जनउत्थानले उकाशिएकी लिलामाया विक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 02:31:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सपना सुनाम

महिलाको जिवनलाई नजिकवाट नियालेर हेर्ने हो भने उनिहरुको रुप एक र स्वरुप अनेक हुन्छन । जिम्मेवारीका हिसावले पारिवारिक रुपमा उनिहरुलाई ठुलै हिस्सा परेको हुन्छ । पारिवारिक जिम्मेवारी बोकेर जिवनका धेरै समस्या झेल्दै आफनो जिवनको गोरेटोलाई फराकिलो वनाउने संर्घषशिल महिलाहरु मध्ये लिलामाया विक पनि एक हुन । मायाप्रेम गर्नेहरुका लागि भौगोलिक दुरताले नछेक्दो रैछ तसर्थ खुसीसंग वाच्नका लागि जिवनको सहयात्रीका रुपमा उनले भारतिय नागरिक रोजिन ।

नवलपरासीको रजहर गाविस वडा न ७ वस्ने लिलामाया विक र भारतिय नागरिक भएतापनि नेपालमै वसोवास गर्दै आएका कमलेस जैसवाल संग उनको २०६२ सालमा विहे भयो । विवहा पछि ३ सन्तानकी आमा वनेकी उनलाई छोराछोरी पाल्ने र पढाउने वोझले कमजोर वनाउन थाल्यो । हाटवजारमा मसला वेच्ने उनका श्रीमानको कमाईले हात मुख जोर्ने सिवाय अरु केही भएन । व्यापारीसंग विहे गरेपछि राम्रै होला भन्ने सोचेकी लिलामायाको सपना भनेजस्तो भएन । 

बैंकबाट कर्जा निकालेर व्यापार वढाउ भन्नका लागि उनिसंग जग्गाजमिन पनि थिएन । भाडामा वसेर आफना तिन सन्तानको सुरसार गर्दै आएकी उनलाई व्यापार वढाउने निकै ठुलो रहर थियो । म कुनै पनि तरिकावाट माथि उठन नसकेको वेला जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय रजहर अन्र्तगत समुहमा आवद्ध भई समुह जमानिमा कर्जा निकाल्ने अवसर पाए । 

“आर्थिक अवस्था कमजोर भएका बैंक तथा वित्तीय संस्थाको पहँुचमा पुग्ने अवस्था नभएका र केही गर्छु भन्नेका लागि जनउत्थान लघुवित्तले कर्जा प्रदान गर्छ भनेर सुने र आवद्ध भए सोही दिनमै मेरो भाग्य खुलेको रैछ” लिलामाया भन्छिन् । 



२०७३ सालमा जनउन्थानमा आवद्ध भएपछि उनले हप्तामा सातै वार हाटवजार लाग्ने भएको हुँदा  आफुले पनि कपडा वेच्न सुरु गरिन । उनका श्रीमानले मसलाको व्यापार गर्न थाले । ‘‘यो सस्थाबाट मैले सुरुमा ५० हजार लिएर व्यापर सुरु गरे अहिले मैले महिनामा ३० हजार कमाउछु श्रीमानले ४० हजार कमाउनु हुन्छ’’ उनले भनिन् । ‘‘अहिले व्यापार राम्रोछ, पाच महिना अगाडी मेरो नाममा ८ धुर जग्गा समेत किनेकी छु अव घर वनाई वस्ने हो’’ उनले खुशी हुँदै भनिन् । 

महिलाले लघुवित्तको महत्व बुझदैनन् र कर्जा निकालेर दुरुपयोग गर्दछन भनेर भन्नेहरुका लागि उनि उदाहरण बनेकी छन । ‘‘मेरो मनमा आँट थियो जनउत्थानले साथ दियो इमान्दारिताका साथ काम गरेकी छु’’ उनले भनिन् । नारीले पनि लघुवित्तको अर्थ बुझेपछि मात्रैस्वाधिन अर्थतन्त्रका लागि समावेशी वित्तिय प्रणालीको निमार्ण हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved