बालगायक अंकितको ‘अंकित’ सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2017 | 06:37:32 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ । बालगायक अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’ शुक्रबार लोकार्पण गरिएको छ । 

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सो एल्बमको लोकार्पण गर्दै लुइँटेलजस्ता प्रतिभाशाली बाल कलाकारको प्रतिभालाई रेडियो नेपालले जहिले पनि प्रोत्साहन गर्ने बताए । 

पाँच गीत रहेको सो एल्बममा गीतकार डा नवराज लम्साल र एल्बमका मूल सर्जक टीका भण्डारीले अंकितभित्रको सांगीतिक पक्षबारे प्रकाश पार्नुभएको थियो । एल्बममा गीतकार डा कृष्णहरि बराल, डा लम्साल, रमेश क्षितिज र टीका भण्डारीका रचना छन् । कार्यक्रममा संगीतकार भूपेन्द्र रायमाझी र गायक मदनसिंह नेपालीलाई सम्मान गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved