‘ए मेरो हजुर २’ र ‘बादशाहो’ को भिडन्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 07:01:29 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौ । शुक्रबारदेखि चलचित्र  ‘ए मेरो हजुर २’ प्रदर्शन भएको छ । नायिका झरना थापाको डेब्यु निर्देशनमा बनेको यो चलचित्रसंग हिन्दी चलचित्र  ‘बादशाहो’ प्रतिस्पर्धामा छ । यि दुइ चलचित्रको निकै प्रतिस्पर्धा हुने देखिएको छ । शुत्रबार एउटा मात्र नेपाली चलचित्र ‘ए मेरो हजुर २’ र हिन्दी चलचित्र  ‘बादशाहो’ संग अन्य चलचित्र प्रदर्शनमा नआउनुले निकै प्रतिस्पर्धा हुने देखिएको हो । जसका कारण नेपाली चलचित्र  ‘ए मेरो हजुर २’ ले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । 

नायिका झरना थापाले ‘ए मेरो हजुर २’ बाट निर्देशनमा डेब्यू गरेकी छन् । सुनिलकुमार थापाको निर्माण रहेको ‘ए मेरो हजुर २’ ट्रेलरले युट्युबमा रेकर्ड नै राखेको थियो । सार्वजनिक भएको २४ घण्टामै यस चलचित्रको ट्रेलरलाई साढे ५ लाखभन्दा बढी पटक हेरिएको छ ।  

सांगीतिक चलचित्र ‘ए मेरो हजुर २’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक सलिनमान बानियाँको जोडी रहेको छ । चलचित्रमा एक जना युवक र युवतीको प्रेम कथा भएको र परिवारका कारण उनीहरुको सम्बन्धमा आएको समस्यालाई देखाइएको छ । चलचित्रमा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, झरना थापालगायतका कलाकारको अभिनय रहेको छ । 

निकै नै लोकप्रिय भएको चलचित्र ‘ए मेरो हजुर’ बाट केही कुराहरु लिइएको भए पनि ‘ए मेरो हजुर २’ सिक्वेल नै चाहिँ नभएको निर्माण पक्षको दाबी छ । चलचित्रको ‘कसम हो कसम’ र ‘किनिदेउ न साइँला दाइ’ गीत दर्शकले मन पराएका छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved