सेयरबजारमा सुचिकृत कम्पनीमा जिम्मेवारीको खडेरी : पुष सकियो साधारणसभा सकिएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 01:43:01 PM मा प्रकाशित

laxmi  sunrise bank

पुष मसान्त सकिँदा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत कम्पनीले साधारणसभाको कुरै छाडौं लाभांश समेत घोषणा गर्न सकेका छैनन् | लाभांश घोषणा गरेकाले पनि साधारणसभा घोषणा गरेका छैनन् | नेप्सेमा सुचिकृत ११ वटा समुह मध्येमा तुलनात्मकरुपमा सुशासन भएका भनिएका बैंक/वित्त समुहमा पर्ने (वाणिज्य बैंक, विकास बैंक, वित्त र लघुवित्त) ले समेत साधारणसभा सम्पन्न गरेका छैनन् | 

यी मध्ये पनि अझ बढी सुशासन भएका भनिएका केहि वाणिज्य बैंकले आर्थिक वर्ष २०७३/७४ समेत वार्षिक साधारणसभा गरेका छैनन् | यसरी गत आर्थिक वर्ष २०७३-०७४ समेत साधारणसभा नगर्नेमा कुमारी, सिभिल र नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेका छन| 

सिभिल बैंकले आर्थिक वर्ष २०७३/७४ को घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट अनुमोदन समेत गराएर पनि साधारणसभाबाट पारित गराएको छैन | साधारणसभाबाट पारित नभए पनि गत असार मसान्तको वित्तीय विवरणमा सिभिलले चुक्ता पूँजी पुगेको देखाएको छ | राष्ट्र बैंकले अनुमोदन गरेर मात्र लाभांश पारित भएको मानिदिन| त्यसलाई साधारणसभाले पनि अनुमोदन गर्नुपर्छ | 

कुमारी बैंकले भने चालु आर्थिक बर्षमा दुइपटक लाभांश घोषणा गरेको छ | तर घोषित लाभांश पनि दुविधायुक्त रहेको छ | कुमारी बैंकको पनि तोकिएको पूँजी पुगेको छैन | बैंकले घोषणा गरेको पहिलो लाभांश १२.७५ प्रतिशत बोनस तोकिएको पूँजी पश्चात पुग्नेछ | त्यसपछि घोषित अर्को लाभांश ८.५ प्रतिशत (बोनस) ले कति पुग्ने हो भन्ने विषय भने दुविधायुक्त छ | (यस सम्बन्धि विस्तृत टिप्पणी साहित्यिक रचना जस्तो कुमारी बैंकको लाभांश घोषणा, नेतालाई त वास्ता छैन नियामकको के कुरा ?

त्यस्तै नेपाल क्रेडिट एण्ड कमर्श बैंक बैंकले पनि दुइ वर्षदेखिकै साधारणसभा सम्पन्न गरेको छैन| एपेक्स, इन्फ्रास्ट्रक्चर, सुप्रिम, इन्टरनेशनल लगायत ४ वटा डेभलपमेन्ट बैंकलाई गाभेको थियो | त्यसपछि एकपटक मात्र साधारणसभा गरेको छ | बिभिन्न मुद्दा मामिलामा फस्दै गएको बैंकको साधारणसभा कहिले हुने हि अहिलेसम्म बैंकले सार्वजनिक गरेको छैन | 

यसबाहेक लाभांश घोषणा गरेका र नगरेका वाणिज्य बैंकले पनि साधारणसभा कहिले गर्ने हुन् अहिलेसम्म कुनै सूचना जारी गरेका छैनन | नबिल बैंकले समेत अहिलेसम्म साधारणसभाको तिथि मिति तय गर्न सकेको छैन |

धितोपत्र सम्बन्धि कानुनले पौष मसान्तभित्र साधारणसभा गर्न नसकेमा त्यसको सार्वजनिक जानकारी गराउनुपर्ने व्यवस्था गरे पनि कम्पनी स्वयमले यस्तो जानकारी गराउनुपर्ने दायित्ववोध गरेका छैनन् | अग्रपंक्तिको नियामक नेप्सेले पनि कम्पनीलाई यस बारेमा सोधनी गर्ने गरेको छैन | त्यस्तै शेयरबजारको सर्वोच्च नियमक नेपाल धितोपत्र वोर्डले समेत यस्ता कम्पनीलाई बेलैमा साधारणसभा गर्न र नगरेमा दण्डित गर्ने अभ्यास शुरु गरेको छैन | 

धितोपत्रदर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची १६ को २३ मा आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र साधारण सभा हुन नसकेमा नसकेको परिस्थितिको बारेमा जानकारी गराउनु पर्नेछ भन्ने व्यवस्था गरेको छ | तर यति प्रष्ट कानुनी व्यवस्था हुँदा पनि कम्पनी स्वयमले गराउनुपर्ने यस्तो संवेदनशील विषयप्रति नजरअन्दाज गरेका छन् | 

साधारणसभा नगरेका वाणिज्य बैंकको विवरण तालिकामा उल्लेख गरिएको छ | 

क्र.सं.

बैंक

कैफियत

नेपाल

लाभांश घोषणा नगरेको | गर्ने नगर्ने पनि अनिश्चित

नेपाल क्रेडिट एण्ड कमर्श

आव २०७३/७४ देखिको बाँकी

सिभिल

आव २०७३/७४ को लाभांश स्वीकृत भएको तर सोहि वर्षदेखिको साधारणसभा नगरेको

प्राइम

लाभांश घोषणा भएको | ओम डेभलपमेन्टलाई विलय गराउने क्रममा रहेको

कृषि

लाभांश घोषणा गरेको तर सभा नबोलाएको

प्रभू

लाभांश घोषणा गरेको तर सभा नबोलाएको

नबिल

लाभांश घोषणा गरेको तर सभा नबोलाएको

सेन्चुरी

लाभांश घोषणा गर्न समेत बाँकी रहेको


यस्तै राष्ट्रिय/क्षेत्रीयस्तरका कतिपय विकास बैंकले पनि अहिलेसम्म सभा आव्हान गरेका छैनन्  | यस्ता बैंकको सूची तालिकामा उल्लेख गरिएको छ | 

क्र.सं.

बैंक

स्तर

कैफियत

भार्गव

३ जिल्ले (बाँके)

लाभांश घोषणा गरेको सभा नबोलाएको

कर्पोरेट 

३ जिल्ले (पर्सा)

समस्याग्रस्त

देव

राष्ट्रिय 

लाभांश सभा घोषणा नगरेको

एक्सेल

३ जिल्ले (झापा)

लाभांश घोषणा गरेको सभा नबोलाएको

ग्रीन

३ जिल्ले (कास्की)

लाभांश र सभा घोषणा नगरेको

कामना सेवा

राष्ट्रिय

लाभांश र सभा घोषणा नगरेको

कर्णाली

३ जिल्ले (बाँके)

लाभांश र सभा घोषणा नगरेको

लुम्बिनी

राष्ट्रिय

लाभांश घोषणा गरेको सभा नबोलाएको

मितेरी

३ जिल्ले (सुनसरी)

लाभांश घोषणा गरेको सभा नबोलाएको

१०

ओम

राष्ट्रिय 

लाभांश घोषणा गरेको सभा नबोलाएको (प्राइमसँग विलयको क्रममा रहेको)

११

सहयोगी

३ जिल्ले (धनुषा)

लाभांश घोषणा गरेको सभा नबोलाएको

१२

वेस्टर्न

३ जिल्ले (दांग)

सभा नबोलाएको (देव विकास बैंकसँग विलय हुने क्रममा रहेको)

१३

सहारा

३ जिल्ले (सर्लाही)

सभा नबोलाएको (देव विकास बैंकसँग विलय हुने क्रममा रहेको)


यसबाहेक फाइनान्स, लघुवित्त लगायत समुहका अन्य कम्पनीले पनि सभा आव्हान गरेका छैनन् | 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved