‘लाईफ’ लिएर आइन मेनुका राई (हेर्नुस भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 27, 2016 | 08:51:11 PM मा प्रकाशित

laxmi  sunrise bank

गायिका मेनुका राई सांगीतिक कोशेली ‘लाईफ’ लिएर श्रोता तथा दर्शकमाझ आएकी छिन्। कुनै समय ‘माया आरिसे’ बोलको लोकआधुनिक गीतमार्फत गायन क्षेत्रमा चर्चा बटुलेकी मेनुकाको यो तेस्रो एल्बम हो ।

यसअघि उनले ‘माया आरिसे’ र ‘१, २, ३’ नामक एल्बम ल्याएकी थिइन् । सार्वजनिक एल्बम ‘लाईफ’ मा ६ वटा लोकआधुनिक गीत छन् भने दुई गीतको म्युजिक ट्रयाक समेत समेटिएको छ । एल्बममा दुईदिने जीन्दगी, साकेला गीत, वितेका ती पलहरु, जुनीजुनीसम्म र माया आरिसे बोलका गीत समावेश छन् । ‘माया आरिसे’ मेनुकाको चर्चित गीत हो ।एल्बमका अन्य गीतमा भुपेन्द्र खड्का, पवित्रा चाम्लिङ राई र रिदम राईको शब्दरचना रहेको छ । ती गीतमा राज्य राई, पवित्रा चाम्लिङ राई र रिदम राईकै संगीत रहेको छ ।

एल्बममा समावेश गीतमध्ये ‘दुईदिने जीन्दगी’ लाई भिडियोमा ल्याइएको छ । ‘हे प्यारा प्यारा’ शीर्षक दिइएको यस भिडियोमा अकेशा विष्ट र बोनी एण्ड ग्रुपको अभिनय रहेको छ । यस भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गरेका हुन् । मेनुकाको ‘लाईफ’ को अडियोलाई रिभेन्स म्युजिक क्रियशनले बजारमा प्रस्तुत गरेको हो ।

नायिका हुने गुण पनि प्रशस्तै छ उनमा । प्रायजसो सबै गीतहरुमा आवाज दिनसक्ने खुबि भएकि गायिका हुन् मेनुका राइ । उनको रोजाइमा भने निकै चर्चित गीतहरुनै पर्ने गरेका छन् । गीतको भावलाई जीवन्तता दिन गायीका मेनुकाले कुनै कसर बाँकि राख्दिनन । परिणामस्वरुप उनले गाएको गीतहरु निकै नै उत्कृष्ट बन्ने गरेको छ ।

उनी खोटाङ जिल्लामा जन्मिएकी हुन । एउटा छुट्टै प्रकारको ,जोश जाँगर भएकि मेनुकाले रेडियो नेपालमा २०५६ सालमा गीत गाएर साँगेतिक यात्रा आरम्भ गरेकी हुन् । उनले सोहि समयमा मौरी घुम्छ फुलको बोटैमा गीत गाइन र त्यसैले उनलाइ चिनाउने काम गर्यो ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved