युरोकपको ड्र सार्वजनिक, पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समुहमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2019 | 09:52:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी जुन १२ देखि जुलाई १२ तारिखसम्म हुने युरोपियन फुटबलको महाकुम्भ 'युरो कप' को समुह ड्र सार्वजनिक भएको छ । शनिवार बेलुका युरोपको रोमेनियामा भएको एक कार्यक्रममा आयोजक युएफाले समुहको ड्र टुंगो लगाएको हो ।'युरो कप २०२०' मा सहभागी जनाउने २४ मध्ये २० वटा टिमको टुंगो लागेको छ ।छनौट खेलहरुबाट प्रतियोगितामा सहभागी जनाउने २४ मध्ये २० वटा टोलीको टुंगो लागेको हो । खेल आयोजना गर्ने सहित सबै देश छनौट चरण पार गरेर प्रतियोगितामा आउँनु पर्ने युरोपियन फुटबल युएफाको नियम छ । जस अनुसार २० टोली छनौट भईसकेका छन् । छनौट भएका २० मध्ये १७ वटा टिम यस अघिको प्रतियोगिता खेलेका टिम हुन् । फिनल्याण्ड पहिलो पटक युरोकपको लागि छनौट भएको छ २०१६ मा छनौट नभएका नेदरल्याण्ड र डेनमार्कले यस पटक स्थान सुरक्षित गरेका छन् ।

हालसम्म बेल्जियम, इटाली, रसिया, पोल्याण्ड, युक्रेन, स्पेन, फ्रान्स, टर्की, इंग्ल्यान्ड, चेक गणतन्त्र, फिनल्याण्ड, स्वीडेन, क्रोएसिया, अस्ट्रिया, नेदरल्याण्ड, जर्मनी, पोर्चुगल, स्विजरल्याण्ड, डेनमार्क र वेल्स छनौट भएका छन् । पोर्चुगल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । बाँकि ४ स्थानमा १६ टिमको सम्भावना कायम छ ।  

को कुन ग्रुपमा ? 

शनिवार भएको ड्र मा  २४ टोलीलाई ६ समुहमा बर्गिकरण गरिएको छ । जस अनुसार समुह ए मा टर्की, इटाली , वेल्स र स्विजरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा डेनमार्क, फिनल्याण्ड, बेल्जियम र रसिया रहेका छन् । समुह सी मा नेदरल्याण्ड , युक्रेन, अस्ट्रिया र प्ले अफबाट छनौट हुने एक टोली रहने छन् ।  समुह डिमा इंग्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक र  प्ले अफबाट छनौट हुने एक टोली रहने छन् । समुह ई मा स्पेन , स्वीडेन, पोल्याण्ड र  प्ले अफबाट छनौट हुने एक टोली रहने छन् । समुह अफ भने सबै भन्दा कठिन समुह रहेको छ। यस समुहमा पोर्चुगल, फ्रान्स, जर्मनी, र प्ले अफबाट छनौट हुने एक टोली रहने छन् । पोर्चुगल, फ्रान्स, जर्मनी सबैले युरोकप को उपाधि जितिसकेका छन्।  सन् २०१६ को उपाधि जितेको पोर्चुगल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।  

प्रतियोगिताको लागि ४ टिम छनौट हुन् बाँकि छ । स्थानमा १६ टिमको सम्भावना कायम छ । यी १६ टिमलाई ४ वटा समुहमा बर्गिकरण गरिएको छ । हरेक समुहको बिजेताले युरोकपमा स्थान बनाउने छन् । 

जस अनुसार समुह ए मा बुल्गेरिया, हंगेरी, आईसल्याण्ड र रोमानिया छन् । बुल्गेरिया र हंगेरीबिचको बिजेता तथाआईसल्याण्ड र रोमानियाबिचको बिजेताले फाइनल खेल्ने छन्  । फाइनल बिजेताले युरोकप खेल्न पाउने छ  । त्यस्तै समुह बि मा बोस्निया हर्जगोभिनिया, नर्दर्न आईल्याण्ड, स्लोभाकिया, र रिपब्लिक अफ आयरल्याण्ड छन्  । बोस्निया हर्जगोभिनिया र नर्दर्न आईल्याण्डबीचको बिजेता तथा स्लोभाकिया र रिपब्लिक अफ आयरल्याण्डको बिजेताले फाइनल खेल्ने छन्  । फाइनल बिजेताले युरोकप खेल्न पाउने छ  । त्यस्तै समुह सी मा नर्वे, सर्बिया, स्कटल्याण्ड र इजरायल छन् । नर्वे र सर्बियाबिचको बिजेता तथा स्कटल्याण्ड र इजरायलबिचको बिजेताले  फाइनल खेल्ने छन्  । फाइनल बिजेताले युरोकप खेल्न पाउने छ  ।

समुह डि मा जर्जिया, बेलारुस, नर्थ मेसेडोनिया र कोसोभो छन्  ।  जर्जिया र बेलारुसबिचको बिजेता तथा नर्थ मेसेडोनिया र कोसोभोबिचको बिजेताले  फाइनल खेल्ने छन्  । फाइनल बिजेताले युरोकप खेल्न पाउने छ  । यी छनौट खेलहरु आगामी मार्च अन्तिम साता हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved