिन भारतीय लेखक भिष्म सहनीको नाटक 'माधवी'को प्रदर्शनको चर्चा छ  । तर शनिबार भने शिल्पीमा फरक दृश्य देखियो  । शनिबार मध्यान्हमा शिल्पीमा माधवी नाटक हेर्न नभई जादु हेर्न आउने दर्शकको चहल-पहल थियो।

के कस्तो प्रकारको जादु देखाइन लागेको हो, कसैलाई थाहा थिएन  । सबै उत्सुक हुदै हल भित्र प्रवेश गरे  । हलभित्र प्रवेश गर्दा ब्रेक डान्स चलिरहेको थियो  । कहिले डान्स हो कि जादु भन्दै ब्यङ्ग गर्ने पनि भ्याए  ।

 

डान्स पछि प्रवेश गरे जादुगर 'सुरभ श्रेष्ठ'  । मोटो घाटो , लामै कपाल,ठुलो बुट जुत्ता , मोटो पाखुरामा ट्याटु खोपेका श्रेष्ठ कुनै चलचित्रका भिलेन झैँ देखिएका थिए  । अनि आफ्नो बिगत सम्झदै सुरु गरे जादु  । जादुको लागि चाहिने 'स्टिक' अर्थात् लौरोको लागि उनले गोजी छामे तर त्यहाँ रुमाल मात्र पाए  । हातमा रुमाल घुमाउदै गर्दा रुमाललाई लौरोमा परिणत गरे उनले सुरु मै सबैको मन जिते  ।

त्यस पछि उनले एक टिस्यु पेपर च्याते र कपाकप खान थाले  । त्यसको केहि बेर पछि मुखबाट टिस्यु पेपर जस्तै देखिने डोरी निकालेर सबलाई चकित पारे  । उनले २० फिट भन्दा लामो डोरी निकालेका थिए  । 

अनि सुरु भयो उनको 'दिमाग पढ्ने' जादु  । जहाँ उनले केहि दर्शकलाई स्टेजमा बोलाए र केहि प्रश्न गरे  । प्रश्न सोध्नु अघि नै त्यसको आउने उत्तर लेखेर जादुगर श्रेष्ठले दर्शकहरुलाई देखाईसकेका थिए  । जब अगाडी ल्याईएका मानिसहरुले उनले लेखेकै कुरा बताए  । दर्शक तीन छक्क  !

उनले एक किताब  निकाल्दै दर्शक दिर्घाका एक व्यक्तिलाई बोलाएर त्यस बाट कुनै पनि पेजको एउटा शब्द छान्न लगाए र पछि आफैले भनिदिए के थियो शब्द  । ताली बजी हाल्यो  ।

जादा जादै उनले चम्चालाई बंग्याएर आफ्नो कौशल देखाए । उनको हरेक क्रियाकलापले दर्शकको ताली पाईरहेको थियो । दर्शकहरुमा उत्सुकता थियो  । जादु हेरिरहने मन थियो  । किनभने उनीहरुले  सडकमा देखाईमने इन्द्रजाल भन्दा पृथक प्रस्तुतु पाई रहेका थिए  ।  मन नहुँदा नहुदै पनि उनले त्यस पछि माधवीको शो रहेको बताउदै जादुलाई अर्को पटकसम्मको लागि रोके  । र जादु पछि कुनै चलचित्रका हिरो झैँ उनीसंग अटोग्राफ माग्नेको भिड थियो  ।

हो माधवीको मन्चन हुनु भन्दा अगाडी शिल्पीमा आज यस्तै दृश्य थियो । जादुपछि छोटो प्रतिक्रिया दिदै श्रेष्ठले नाटक घर मै जादु प्रदर्शन गरिएको यो पहिलो पटक भएको बताए । यसलाई निरन्तरता दिने पनि उबले जानकारी दिए।

 राजधानीमा चलचित्र र नाटक प्रदर्शन हुने गरेको  तर जादु मार्फत मनोरञ्जन दिने केहि माध्यम नभएकाले आयोजकले यस प्रकारको म्याजिक शोको आयोजना गरेको बताए । 

 डे आउट ट्राभल्स एण्ड टुर्स र १२६ पार्क रोड रेस्टुरेन्ट एण्ड बार, झम्सिखेलको संयुक्त आयोजनामा म्याजिक शो भएको हो ।  प्रस्तुतिको संयोजन गरेका भरत सिटौलाले काठमाडौँमा जादु हेर्ने ब्यबस्थित स्थान र त्यस्ता शो नै नभएकाले आफुहरुले केहि नयापनको साथ मनोरञ्जन दिने हेतुले यस्तो शो गरेको बताए । गायन क्षेत्रमा समेत अब्बल रहेका सिटौलाले यो शो अब आउने दिनहरुमा पनि परिवार सहित गएर मनोरञ्जन लिन सकिने थलो हुने बताए ।   

 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved