श्रम मन्त्रालयकै संस्थामा तलब ७ हजारमात्रै, माइली भन्छिन- 'न्युनतम पारिश्रमिक भनेको के हो ?'

भावना लामा

भावना लामा

Apr 30, 2019 | 02:34:39 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधानको धारा ३४ अन्तर्गतको उपधारा २ मा श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको ग्यारेन्टी गरेको छ । सरकारले सामाजिक सुरक्षा ऐन अन्तर्गत न्यूनतम पारिश्रमिक पनि तोकेको छ । तर माईली खत्री भने सरकारको सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिकको बारेमा अनविज्ञ छिन् । 

ललितपुरको भैंसेपाटिस्थित व्यवसायिक तथा सपि विकास तालिम केन्द्र ‘प्रतिष्ठान’ मा कार्यालय सहायकको रुपमा कार्यरत छिन् माईली खत्री । उनले प्रतिष्ठानमा काम गर्न थालेको २३ बर्ष बितिसकेको छ । आफू कार्यरत कार्यालय आफ्नो घर जस्तै लाग्छ उनलाई । कार्यालयले थमाएको जिम्मेवारी  पूरा गर्न कुनै कसर बाँकी राख्दीनन् उनी । कार्यलय प्रवेश गरेको समय छुट्टै जोश जाँगर थियो उनमा । विना गुनासो विना हिचकिचाहट आफ्नो काम पूरा गर्थिन् । परिवारको दुई छाक टार्न र एक सरो लाउन कार्यालयकै भर थियो, गुनासो गर्ने कुरै आएन । 

उनले काम सुरु गर्दाको समय कार्यालयले दिने पारिश्रमिकले घरपरिवार राम्रै चलेको थियो । जति जति समय बढ्दै गयो आवश्यकता बढ्दै गयो । तर उनको आवश्यकता अनुसार पारिश्रमिक भने बढेन । २ हजारभन्दा कम पारिश्रमिकबाट थालनी गरेको उनको पारिश्रमिक २३ वर्षमा ६ हजार ९ सय रुपैयाँ पुगेको छ । उनको पारिश्रमिकले परिवारको खर्च र लोग्नेको औषधी उपचारसम्म भ्याउनुपर्छ । उनले कार्यालय प्रवेश गरेको समयमा कामको चाप थोरै थियो अनि पारिश्रमिक पनि । जेनतेन परिवारको खर्च चलेकै थियो । समयसँगै खर्च बढ्यो, कार्यालयमा भवन थपियो, काम पनि बढ्यो । कार्यालयको भवन बढेसँगै आफ्नो काम बढेको थाहा छ उनलाई । तर सरकारले न्यूनतम पारिश्रमिक तोकेको बारे भने कुनै जानकारी नै छैन । न्यूनतम पारिश्रमिक भनेको नै थाहा छैन भन्छिन् उनी । 

केहि दिन अगाडी उनले पारिश्रमिक बढाउन भन्दै प्रतिष्ठानको लेखा कार्यालयमा निवेदन पेश गरिन् । पारिश्रमिक बढ्छ भन्ने आशा त थिएन उनलाई, र पनि बढाईदिन्छ कि भन्ने झिनो आशामा लेखा कार्यालयको ढोकासम्म पुगीन् । निवेदन पेश भएको दिन सकेसम्म बढाउने कोसिस गर्छु भन्ने आश्वासन सहितको उत्तर लिएर फर्किईन् उनी । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्यूनतम पारिश्रमिक लागू गराउन सबै रोजगारदातालाई निर्देशन दिएको छ । न्यूनतम पारिश्रमिक लागू गराउन बेलाबखत अनुगमन गर्ने गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्याङ्कमा देख्न सकिन्छ । तर श्रम मन्त्रालयको मातहतमा सञ्चालित व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यालय सहायक भने बर्षौदेखि न्यूनतम पारिश्रमिक विना नै कार्यरत छिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved