मार्जिन ट्रेडिङ र कारोबार बिनियामावलीको कार्यविधि अन्तिम चरणमा,ब्रोकर मार्फत सेयर कर्जा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 05:36:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट कारोबार बिनियामावली र मार्जिन ट्रेडिङको कार्यविधि स्वीकृत गरि धितोपत्र बोर्ड पठाउने अन्तिम तयारि थालिएको छ।

नेप्सेको संचालक समितिबाट कारोबार बिनियामावली र मार्जिन ट्रेडिङको कार्यविधि स्वीकृत भईसकेको नेप्सेले जनाएको छ। 'दुवै कार्यविधि संचालक समितिबाट स्वीकृत भईसकेको छ, कार्यविधिमा संचालक सदस्यबाट हस्ताक्षर भएपछी स्विकृतिका लागि सोमबार नै बोर्ड पठाउने तयारि छ' नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदले बिजपाटिलाई बताए। 

नेप्सेले कारोबार बिनियामावलीलाई संसोधन गरि बजार निर्माता र धितोपत्र व्यापारीलाई समेत सम्बोधन गरेको छ। नेप्सेले अक्सन मार्केट र कारोबार प्रत्याभूति कोष (ट्रेड ग्यारेन्टी फण्ड) समेतलाई समेटेर बिनियमावलीलाई अन्तिम रुप दिएको हो।     

धितोपत्र बोर्डबाट मार्जिन ट्रेडिङको कार्यविधि स्वीकृत भएपश्चात लगानीकर्ताले ब्रोकर व्यसायीमार्फत सेयर धितोमा राखेर कर्जा लिन पाउनेछन। ब्रोकर व्यवसायी मार्फत नै सेयर खरिदमा ऋण उपलब्ध हुने हुँदा लगानीकर्तालाई केहि सहज हुने अपेक्षा गरिएको छ। यद्दपी यी दुवै कार्यविधि कार्यन्वयनमा आउन भने केहि समय लाग्नेछ। 

बोर्डले गत कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन ल्याएको हो । सोही आधारमा नेप्सेले सरोकारवालाहरुसंगको छलफल पश्चात  ब्रोकर मार्जिन ल्यण्डिङको मस्यौदा तयार पारि संचालक समितिबाट पारित गरेको हो। बोर्डले जारि गरेको ‘मार्जिन कारोबार सम्बन्धी निर्देशन २०७४’ को २३ बुँदा र २ ओटा अनुसूची भित्र रहेर नेप्सेले मस्यौदा तयार गरेको हो।  

यस कारण मार्जिन सुविधा शेयर कारोबारीलाई मात्र हो, 'साइलेन्स' लगानीकर्ताका लागि होइन

 

                     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved