बैंकहरुको हिसाबमा बढ्यो बेतिथी, कतै ५ अर्ब गायब, कहीं अधुरो जानकारी !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2019 | 10:48:05 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक बर्षको पुष मसान्त सकिएसंगै नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा सुचिकृत संस्थाहरु दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नलाई ब्यस्त छन। केहिले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन भने कहि सार्वजनिक गर्ने क्रममा छन। 

बिशेषगरि बैंक वित्तीय संस्थाहरुको वित्तीय विवरणमा सेयरधनीहरुको मात्र नभई आर्थिक अनलाइन पत्रिकाहरुको चाँसो बढी हुने गर्दछ। त्यसो त नेप्सेमा ८० प्रतिशत भन्दा बढी बैंक वितिय संस्थाहरुको हिस्सा रहेको छ। 

वित्तीय विवरणका आधारमा लगानीको निर्णय हुने भएकाले सेयरधनी र सेयरको दोस्रोबजारका लगानीकर्ताको लागि पनि बैंक वित्तीय संस्थाहरुले सार्वजनिक गर्ने रिपोर्ट उत्तिकै महत्त्व हुनेगर्दछ। वित्तीय विवरणमा भएका सूचनाहरु सत्य नै हुन्छन र हुनुपर्छ भन्ने आमधारणा रहेको हुन्छ। यद्दपी बैंक वित्तीय संस्थाहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा शुद्धतामा शंका गर्ने ठाउँ प्रशस्त देखिएको छ। 

यसरी प्रकाशित विवरण नै अशुद्ध भएमा त्यसबाट सिर्जना हुने जोखिमको जिम्मेवारी स्वयम लगानीकर्ताको हुने हुँदा प्रकाशित वित्तीय विवरण पछिसम्म फरक नपर्ने हुनुपर्छ। यसरी प्रकाशित विवरणले आमलगानीकर्ताको लगानी गर्ने निर्णयलाई गम्भीर असर पार्ने देखिएको छ| वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गरिन्छ भन्ने थाहा हुँदापनि केहि बैकहरुले लगानीकर्ताप्रतिको जिम्मेवारी बिर्सिएको झैँ गरि विवरण पेश गरेको पाइएको छ। 

उनीहरुले प्रकाशन गर्ने विवरणमा केहि परिवर्तन वा फेरबदल भए सेयरधनीहरुमा त्यसको जानकारी दिने कर्तब्य सम्बन्धित संस्थाको नै हो। तथापि यस आर्थिक बर्षको दोस्रो त्रैमासको विवरण हेर्दा बैंकहरुले आफ्नो कर्तब्य नै बिर्सिएको भान हुन्छ। अर्धवार्षिक अवधिको वित्तीय प्रकाशन गरेका केहि कम्पनीको विवरणमा देखिएका अधुरा, अपुरा र अशुद्धका केहि नमुनाहरु यस्ता रहेका छन। 

एनआइसी एसिया बैंक 

छोटो अवधिमा उल्लेख्य प्रगति बैंकहरु मध्ये एउटा हो एनआईसी एसिया बैंक। तर एनआइसी एसिया जस्तो बैंकले पहिलो त्रैमासिकमा प्रकाशन गरेको वित्तीय विवरण दोस्रो त्रैमासिक वित्तीय विवरणमा आएर संशोधन गर्दा लगानीकर्तामा अन्यौल थपिएकोछ| बैंकले असोज मसान्तमा १ खर्ब  ६३ अर्ब निक्षेप उल्लेख गरेको थियो र पौष मसान्तसम्ममा पनि सो विवरणमा कुनै परिवर्तन भएको सार्वजनिक जानकारी गराएको थिएन तर दोस्रो त्रैमास (पुष मसान्त) सम्मको वित्तीय विवरण प्रकाशन गर्दा बैंकले असोज मसान्तमा कायम रहेको १ खर्ब ६३ अर्ब निक्षेपलाई संशोधन गर्दै त्यतिबेला (आश्विन मसान्त) नै १ खर्ब ६८ अर्ब रहेको विवरण उल्लेख गरेको छ| 

बैंकले अघिल्लो त्रैमासिक विवरणमा उल्लेख गरेको तथ्यांक पछिल्लो त्रैमासिकमा फरक पर्ने गरि विवरण सार्वजनिक गरेको गरेको छ। तर बैकले  यस सम्बन्धमा वित्तीय विवरणमा कहीं कतै प्रष्टीकरण गरेको छैन। 

एभरेष्ट बैंक 

विदेशी लगानी (पंजाव नेशनल बैंक, भारत) रहेको एभरेष्ट बैंकले पनि धितोपत्र कानुनले प्रकटीकरण गर्नुपर्ने भनेर तोकेको विषयमा केहि उल्लेख गरेको देखिदैन। नियमत यस्ता कुरा सार्वजनिक गर्नुपर्ने हुन्छ | धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६(१) सँग सम्बन्धित अनुसूची १४ अनुसार उल्लेख गर्नुपर्ने विषयमा कहीं कतै केहि उल्लेख गरेको छैन | अनुसूचीको १(ख) मा ‘न्यूनतम रुपमा प्रमुख वित्तीय अनुपातहरु जस्तैः प्रतिशेयर आम्दानी, PE Ratio (मूल्य-आम्दानी अनुपात), प्रतिशेयर नेटवर्थ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण ।‘ हरु  प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ | बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा अनुसूचीमा छ भने पनि त्यसमा PE Ratio (मूल्य-आम्दानी अनुपात) रेसियो मात्र उल्लेख छ ।  

एभरेष्ट बैंकले वित्तीय विवरण प्रकाशन गर्दा पालना गर्नुपर्ने न्युनतम मापदण्ड पनि पुरा नगरेर सेयरधनीहरुको सूचना सम्बन्धी हकमा नै बन्देज लगाएको छ भने अर्को तर्फ उसले धितोपत्र बोर्डको निर्देशनको समेत अवज्ञा गरेको छ। 

माछापुछ्रे बैंक 

माछापुच्छ्रे बैंकले पनि एनआईसि बैंक सरह कर्जा लगानीको अंक संशोधन गरेर दोस्रो त्रैमासिक विवरण प्रकाशन गरेको छ | बैंकले असोज  मसान्तसम्ममा ७१ अर्व ८० करोड ५६ लाख ७४ हजार कर्जा प्रवाह गरेको विवरण सार्वजनिक गरेको थियो | तर पौष मसान्तसम्मको दोस्रो त्रैमासिक विवरण प्रकाशन गर्दा आश्विन मसान्तको प्रकाशित कर्जा प्रवाहको अंकलाई करिव ९१ करोडले घटाएर प्रकाशन गरेको छ | पुष  मसान्तको विवरणमा आश्विन मसान्तको विवरणलाई संशोधन गर्ने कारण के पर्यो यसबारे कहीं कतै पनि खुलाइएको भेटिएको छैन। 

कुमारी बैंक 

कुमारी बैंकले प्रकाशन गरेको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनमा पनि माथी उल्लेखित जस्तै कैफियत देखिएको भए पनि त्यसको पनि कारण खुलेको कतै भेटिन्न | बैंकको चुक्ता पूँजीमा अघिल्लो त्रैमासिक (असोज मसान्त) भन्दा ३ लाख ४० हजार बढी देखाएको छ| यसरी ३ महिनामा प्रत्येक महिना १ लाखका दरले पूँजी बढ्दै जानुको कारण वित्तीय प्रतिवेदनमा कहीं कतै खुल्दैन| 


बैंकहरुलाई नेपाली सेना जस्तै अनुशासन र पारदर्शिता भएको संस्थाको रुपमा लिने गरिन्छ। तरपनि बैंकहरुको वित्तीय विवरण प्रकाशन गर्ने यस्तो शैलीले आमलगानीकर्तामा वित्तीय विवरणप्रतिको विश्वसनीयता नै गुम्न सक्छ। चैत मसान्तपछि तेस्रो त्रैमासको विवरण प्रकाशन ल्याउदा पुष मसान्तको बिबरण पनि संसोधन गर्ने र त्यसको औचित्य पुष्टि नगर्ने हो भने वित्तीय विवरणको आवश्यकता नै किन भन्ने प्रश्न उठ्न सक्छ।   

यसरि जानकारी संशोधन हुँदै आउने हो भने लगानीकर्ताले कुन विवरणलाई सत्य र तथ्य मान्ने र विश्वास गर्ने हो कम्पनीले जवाफ दिने कि धितोपत्र बजारको नियमन गर्ने निकायले दिने हो ? 

यति मात्र नभएर अहिले प्रकाशित हुने वित्तीय विवरणमा कतिपय मह्र्त्वपूर्ण अनुपात / सूचक नै गायव हुन थालेको छ | सम्पतिमा प्रतिफल (ROA) तथा शेयरधनी कोषमा प्रतिफल (ROE) पनि आजकल प्रतिवेदनमा हराउन थालेको छ | नेटवर्थमा आमूल परिवर्तन हुँदा समेत त्यस्ता त्यस सम्बन्धमा कारण खुलाइएको पाइंदैन | 

यस्तै पारा हो भने अब चैत्र मसान्तमा अर्को विवरण प्रकाशन गर्दा पौष मसान्तमा प्रकाशित विवरण पनि संशोधन हुँदै आउने हो भने लगानीकर्ताले कुन विवरणलाई सत्य र तथ्य मान्ने र विश्वास गर्ने हो कम्पनीले जवाफ दिने कि धितोपत्र बजारको नियमन गर्ने निकायले दिने हो ?  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved