बैंकको जागिर छोडेर कफी व्यबसाय, विद्यार्थी लक्षित १५ दिने तालिम, कफी स्कुल खोल्ने लक्ष्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 14, 2018 | 11:08:04 AM मा प्रकाशित

laxmi  sunrise bank

भावना लामा 

व्यवस्थापन बिषयमा स्नातक सकेका प्रकाश बास्कोटा बैंकमा जागीरे थिए । पढाई अनुसार कै प्रतिष्ठित बाणिज्य बैंकको जागिरमा उनी सन्तुष्ट पनि थिए । तर त्यो सन्तुष्टिलाई भूकम्पले देखि सहेन । इलामको बैंकको जागिर छोडेर उनी काठमाडौँ फर्किए र दैनिकि चलाउन कफी पसलमा काम गर्न थाले । त्यहि पसलमा सिकेको सीपले आज उनी आफै व्यवसायी बनेका छन्  ।  


अहिले उनको परिचय फेरिएको छ । उनले पर्यटकीय स्थल ठमेलको पिपलबोट नजिक हिमालयन ब्रिउ कफि सप नयाँ  ब्यबस्थापन सहित संचालनमा ल्याएका छन् ।  ३ महिना अगाडी साथीले चलाएको कफि सप बास्कोटाले किनेर चलाउन थालेका हुन् । किनेको दिनदेखिबाट उनले कहिल्यै पछाडी फर्केर हेर्न परेको छैन । 


उनले अहिले ५ जनालाई रोजगारी दिएका छन् ।  उनीहरुलाई कफी बनाएर ग्राहकलाई सेवा दिन भ्याइ नभ्याई छ । उनी कफी मात्र बेच्दैनन्, कफी बनाउने सिप पनि बेच्छन । उनले एसईई सकेका विद्यार्थीहरुलाई लक्षित गरेर कफी बनाउने तालिम पनि संचालन गरेका छन् ।   ३ महिनाको अन्तरालमा उनले २५ जनालाई कफि बनाउने तालिम दिइसकेका छन् । हिमालयन ब्रिउबाट सिप सिकेर दक्ष बनेकाहरु अधिकांश विदेशीएको प्रकाश बताउछन् ।  उनको विभिन्न कोर्स मध्ये १५ दिने कफि तालिम लोकप्रिय छ । त्यस कोर्समा ५ दिन सोहि क्याफेमा विद्यार्थीहरु इन्टर्न गर्छन । १५ दिने कोर्समा उनले प्रति विद्यार्थी १५ हजारको दरले शुल्क लिने गर्दछन् । ग्रुपमा आउनेहरुको लागी अझ सहुलियत दरमा सिकाउने गरेको उनी बताउछन् । महिनामा  ९ जनासम्मलाई तालिम दिन्छन् उनी । 


 एउटै व्यक्ति फरक भूमिका छ प्रकाशको। विद्यार्थीको अगाडी प्रक्षिक्षकको भूमिका, स्टाफ समक्ष मालिक र ग्राहक समक्ष एउटा व्यवसायी । 

यस पसलमा उनले २५ लाखको लगानी गरेका छन् । पसलमा संचालनमा ल्याएसंगै औसतमा दैनिक १० हजारको व्यापार हुने गरेको प्रकाश बास्कोटा बताउँछन् ।  उनले कफि मात्र नभई फाष्टफुड, लन्चलाई पनि सामेल गराएका छन् । नेपाली बजारमा कफि ट्रेन्ड  बढ्दो क्रममा रहेकोले पनि बर्तमान समयमा यो व्यवसाय उपयुक्त रहेको उनको भनाई छ ।  


 नेपाली बजारमा कफि 

कफिलाई तातो नै खानुपर्छ भन्ने छैन, चिसो, तातो, महसँग मिलाएर खाने तथा अन्य तरीकाबाट पनि कफिलाई खान सकिन्छ । इटालीबाट सुरु भएको कफि चलनले हाल विश्वको अधिकांस देशहरुमा आधिपत्य जमाइसकेको छ । नेपालमा पनि कफिको संस्कार ह्वात्तै बढेको छ । कफि उत्पादनमा विश्वकै उत्कृष्ट कफी उत्पादन गर्ने राष्ट्रको पहिचान नेपालले बनाएको छ । नेपालमा कफि खाने चलन झन्डै १० प्रतिशतले वृद्धि भेरहेको अवस्था छ । हालको अवस्थामा प्राय जसो नेपालीहरुको रोजाइमा कफि पर्ने गरेको छ। यसले गर्दा पनि कफि व्यवसाय आकर्षक व्यवसाय बन्दै गइरहेको हिमालयन ब्रिउका मालिक प्रकाश बताउछन् । 


हिमालयन ब्रिउमा कफी बनाउने तालिम लिदै एक प्रशिक्षार्थी 


कति लगानीमा सञ्चालन गर्न सकिन्छ साधारण कफि सप ?

कफि बनाउने साधारण मेसिनलाई ५ लाखसम्ममा खरिद गर्न सकिन्छ । कफि मेसिन विभिन्न देशबाट आयात गर्न सकिन्छ । सजावट तथा सम्पूर्ण आवश्यक व्यवस्थापन सहित लगभग २० लाखको हाराहारीमा एउटा सानो आकारको आकर्षक कफि सप तयार हुने बास्कोटा बताउछन् ।  यदि कोहि कफि तालिम लिएर कफि सप खोल्न इच्छुक भएमा मेसिनदेखि सम्पूर्ण व्यवस्थापन सहित कफी सप तयार गरिदिने प्रकाश बताउछन् । अष्टेलिया जापान जान १४- १५ लाख खर्च गर्नु भन्दा आफ्नै ठाउँमा केहि रकम लगानी गरेर  कफि व्यवसाय सञ्चालन गर्नु उत्तम ठान्छन् उनी । नेपालमा कफिको बजार राम्रो भएको हुँदा पछाडी फर्केर हेर्न नपर्ने उनी बताउछन् । 


भावी योजना 

नेपालमा कफि व्यवसायको राम्रो बजार छ तर अझै पनि दक्ष जनशक्ति पर्याप्त नभएकोले कफि स्कुल खोल्ने योजनामा छन् प्रकाश । सुलभ मूल्यमा तालिम लिन पाउने स्कुलको स्थापना गर्ने र दक्ष जनशक्तिको उत्पादन गरी रोजगारीको सिर्जना गर्ने उनी बताउछन् ।  हिमालयन ब्रिउ कफि सपको शाखा काठमाडौं बाहिरको पर्यटकिय स्थलहरुका खोल्ने उनले सोच बनाएका छन् । २७ बर्षको उमेरमा दक्ष कफि व्यवसायी बनेका प्रकाश बास्कोटा एक अनुभवी युवा व्यवसायी पनि हुन । पैसा कमाउन विदेश नै जानु पर्दैन, काम गर्ने ईच्छा शक्ति भएमा आफ्नै ठाउँबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved