यामाहाको बाइक वा स्कुटी किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ फिचर्स, मुल्य र अफर

दिलिप खड्का

दिलिप खड्का

May 18, 2019 | 11:44:58 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई पांग्रे सवारी अर्थात मोटरसाइकल र स्कुटर युवापुस्ताका लागि मात्र नभई आम सर्वसाधारणका लागि समेत आवश्यक्त साधन बनिसकेको छ। कुनै समय बिलासिताको रुपमा लिईने यी सवारी अहिले दैनिक जीवन तान्ने रथ बनेको छ। 

बजारमा बिभिन्न कम्पनीका थुप्रै मोडलहरुको बाइक तथा स्कुटर नेपालीको रोजाई बन्न पुगेको छ। बजारमा नाम चलेका कम्पनीहरु मध्ये सबैको जनजिब्रोमा झुण्डीएको ब्राण्ड हो, यामाहा। 

४६ बर्षअघि बिराटनगरमा पि आर अग्रवालले सुरु गरेको इन्जिनियरिंङ वर्कशप नै आजको एमएडब्लु इन्टरप्राइजेज हो । नेपालको लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज। उक्त वर्कशपले सुरुमा फोर्ड टयाक्टरको डिलर भएर बिक्रि सुरु गर्यो। त्यो बेला पहिलो बर्षमा वर्कशपले १६४ वटा ट्याक्टरको बिक्रि गर्न सफल भयो। केहि समयपछि वर्कशपले स्कर्ट र राजदुत बाइकको डिलर लियो जसलाइ अहिले हामि यामाहा भन्छौँ । यामाहाको बिभिन्न किसिमको बाइकहरुको फिचर र मुल्यको बारेमा बिजपाटी डटकमको लागि   दिलिप खड्काले तयार गरेको रिपोर्ट:

यामाहा एफजेडएस एफआइ भि ३ को बिशेषता

४ स्ट्रोक एयर कुल्ड २ भल्भ १४९  सिसि इन्जिन रहेको बाइकले ९.७ किलोवाट एचपि पावर तथा १२.८ एनएम टर्क उत्पादन गर्छ । यसको अलवा बाइकमा सिन्गल सिलिन्डर इन्जिन,एबिएस  सिस्टम,ट्युबलेश टायर, इलेक्ट्रिक स्टार्टर र १२.८ लि फयुल ट्यान्क क्षमता रहेकोछ । यसको बजार मुल्य रु ३०९९०० रहेको छ । 

यामाहा आरवन फाइभ भि ३ को बिशेषता

४ स्ट्रोक लिक्विड कुल्ड १५५.१ सीसि इन्जिन क्षमता रहेको बाइकले १९.३० एिचपि पावर तथा १५ एनएम टर्क उत्पादन गर्छ  । ६ गेयर क्षमता, ११ लि फ्युल ट्यान्क, उच्च गति १३६ किमि प्रतिघण्टा, ट्युबलेस टायर, एबिएस सिस्टम लगायतको थप बिशेषता बाइकमा रहेको छ । बाइकको बजार मुल्य रु ४१९९०० रहेको छ । 

यामाहा वाइजेडएफ आरवानफाइभ एस को बिशेषता

४ स्ट्रोक लिक्विड कुल्ड १५० सीसि इन्जिन क्षमता रहेको छ । १२ लि फ्युल ट्यान्क, , ट्युबलेस टायर, डिस्क ब्रेक लगायतको थप बिशेषता बाइकमा रहेको छ । बाइकको बजार मुल्य रु ३६०९०० रहेको छ ।

यामाहा फेजर २५ को बिशेषता

४ स्ट्रोक एयर कुल्ड २ भल्भ २४९ सिसि इन्जिन क्षमता रहेको बाइकले २०।९ एचपि पावर तथा २० एनएम टर्क उत्पादन गर्छ । हाइड्रोलिक सिन्गल डिस्क ब्रेक रहेको बाइकको मुल्य रु ४१४९०० रहेको छ । 

यामाहा एक्सटिजेड १२५  को बिशेषता

४ स्ट्रोक एयर कुल्ड २ भल्भ १२४ सिसि इन्जिन क्षमता रहेको बाइकले १२ एचपि पावर तथा ११ एनम टर्क उत्पादन गर्छ । यसको साथै ११ लि फ्युल ट्यान्क क्षमता । बाइकको बजार मुल्य रु ३९९९०० रहेको छ । 

यामाहा एफजेड एफआइ को बिशेषता

। ४ स्ट्रोक एयर कुल्ड २ भल्भ १४९ सिसि इन्जिन क्षमता रहेको बाइकले ९।७ किवा पावर तथा १२।८ एनम टर्क उत्पादन गर्छ । सिंगल सिलिन्डर इन्जिन, १२ लि फ्युल टंयाक क्षमता, डिस्क र ड्रम ब्रेक, १३२ केजि तौल लगाएतका बिशेषताहरु बाइकमा पाइन्छन । बाइकको मुल्य नेपालि बजारमा रु २६७९०० रहेको छ । 

यामाहा एफजेड २५ को बिशेषता

४ स्ट्रोक एयर कुल्ड २ भल्भ २४९ सिसि इन्जिन क्षमता रहेको बाइकल २०।९ पिएस पावर तथा २० एनम टर्क उत्पादन गर्छ । यसबाहेक बाइकको तौल १४८ केजि, टयुबलेस टायर, हाइड्रोलिक डिस्क ब्रेक, मिनिमम ग्राउण्ड क्लियरेन्स १६० एमएम, डिजिटल स्पिडोमिटर लगाएतका बिशेषताहरु रहेका छन । बाइकको मुल्य नेपालि बजारमा रु ३८९,९०० रहेको छ । 

यामाहा एफजेडएस एफ आइ को बिशेषता

४ स्ट्रोक एयर कुल्ड २ भल्भ १४९ सिसि इन्जिन क्षमता रहेको बाइकल २०।९ पिएस पावर तथा २० एनम टर्क उत्पादन गर्छ । यसबाहेक बाइकको तौल १३२ केजि, टयुबलेस टायर, हाइड्रोलिक डिस्क ब्रेक, धेरै बिशषता भएको इको इन्डिकेटर लगाएतका बिशेषताहरु रहेका छन । बाइकको मुल्य नेपालि बजारमा रु २७९,९०० रहेको छ । 

यामाहा एफजेडएस एफ आइ डबल डिस्क को बिशेषता

४ स्ट्रोक एयर कुल्ड २ भल्भ १४९ सिसि इन्जिन क्षमता रहेको बाइकल २०।९ पिएस पावर तथा २० एनम टर्क उत्पादन गर्छ । यसबाहेक बाइकको तौल १३३ केजि,धेरै बिशेषता भएको इको इन्डिकेटर,उच्च ग्राउण्ड क्लियरेन्स, टयुबलेस टायर, हाइड्रोलिक डिस्क ब्रेक, धेरै बिशषता भएको इको इन्डिकेटर, पुरानो एफजेडको भन्दा १४ प्रतिशत माइलेज बढि दिने, लगाएतका बिशेषताहरु रहेका छन । बाइकको मुल्य नेपालि बजारमा रु २९२,९०० रहेको छ । 

यामाहा सलुटो को बिशेषता

४ स्ट्रोक एयर कुल्ड २ भल्भ १२५ सिसि ब्लु कोर इन्जिन क्षमता रहेको र्छ  । यसबाहेक बाइकको तौल ११३ केजि, उच्च ग्राउण्ड क्लियरेन्स, टयुबलेस टायर, डिस्क ब्रेक, ७८ किमि प्रतिघण्टा माइलेज दिने, इलेक्ट्रिक स्टार्ट लगाएतका बिशेषताहरु रहेका छन । बाइकको मुल्य नेपालि बजारमा रु १९३,९०० रहेको छ । 

यामाहा सलुटो युबिएसको बिशेषता

४ स्ट्रोक एयर कुल्ड २ भल्भ १२५ सिसि ब्लु कोर इन्जिन क्षमता रहेको र्छ  । यसबाहेक बाइकको तौल ११३ केजि, उच्च ग्राउण्ड क्लियरेन्स, टयुबलेस टायर, एबिएस सिस्टम, ७८ किमि प्रतिघण्टा माइलेज दिने, इलेक्ट्रिक स्टार्ट लगाएतका बिशेषताहरु रहेका छन । बाइकको मुल्य नेपालि बजारमा रु २०४,९०० रहेको छ । 

यामाहा एसजेड आरआर भर्सन २।०

४ स्ट्रोक एयर कुल्ड २ भल्भ १४९ सिसि इन्जिन क्षमता रहेको बाइकल १२।१ पिएस पावर तथा १२।८ एनम टर्क उत्पादन गर्छ । यसबाहेक बाइकको तौल १३४ केजि, ,उच्च ग्राउण्ड क्लियरेन्स, टयुबलेस टायर, हाइड्रोलिक डिस्क र ड्रम ब्रेक, पुरानो भर्सनको भन्दा ११ प्रतिशत माइलेज बढि दिने, फ्युल ट्यांक क्षमता १४ लि लगाएतका बिशेषताहरु रहेका छन । बाइकको मुल्य नेपालि बजारमा रु २२७,९०० रहेको छ । 

यामाहाको स्कुटरहरु

यामाहाको नेपालि बजारमा ५ वटा मोडलका स्कुटर उपलब्ध छन

फेसिनो

यसमा ४ स्ट्रोक एयर कुल्ड ११३ सिसि ब्लुकोर सिंगल इन्जिन क्षमता रहेको छ। यसबाहेक स्कुटरको  तौल १०३ केजि, थ्रिडि लोगो, टेलिस्कोपिक सस्पेन्सन भएको,साना ठुला सामानहरु राख्न सकिने ठाउँ भएको, ठिक्क हाइट भएको लगाएतका बिशेषताहरु रहेका छन । स्कुटरको मुल्य नेपालि बजारमा रु २०२९०० रहेको छ । 

रे जेड 

४ स्ट्रोक एयर कुल्ड २ भल्भ ११३ सिसि इन्जिन क्षमता रहेको स्कुटरले ७।१ पिएस पावर तथा ८।१ एनम टर्क उत्पादन गर्छ । यसबाहेक स्कुटरको तौल १०४ केजि, टयुबलेस टायर, ड्रम ब्रेक, मिनिमम ग्राउण्ड क्लियरेन्स १२८ एमएम, टेलिस्कोपिक सस्पेन्सन,कार्बन प्याटर्न मिटर डिजाइन लगाएतका बिशेषताहरु रहेका छन । स्कुटरको मुल्य नेपालि बजारमा रु १८५,९०० रहेको छ । 

रे जेडआर डिस्क 

४ स्ट्रोक एयर कुल्ड २ भल्भ ११३ सिसि ब्लु कोर इन्जिन रहेको स्कुटरले ५।३ किवा हर्स पावर तथा ८।१ एनम टर्क उत्पादन गर्छ । यसबाहेक स्कुटरको तौल १०३ केजि, टयुबलेस टायर, डिस्क ब्रेक, एनालग स्पिडोमिटर, फ्युल टयांक क्षमता ५।२ लि, कुल इन्सट्रुमेन्ट क्लस्टर भएको, चाबिको सटर लक गर्न सकिने,  मिनिमम ग्राउण्ड क्लियरेन्स १३० एमएम लगाएतका बिशेषताहरु रहेका छन । स्कुटरको मुल्य नेपालि बजारमा रु २०५,९०० रहेको छ । 

रे जेडआर ड्रम

४ स्ट्रोक एयर कुल्ड २ भल्भ ११३ सिसि ब्लु कोर इन्जिन रहेको स्कुटरले ५।३ किवा हर्स पावर तथा ८।१ एनम टर्क उत्पादन गर्छ । यसबाहेक स्कुटरको तौल १०३ केजि, टयुबलेस टायर, डिस्क ब्रेक, एनालग स्पिडोमिटर, फ्युल टयांक क्षमता ५।२ लि, कुल इन्सट्रुमेन्ट क्लस्टर भएको, चाबिको सटर लक गर्न सकिने, मिनिमम ग्राउण्ड क्लियरेन्स १३० एमएम लगाएतका बिशेषताहरु रहेका छन । स्कुटरको मुल्य नेपालि बजारमा रु १९५,९०० रहेको छ । 

फाइनान्स सुबिधा  

यामाहाले आफ्ना ग्राहकहरुलाइ फाइनान्स सुबिधा प्रदान गर्दै आएको छ। यामाहाकै हिलटप  इन्भेस्टमेन्ट प्रालि मार्फत फाइनान्स सुबिधा प्रदान गरिरहेको छ । यामाहाको कुनैपनि बाइक खरिद गर्दा बाइकको मुल्यको ५० प्रतिशत रकम डाउनपेमेन्ट गरेमा १५ प्रतिशत ब्याज र  ४० प्रतिशत नगद तिरेमा १५.५ प्रतिशत ब्याजसहितको फाइनान्स सुबिधा रहेको छ । खरिद गर्ने बेलामा तुरुन्तै फाइनान्स सुबिधा प्रदान गरिने यामाहा सेल्स म्यानेजर सुमन मास्केले बताए  । 

अफर 

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो ग्राहकहरुलाइ बाइक खरिदमा अफरहरु ल्याएको छ । यामाहाको न्यु इयर अफर अन्र्तगत “सुनौलो नयाँ बर्ष स्किममा” बाइक खरिद गर्दा ग्राहकहरुले एउटा स्क्य्राच कुपन प्राप्त गर्छन । जसमा स्योर सट ५ हजारदेखि १ लाखसम्म ग्राहकले जित्न सक्नेछन् ।  

यामाहाको अर्को अफर हरेक हप्ताको आइतबार हप्ताभरि बाइक खरिद गर्ने ग्राहकहरुमध्येबाट लक्कि ड्र मार्फत एक जना भाग्यमानि चुनिन्छ जसले ५ ग्रामको सुनको सिक्का पाउनेछन् । 

आउने आइतबारदेखि यामाहाले ग्राहकहरुलाइ एक्सचेन्ज अफर ल्याउन लागेको छ । अफर आइतबारदेखि शुक्रबारसम्म चल्नेछ । अफरमा ग्राहकले एक्सचेन्ज गर्दा आफ्नो बाइकको मुल्य बजार मुल्याङकन भन्दा १५ हजार बढिमा एक्सचेन्ज गर्न पाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved