युट्युबको 'भ्यु काउन्टर' नै बिगारिदिने गङनम स्टाइलको रेकर्ड तोडेको यो भिडियो हेर्नु भयो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 01:52:55 PM मा प्रकाशित

laxmi  sunrise bank

पार्क जी साङ (पिएसवाइ)को गङनम स्टाइल ५ बर्षसम्म युट्युबमा सर्बाधिक हेरिने भिडियो बन्यो ।  २०१२ मा अपलोड गरिएको यो भिडियो यति चर्चित बन्यो कि यसले युट्युबको भ्यु काउन्टर (कुन भिडियो कति पटक हेरियो भनेर गन्ति राख्ने) फिचर नै बिगारिदियो । त्यस समय युट्युबले  कुनै पनि भिडियो सर्बाधिक २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ पटक सम्म हेरिएको मात्र रेकर्ड राख्न सक्थ्यो । गङनम स्टाइलले सो रेकर्ड तोडेपछि युट्युबले आफ्नो कोद परिवर्तन गरेर त्यसको सिमा ह्वात्तै बढाएको थियो 

तर अहिले त्यहि युट्युबको भ्यु काउन्टर बिगारिदिने भिडियोको रेकर्ड तोडियो भन्दा अचम्म लाग्न सक्छ  । तर वास्तविकता यहि हो कि गङनम स्टाइललाई पछि पार्दै विज खलिफा र चार्ली पथको ‘सी यु अगेन’ युट्युबमा सर्वाधिक हेरिने भिडियो भएको छ । सन् २०१५को अप्रिलमा अपलोड भएको यस भिडियोलाई २ अर्ब ९० करोड पटकभन्दा बढी हेरिएको छ । सी यु अगेन यो वर्षमात्रै हरेक दिन ३० लाखभन्दा बढी पटक हेरिएको छ ।

सी यु अगेन फ्युरियस सेभेन चलचित्रको एण्ड् क्रेडिटको लागि तयार गरिएको थियो । चलचित्रका कलाकार पल वाकरको चलचित्र रिलिज हुनुभन्दा पहिले नै कार दुर्घटनामा परेर निधन भएपछि उनको श्रदाञ्जलीस्वरुप यो गीत तयार पारिएको थियो । 

हेर्नुस भिडियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved