बाणिज्य बैंकहरूमा चुक्ता पुँजीकाे अन्याैल, इन्भेष्टमेन्ट पहिलो हुँदा कृषि बिकास र मेगाको स्थान कहाँ ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 14, 2018 | 01:18:38 PM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजमलाई गाभेर बैशाख ३० देखि एकीकृत कारोबार थालेको मेगा बैंकले चुक्ता पुंजीको हिसाबले आफु तेस्रो ठुलो बाणिज्य बैंक भएको दाबि गरेको छ। तर मेगाको यस दाबिसंगै वित्तीय बजारमा चुक्ता पुंजी गणनाबारे अन्यौलता देखिएको छ।

नेपालमा संचालनमा रहेका २८ वटा बाणिज्य बैंककाे तेश्राे त्रैमाससम्ममा प्रकाशित विववरण अनुसार चुक्ता पुँजी ४ अर्ब ६८ कराेडदेखि १० अर्ब  ६४ कराेडसम्म देखिएकाे छ।

यसअाधारमा अामलगानीकर्ताहरू माझ सबैभन्दा बढी चुक्ता पुजी भएकाे बैंकका रूपमा १० अर्ब ६४ कराेडकाे चुक्ता पुजी सहित नेपाल ईन्भेष्टमेन्ट बैंक पहिलोमा चिनिएकाे छ । तर मेगा बैंकद्वारा जारि बिज्ञप्तिमा टुरिजमलाई गाभेपश्चातको चुक्ता पुँजी करिब ९ अर्ब २९ कराेड सहित तेश्राे ठूलाे बैंक बनेकाे दाबि छ। यस दाबिले पहिलाे र दाेश्राे कुन भन्ने चर्चा चलेकाे छ। यसमा द्विविधाकाे मुख्य बैंक भनेकाे कृषि विकास बैंक हाे, जसले चुक्ता पुँजी १३ अर्ब ९३ कराेड रहेकाे उल्लेख गरेकाे छ, जसमा साधारण शेयर तर्फ ८ अर्ब ५० कराेड र नेपाल सरकारकाे अग्राधिकार शेयर ५ अर्ब ४३ कराेडलाई समावेश गरिएकाे छ। यहाँ बहसको बिषय भनेको नै अग्राधिकारलाई चुक्तापुँजी मान्ने वा नमान्ने भन्ने रहेकाे छ।

यस विषयमा विगतमा चुक्ता पुँजी ८ अर्ब पुर्याउने समयमा नै नियामक निकाय नेपाल राष्ट्र बैंकले अग्राधिकार शेयरलाई चुक्ता पुँजी मान्न अस्विकार गरेकाे तथ्यलाई मनन गर्नुपर्ने हुन्छ। हुनपनि कृषि विकासले अग्राधिकार समेत जाेडेर अाफ्नाे चुक्ता पुजी ८ अर्ब पुगिसकेकाे दाबि नियामकले अन्य बैंक सरह साधारण शेयरधनीकाे चुक्ता पुँजी नै ८ अर्ब पुग्नुपर्ने बताए पश्चात् नै बैंकले हकप्रद र बाेनस जारी गरि चुक्तापुँजी बढाउन बाध्य भएकाे हाे ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ दफा २ (ढ) मा “चुक्ता पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको जारी भएको पूँजीमध्ये शेयरधनीको तर्फबाट चुक्ता भएको पूँजीको अंश सम्झनु पर्ने उल्लेख छ। यस्तै दफा २ (भ) मा “पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको अधिकृत पूँजी, जारी पूँजी वा चुक्ता पूँजी सम्झनु पर्ने उल्लेख ।  

बाफियामा भएको यस व्यस्थालाई आधार मान्ने हो भने कृषि विकास बैैककाे चुक्ता पुँजी केवल ८ अर्ब ५० कराेड हाराहारी मात्र हुन्छ तर उसले प्रकाशित विवरणमा १३ अर्ब भन्दा बढी उल्लेख हुँदा अामलगानीकर्ता अन्याैलमा रहने अवस्था अाएकाे छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले चुक्ता पुंजीमा अग्राधिकार शेयरलाई गणना गर्न नपाइने बताएका छन। 'बैंकले वित्तीय विवरणमा कुन आधारमा अग्राधिकार शेयर जोडेर चुक्ता पुंजी देखायो त्यो उनीहरुको गणना बिधिमा भर पर्छ तर अग्राधिकार शेयरलाई चुक्ता पुंजीमा गणना गर्न पाइंदैन' प्रवक्ता पौडेलले बिजपाटीलाई भने। 

नेपाल राष्ट्र बैंकले चुक्ता पुंजीमा अग्राधिकार शेयर गणना गर्न नपाउने व्यवस्था भएको भनिरहँदा कृषि बिकास बैंकले भने राष्ट्र बैंकको स्वीकृति लिएर नै अग्राधिकार शेयरलाई चुक्ता पुंजीमा गणना गरेको दाबि गरेको छ। 'राष्ट्र बैंकको स्वीकृतिमा नै अग्राधिकार शेयरलाई चुक्ता पुंजीमा गणना गरिएको हो, बाफियाको व्याखाले वास्तविक चुक्ता पुंजी ८ अर्ब ५० करोड भएपनि कृषि विकास बैंकको चुक्ता पुंजी १३ अर्ब ९३ करोड हो, त्यहि भएर नै वित्तीय विवरणमा पनि त्यहि अनुसार चुक्ता पुंजी देखाइएको हो' कृषि विकास बैंकका प्रवक्ता भिमलाल पौडेलले बिजपाटिलाई बताए।

चुक्ता पुंजी गणना भन्दा पनि पुंजीको परिभाषा स्पष्ट हुनुपर्ने बिज्ञहरुको भनाई छ। 'शेयरधनीको पुंजी भन्ने हो भने त्यसमा अग्राधिकार शेयरलाई गणना गर्न मिल्दैन तर पुंजी मात्र भन्ने हो भने गणना गर्न मिल्छ, त्यसैले नियामकबाट पुंजीको परिभाषा नै स्पष्ट हुनुपर्यो' सीएफए हेमन्त बस्यालले बिजपाटीलाई बताए। 

नेपाल राष्ट्र बैंकको भनाई र बाफियामा भएको व्यवस्थालाई आधार मान्ने हो भने नेपालकाे सबैभन्दा बढी चुक्ता पुँजी भएकाे नेपाल ईन्भेष्टमेन्ट बैंक देखिएकाे छ। मेगा र टुरिजमकाे मर्ज पश्चात् ९ अर्ब २९ कराेडका अाधारमा दाेश्राे बढी चुक्ता पुजी भएकाे बैंक बन्न गएकाे छ। त्यस्तै चुक्ता पुजीका अाधारमा अब तेश्राेमा ८ अर्ब ८८ कराेडसहित ग्लाेवल अाईएमई, चाैथाेमा ८ अर्ब ५८ कराेड सहित राष्ट्रिय बाणिज्य बैंक र पहिलाे दावा गर्ने कृषि विकास बैंक पाँचाैं स्थानमा रहेकाे छ। तर मेगा बैकले कुन बिषयलाई आधार मानेर आफुलाई तेस्रो पोजिसनमा राख्यो त्यसको आधार  प्रष्ट पारेको छैन।

    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved