तीजका गीतः ‘अष्ट्रेलिया काण्ड’देखि ‘पिशाव लाग्यो’सम्म

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 30, 2019 | 02:53:53 PM मा प्रकाशित

laxmi  sunrise bank

हरेक वर्ष तीज आउँछ । तीजसँगै नारिहरुका पीडा, सुख, दुखका वियोगान्त भाकाहरु गुञ्जिन्छन् । एक समय थियो, महिलाहरुले माईतीसँग वियोग पोख्ने । तर गाईजात्रामा राजनीतिक नेतृत्व र नेताहरुलाई गिज्याउने क्रम सुरु भएपछि तीजका भाकामा पनि सरकारप्रतिका वितृष्णा र कुण्ठा पोखिन थालेका छन् । तर यो क्रम सुरु भएको धेरै भएको छैन । 

विवाहित महिलाहरुले घर धान्ने क्रममा भोग्नु परेको पीडा माईतका बा, आमा र दाजुभाई समक्ष पोख्ने खालका गीत आउन ठ्याक्कै रोकियो, जब गायीका कोमल वलीको ‘पोईला जान पाम’बोलको तीज गीत आयो । त्यसपछि महिला अधिकारका बारेमा गीत बन्न थाले । वली अहिले राष्ट्रिय सभाको सदस्य छिन् । तर अहिले अधिकारका कुरा समेटिएका गीत सायदै सुनिन्छन् ।

विगत वर्षमा जस्तै यसवर्ष पनि तीज लक्षित गीतहरु बजारमा छन् । डिजिटल बजारमा सिँधै प्रवेश गर्ने भएकाले इन्टरनेटको पहुँचमा हुनेले प्रकाशित भएको केही मिनेटमै गीत हेर्न र सुन्न पाउँछ । यसवर्षका तीज गीतको आगमनको सुरुवातमा मोडल तथा गायक दुर्गेश थापाको ‘बीच्च बीच्चमा’ गीतले निकै चर्चा पायो । मूलतः उनी लोक पप गीत गाउँछन् । यसवर्षको तीजमा उनले तीज दिदीबहिनी मात्रै नाच्ने चाड जस्तो भएकाले आफूहरुपनि बीच्च बीच्चमा घुसेर नाँच्ने भन्दै गत गाए । 

‘दिदी बहिनीमात्र नाच्छन् जहिले पनि तीजमा, हामी पनि नाच्नु पर्छ बीचबीचमा’ उनको यो थेगोको गीत अहिले हिट छ । यो त दिदीबहिनी मात्रै नाँच्ने चाडका रुपमा रहेको तीजलाई महिला पुरुष दुवैको चाड बनाउनुपर्छ भन्ने भावनाबाटै आएको होला भन्ने आँकलन गरिएको छ । 

विभिन्न विसंगति र विकृतिप्रति तिखा शब्दले प्रहार गर्ने लोक गायक हुन पशुपति शर्मा । उनको लय शब्दमा यसवर्ष करिब महिना दिन अघि बजारमा आएको गीत हो  ‘अष्ट्रेलिया काण्ड’ । यसमा सम्झना भण्डारी र पशुपति स्वयंको स्वर छ । यो गीतमा अष्ट्रेलिया पुगेपछि केटाले धोका दिएको कुरालाई प्रस्तुत गरिएको छ । पशुपतिका यसवर्ष बजारमा आएका तीज गीत ‘सुहायो चौपट्टै’ ‘बैमानीले ढाँट्यो’ दुवै गीत सफल छन् । 

गायीका शान्ती श्री परियारको तीज गीत अन्य गीतको तुलनामा महिलावादी देखिन्छ । ‘फूलमती र चनमती’ बोलको गीतमा ज्ञानु परियारले शान्तीश्रीलाई साथ दिएकी छिन् । नेपालमा चेलीहरु असुरक्षित रहेको, यसले मनमा निकै पीर परेका कारण तीजमा पनि नाँच्न मन नलागेको कुरा यो गीतमा समावेश गरिउको छ । जातीय विभेद, दाइजो प्रथा र बलात्कार जस्ता अपराधले चेलीहरु असुरक्षित महशुस गर्न बाध्य भएको कुरालाई चित्रण गरिएको छ । 

बाह्रै महिना विवादित रहने गायीका ज्योति मगरको तीज गीत यसवर्ष पनि विवादित बन्यो । उनको गीत हो ‘पिसाब लाग्यो ।’ यो गीतमा मिश्रीत टिप्प्णी आएको छ । कतिले यसलाई चेतना दिने गीत भनेका छन् भने स्वभाविक तर समाजले पचाउन नसक्ने शब्द मिसाएर गीत गाएको भन्दै ज्योतिको आलोचना गरेका छन् । 

तिलक वली र ज्योतिले गाएको यो गीतमा ज्योतिले गाडी चढ्दा पिशाव लगेको र गाडी रोक्न सहचालकलाई अनुरोध गर्छिन । तर सहचालक र चालकले जथाभावी दिशा पिशाव गर्न नहुने भन्दै सौचालय आउनासाथ गाडी रोक्ने भनेका छन् । शब्द लेखनको शिलशिलामा जस्तो मानसिकता राखेर लेखेको भएपनि यो गीतले दुई अर्थ दिएको आलोचकको टिप्पणी छ । ‘झाडी आनासाथ ब्रेक लगा’ भन्नुले गीत अपाच्य भएको एक थरीको बुझाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved