नेपालि बजारमा हिरोको ११ बाइक, यस्ता छन् मुल्य, विशेषता र फाइनान्स

दिलिप खड्का

दिलिप खड्का

Jun 02, 2019 | 04:26:33 PM मा प्रकाशित

laxmi  sunrise bank

दुइपांग्रे सवारि साधन बर्तमान समयमा मानिसको आधारभुत आवश्यकता भइसकेको छ । एक समयमा बिलासिताको साधनको रुपमा परिभाषित गरिएको दुइपाङग्रे सवारि  साधनहरु अहिले ब्यक्तिको दैनिक यात्रा सहज बनाउने महत्वपुर्ण संयन्त्र बनेको छ ।ब्यस्त जिवनको सारथि बन्न सफल भएको छ दुइपाङग्रे सवारि साधन । कुनै पनि ठाउमा समयमै पुग्नको लागि सहज माध्ययम, आफुअनुकुलको यात्रामा हिड्न सकिने भएको कारणले पनि यो आबश्यकिय साधन भएको हो । बजारमा विभिन्न किसिमका दुइपांग्रे साधनहरु पाइन्छन्, ग्राहकहरुलाइ सहज होस् भन्ने उद्देश्यको साथ विजपाटिले हिरो जनरल मार्केटिङबाट हिरोको बाइकको बारेमा तयार गरेको एक रिर्पोट-

हिरो एच एफ डिलक्स

यसमा रहेको ४ स्ट्रोक ९७.२ सिसिको एयर कुल्ड सिंगल सिलिण्डर इन्जिनले ८.३६ पिएस पावर तथा ८.५ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा एरोडाइनामिक स्टाइलिङ, स्टाइलिस ५ स्पोक अलोय व्हिल, एम एफ ब्याट्रि, ग्राउण्ड क्लियरेन्स १६५ एमएम, टेलिस्कोपिक हाइड्रोलिक सक एब्जर्भर सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ६६ हजार ५०० रहेको छ । 

हिरो स्प्लेण्डर प्लस

यसमा रहेको ४ स्ट्रोक ९७.२ सिसिको एयर कुल्ड सिंगल सिलिण्डर इन्जिनले ८.३६ पिएस पावर तथा ८.५ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा एरोडाइनामिक स्टाइलिङ, ४ स्पिड कन्सटेन्ट मेस गेयर, एक्साइटिङ बडि ग्राफिक्स, स्टाइलिस अलोय व्हिल, ग्राउण्ड क्लियरेन्स १५९ एमएम, टेलिस्कोपिक हाइड्रोलिक सक एब्जर्भर सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ७६ हजार ५०० रहेको छ । 

हिरो प्यासन प्रो

यसमा रहेको ४ स्ट्रोक ९७.२ सिसिको एयर कुल्ड सिंगल सिलिण्डर इन्जिनले ८.३६ पिएस पावर तथा ८.५ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा स्टाइलिस ग्राफिक्स, साइड स्ट्याण्ड इन्डिकेटर, डिजिटल एनालग कम्बो मिटर कन्सोल, एरोडाइनामिक स्टाइलिङ, ४ स्पिड कन्सटेन्ट मेस गेयर, एक्साइटिङ बडि ग्राफिक्स, ६ स्पोक्स कास्ट व्हिल, ग्राउण्ड क्लियरेन्स १६५ एमएम, टेलिस्कोपिक हाइड्रोलिक सक एब्जर्भर सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ७८ हजार रहेको छ । 

हिरो स्प्लेण्डर आइ स्मार्ट

यसमा रहेको ४ स्ट्रोक ११९.१५ सिसिको एयर कुल्ड सिंगल सिलिण्डर इन्जिनले ६.७ किलोवाट पावर तथा ९ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा ट्युवलेस टायर, पिन स्ट्रिप्ड व्हिल, स्टाइलिस ग्राफिक्स, आकर्षक कन्सोल, ४ स्पिड कन्सटेन्ट मेस गेयर, एक्साइटिङ बडि ग्राफिक्स, ६ स्पोक्स कास्ट व्हिल, ग्राउण्ड क्लियरेन्स १६५ एमएम, टेलिस्कोपिक हाइड्रोलिक सक एब्जर्भर सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ६२ हजार ५०० रहेको छ । 

हिरो स्प्लेण्डर आइ स्मार्ट ११०

यसमा रहेको ४ स्ट्रोक ११९.१५ सिसिको एयर कुल्ड सिंगल सिलिण्डर इन्जिनले ६.७ किलोवाट पावर तथा ९ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा ट्युवलेस टायर, पिन स्ट्रिप्ड व्हिल, आइ ३ एस प्रविधि, स्टाइलिस ग्राफिक्स, आकर्षक कन्सोल, ४ स्पिड कन्सटेन्ट मेस गेयर, एक्साइटिङ बडि ग्राफिक्स, ६ स्पोक्स कास्ट व्हिल, ग्राउण्ड क्लियरेन्स १६५ एमएम, टेलिस्कोपिक हाइड्रोलिक सक एब्जर्भर सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ८३ हजार ५०० रहेको छ । 

हिरो सुपर स्प्लेण्डर

यसमा रहेको ४ स्ट्रोक एयर कुल्ड ११९.१५ सिसिको इन्जिनले ९ विएचपि पावर तथा १०.३५ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा ट्युवलेस टायर, पिन स्ट्रिप्ड व्हिल, आइ ३ एस प्रविधि, स्टाइलिस ग्राफिक्स, आकर्षक मिटर कन्सोल, १२५ सिसि एएस एफएस इन्जिन, ४ स्पिड कन्सटेन्ट मेस गेयर, एक्साइटिङ बडि ग्राफिक्स, ६ स्पोक्स कास्ट व्हिल, ग्राउण्ड क्लियरेन्स १५० एमएम, टेलिस्कोपिक हाइड्रोलिक सक एब्जर्भर सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ९४ हजार रहेको छ । 

हिरो न्यु ग्ल्यामर 

यसमा रहेको ४ स्ट्रोक एयर कुल्ड १२४.७ सिसिको इन्जिनले ११.४ विएचपि पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा ट्युवलेस टायर, डिस्क ब्रेक, मस्कुलर र स्पोर्टि डिजाइन, आइ ३ एस प्रविधि, आकर्षक मिटर कन्सोल, १२५ सिसि एएस एफएस इन्जिन, ४ स्पिड कन्सटेन्ट मेस गेयर, एक्साइटिङ बडि ग्राफिक्स, ६ स्पोक्स कास्ट व्हिल, ग्राउण्ड क्लियरेन्स १५९ एमएम, टेलिस्कोपिक हाइड्रोलिक सक एब्जर्भर सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ९३ हजार देखि १ लाख ९८ हजार ५ सय रहेको छ । 

हिरो एचिभर 

यसमा रहेको ४ स्ट्रोक एयर कुल्ड १४९.१ सिसिको इन्जिनले १३.४ विएचपि पावर तथा १२.८० एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा ट्युवलेस टायर, डिस्क ब्रेक, मस्कुलर फ्युल टयांक , आइ ३ एस प्रविधि, आकर्षक मिटर कन्सोल, ५ स्पिड कन्सटेन्ट मेस गेयर, एक्साइटिङ बडि ग्राफिक्स, अलोय व्हिल, ग्राउण्ड क्लियरेन्स १६० एमएम, टेलिस्कोपिक हाइड्रोलिक सक एब्जर्भर सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु १ लाख ९३ हजार देखि २ लाख २६ हजार रहेको छ । 

हिरो एक्ट्रिम स्पोर्टस् 

यसमा रहेको ४ स्ट्रोक एयर कुल्ड १४९.२ सिसिको इन्जिनले १५.८  पिएस पावर तथा १३.५० एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा ट्युवलेस टायर, डिस्क ब्रेक, वल्फ पावर हेडलाइट, स्ट्रिट फाइटर लुक्स, मस्कुलर फ्युल टयांक , आइ ३ एस प्रविधि, आकर्षक मिटर कन्सोल, ५ स्पिड कन्सटेन्ट मेस गेयर, एक्साइटिङ बडि ग्राफिक्स, अलोय व्हिल, ग्राउण्ड क्लियरेन्स १६३ एमएम, टेलिस्कोपिक हाइड्रोलिक टाइप सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु २ लाख ३७ हजार देखि २ लाख ५१ हजार रहेको छ । 

हिरो एक्ट्रिम २०० आर 

यसमा रहेको ४ स्ट्रोक एयर कुल्ड २ भल्भ १९९.६ सिसिको इन्जिनले १८.४ पिएस पावर तथा १७.१ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा डिजिटल डिसि सिडिआइ इग्निसन, ट्युवलेस टायर, डिस्क ब्रेक, वल्फ पावर हेडलाइट, स्ट्रिट फाइटर लुक्स, मस्कुलर फ्युल टयांक, आकर्षक मिटर कन्सोल, ५ स्पिड कन्सटेन्ट मेस गेयर, ग्राउण्ड क्लियरेन्स १६५ एमएम, टेलिस्कोपिक हाइड्रोलिक टाइप साथमा एट्रिफिक्सन बस सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु २ लाख ९५ हजार ५ सय रहेको छ । 

हिरो करिज्मा जेएमआर

यसमा रहेको ४ स्ट्रोक एयर कुल्ड २२३ सिसिको इन्जिनले २०.२६ पिएस पावर तथा १९.७ एनएम टर्क जेनेरेट गर्छ । यसको अलवा बाइकमा डबल डाइनामिक हेडलाइट, ट्युवलेस टायर, डिस्क ब्रेक, मस्कुलर फ्युल टयांक , मल्टि फंसनल डिजिटल मिटर कन्सोल, टेलिस्कोपिक हाइड्रोलिक सक एब्जर्भर सस्पेन्सन लगाएतको बिशेषता स्कुटरमा रहेको छ । यसको मुल्य नेपालि बजारमा रु ३ लाख २३ हजार रहेको छ । 

फाइनान्स

हिरोको बाइक खरिद गर्दा कम्पनिले ग्राहकहरुलाइ फाइनान्स सुविधा दिदै आएको छ । हिरोको आफ्नै फाइनान्स नेपाल जनरल मार्के्टिङ मार्फत फाइनान्स गर्दै आएको छ । हिरोको बाइक खरिद गर्दा ग्राहकहरुले ० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् जसको ५० प्रतिशत रकम ९ महिनाभित्रमा तिरिसक्नुपर्नेछ १६ प्रतिशत ब्याजसहित । ९ महिना पछि बाकि ५० प्रतिशत रकमको किस्तासहित १६ प्रतिशत ब्याज १५ महिनाभित्र तिर्नुपर्नेछ । हिरोको बाइक खरिद गर्दा अन्य फाइनान्स सुविधामा भने ५० प्रतिशत सम्म डाउनपेमेन्ट गरेर खरिद गर्न सकिनेछ जसको अवधि २ बर्षको हुन्छ । २ बर्षसम्म ग्राहकहरुले १६ प्रतिशत ब्याजसहित किस्ता तिर्नुपर्नेछ ।

अफर

हिरोको ग्राहकहरुलाइ कम्पनिले विभिन्न किसिमको अफरहरु ल्याएको छ । ० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सक्ने। ग्राहकले बाइक खरिद गर्दा ४हजार देखि रु १ लाखसम्मको छुट कुपन स्क्रयाच गरेर प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले हरेक १५ दिनमा हुने लक्की ड्र मार्फत रु १ लाख जित्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved