महत्त्वपूर्ण सूचकमा एनआइबिएल र नबिल भन्दा एनआईसी एसिया बैंक उत्कृष्ट (तथ्यांक सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2019 | 02:50:51 PM मा प्रकाशित

laxmi  sunrise bank

शाखा संजाल तथा कारोवार बिस्तारमा आक्रमक रणनीति अपनाएको एनआईसी एसिया बैंकले छोटो अवधिमै देशका अव्वल कहलिएका बैंकहरुलाई  टक्कर दिएको छ। 

झन्डै भारतको आईसीआइसीआई बैंकको बजार रणनीतिलाई पछ्याएको एनआइसी एसियाले छोटो अवधिमै नबिल र नेपाल इन्भेष्टमेन्ट बैंक जस्ता अग्रश्रेणीका बैंकहरुलाई चुनौती दिंदै प्रतिस्पर्धामा खरो उत्रिएको छ। त्यसो त एनआइसी एसिया बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने भारतीय बैंक आइसीएफसीआईकै उत्पादन हुन। 

चालू आर्थिक वर्षको ६ महिनामा एनआईसी एसियाले वित्तीय सूचकहरुमा दुई ठुला बाणिज्य बैंक नबिल र नेपाल इन्भेष्टमेन्टलाई टक्कर दिएको छ भने शाखा संजाल, कारोबार बिस्तार, बैंकको आकारमा सबैभन्दा अव्वल ठहरिएको छ। 

नोट: एनआईसी एसिया र एनआइबिएल बैंकको प्रगति विवरणमा गत आर्थिक बर्षको लाभांश वितरण पश्चात समायोजन गरिएको तथ्यांक समावेश छ भने नबिल बैंकको समायोजन हुन बाँकी नै छ। समायोजन पश्चात नबिल बैंकको रिजर्भ, इपिएस लगायतका सूचकमा असर पर्नेछ।  

शाखा बिस्तारमा आक्रामक बन्दा आलोचना समेत खेपेको बैंकले अहिले शाखा बिस्तारको फाइदा उठाउदै आएको छ। सरकारले स्थानीयतहको पैसा डिपोजिटमा देखाउन पाउने नीति लिएसंगै त्यसबाट सबैभन्दा बढी फाइदा एनआइसी एसियाले उठाएको छ। बाणिज्य बैंकहरुमा स्थानीयतहको पैसा चलाउन पाउनेमा राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकपछिको तेस्रो बैंकमा पर्छ एनआइसी एसिया। 

शाखा संख्या बढ्नु भनेको ग्राहकको संख्या बढ्नु पनि हो। अहिलेलाई शाखा संख्या थप्दा बढी खर्च देखिएपनि आगामी दिनमा ग्राहक संख्या बढ्दै जाँदा बैंक त्यस्को प्रत्यक्ष लाभ उठाउनेछ। महत्त्वपूर्ण सूचक मानिने शाखा संख्या, कर्मचारी संख्या र ग्राहक संख्यामा एनआइसी एसिया निजि लगानीको बाणिज्य बैंकमा देशकै पहिलो बनेको छ। 

वित्तीय सूचकको अंकलाई हेर्दा तेस्रो स्थानमा देखिएपनि प्रगतिलाई प्रतिशतमा मापन गर्दा एनआईसी एसियाले अबको छोटो समयमा नै आफुलाई निजि क्षेत्रको अव्वल बैंकको पहिचान बनाउने सम्भावना अधिक छ। दोस्रो त्रैमासको प्रगति विवरणलाई आधार मान्दा एनआइसीले नबिल र एनआईबिएललाई टक्कर दिएको तथ्यले नै देखाउछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved