मिस नेपाल २०१७ को ताज निकिता चन्दकलाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 02, 2017 | 10:42:53 PM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्षको मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन। मिस नेपाल–२०१७ को ग्रान्ड फिनालेमा ८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्।

शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन्। उनलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्‍याइदिइन्। मिस नेपालको प्रतियोगी नम्बर १४ मा रहेकी निकिता चाण्डक मोरङ जिल्लामा जन्मेकी हुन् । 

त्यस्तै मिस नेपाल फस्ट रनर अपको उपाधि‍‍‍‍‍ रोजिना श्रेष्ठले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि निति शाहले जितेकी छिन् ।मिस कन्फिडेन्ट र पुपुलर चोइसको अवार्ड समेत निकिता चन्दकले नै जितेकी छिन। 

साथै मिस एथलेट मञ्जरी सिंह, मिस बेस्ट कप्लेक्सन नीति शाह, मिस ब्‍यूटी विथ पर्पस दृष्टि कट्टवाल र मिस नेपाल एसिया प्‍यासिफिक इन्टरनेशनल साहारा बस्‍नेत भएका छन्। काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामा समेत गरि देशका मुख्य शहरहरुबाट अडिसन गरेर शुक्रबार मिस नेपाल छनोट गरिएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved