आमा बचाउन 'बेश्या' बनेका एक पुरुषको कथा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 28, 2019 | 12:12:57 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको ब्यस्त बजार, ठमेल । जहा दिनभरी भौतिक सामग्रीको मोलमोलाई हुन्छ र रातपरेपछि रङ्गिन दुनियाँ सुरु हुन्छ । हुन त ठमेललाई धेरै नजर लगाईएको कारण सो क्षेत्रमा हुने यौन लिला छरपस्ट छ । ठमेल जस्तै कलंकी, नयाँ बसपार्क, गौशाला, रत्नपार्कमा पनि साँझ पर्नासाथ यौनकर्मीको ओहोरदोहोर बाक्लिन्छ । 

सडकको किनारदेखि स्टार होटलसम्म यौनकर्मी हुन्छन् । नेपालमा ‘यौन’ भन्ने वित्तिक्कै समाजले स्वीकार गर्दैन । विश्वका विकसित देशहरुमा यो मामिला सामान्य भएपनि नेपाली समाजले अझै यसलाई पचाउन सकेको छैन । 

बेश्या पुरुष

यौनकर्मी महिलालाई समाजले ‘बेश्या आइमाई’ भन्छ । गाउँघर तिर त अझ नचिनेको पुरुषसँग बोलेकै भरमा समेत महिलालाई यो आरोप लगाईन्छ । तर अचेल ‘बेश्या लोग्ने मान्छे’ पनि कम छैनन् ।

राजधानीमा बेश्या पुरुषको सबैभन्दा उत्तम गन्तव्य ठमेल हो । धनाढ्य महिलालाई यौन सन्तुष्टि दिलाएवापत पुरुष यौनकर्मीले पैसा कमाउँछन् । धेरैले बाध्यताले यो पेशा अँगालेका छन् भने कोहीले रहरमा । 

हरि (नाम परिवर्तन) को पनि ५ वर्षदेखिको पेशा यही हो । त्यतिबेला उनी यो पेशामा सम्भवतः ठमेल बजार भरीमा एक्लै थिए । तर अहिले हजारौ भइसकेका छन् । उनी सम्झिन्छन्, ‘पाँच वर्षमा यति धेरै परिवर्तन भयो ।’ उनलाई एक्लै यो पेशामा छु भन्ने किन लाग्यो भने, महिला यौनकर्मी जसरी पुरुष खुल्दैनन् । अहिले केही खुल्ने क्रम बढेको छ । 

हरिको कुनै मसाज सेन्टर, होटल केही पनि छैन । तर उनी परिचित ‘बेश्या पुरुष’ हुन् । उनका ग्राहकले उनलाई खोज्दै आउँछन् । आफूलाई खोज्दै आएका महिलालाई यौन आनन्द दिलाउँछन् र पैसा लिन्छन् ।

हरि एउटा बारमा काम गर्थे, ड्राईभर । उनको काम बार बन्द भएपछि जान नसकेका ग्राहकलाई छोडिदिने थियो । ग्राहकले जुन ड्राइभरसँग जान खोज्छ उसैलाई बारले जिम्मा दिन्थ्यो । पुर्याएर फर्किनु पथ्र्यो । उनी त्यतिबेला १९ वर्षका मात्रै थिए । 

करिब ५ वर्षअघि उनी त्यसैगरि नशामा डुबेकी एक महिलालाई पुर्याउन गए । उनको घरसम्म पुर्याएपछि ती महिलाले उनलाई ‘आजसँगै बसौ’ भनिन । तर हरि डराए, मानेनन् । नशामा डुबेकी महिलाले छोड्दै छोडिनन् । हरि सम्झिन्छन्, ‘त कति कमाउँछस् ? तेरो महिनाको कमाई बराबर एक रातको दिन्छु’ यसै भनेकी थिईन ती महिलाले । 

उनी झसङ्ग भए । सोचे यो गलत काम हो, मैले गर्नु हुँदैन । तर पाठेघरकी रोगी आमाको उपचारका लागि पैसा कमाउन राजधानी झिरेका उनी महिनाको ११ हजारमा गाडी चलाउँथे । 

ती महिलाले दराज खोलेर पैसाको बिटो झिकेर देखाईन । हरिलाई तानेर आफू भएतिरै पल्टाईन । हो यसरी सुरु भएको थियो हरिको यौन व्यवसाय । 

उनी त्यो रातसँगै बसे । बिहान ३५ हजार लिएर फर्किए । त्यसपछि ती महिलाको नियमित ग्राहक बने । दिनदिनै ती महिलालाई पुर्याउने र रातभरी उनको यौन चाहाना पूरा गर्ने हरिको दिनचर्या बन्यो । पछिपछि तीनै महिलाले अरु पनि साथी खोजिदिईन । 

अहिले हरि रातमा मात्रै होईन, कन्ट्याकमा दिउँसो पनि महिलाहरुको यौन चाहाना पूरा गर्छन् । हरिलाई सुरुमा पुरुषले पनि यस्तो काम गरेर आम्दानी गर्छन् भन्ने लागेको थिएन । ‘तर आम्दानी हुँदो रहेछ’ उनी भन्छन् । धादिङ घर भएका हरिले यस्तो काम सुरु गरेको १ महिनामा बारको गाडी चलाउन छोडे । यसैमा पैसा देखे, यसैमा लागे । 

‘अरु साथीहरु किन लागे म भन्न सक्दिन, तर म अभावमा थिएँ’ उनी भन्छन्, ‘अहिले पीडा लाग्छ ।’ मैले हतारमा सोधेँ, ‘किन पीडा चाँही ?’ हरिले गहभरी आँशु पार्दै भने, ‘अरुबेला भेट भएको भएँ मेरो शरीर म तपाईलाई देखाउँथे, अहिले त एक किसिमको ड्युटी जस्तै हो ।’ मैले उनको कुरा बुझ्न सकिन, फेरि सोधेँ, ‘के छ र शरीरमा ?’ उनले भने, ‘पैसा धेरै भएका, सिँगार पटार गरेका आईमाइसँग जानुपर्छ, नाङ्गै हुँदा टोक्ने, चिथोर्ने गर्छन्, घाउ नभएको कही छैन, वियर खाएर सेक्स गर्न लगाउँछन्, औषधी खुवाउँछन् ।’ यति नसक्दै उनले भने, ‘तपाई त दाइ जस्तो लागेर भनेको, यस्तै पेशा गर्ने सर्कल बाहेकका कसैले हामीलाई चिन्दैन, अब त म पनि नाम नै फेरेर केही व्यवसाय गर्छु ।’ 

केही फरक खालको व्यवसाय गर्न उनलाई पैसाको अभाव छैन । तर काठमाडौँ भित्र व्यवसाय गर्दा कुनै दिन आफूले सन्तुष्ट बनाएका महिला र सर्कलका साथीहरु भेट हुन्छ कि भन्ने पीर छ उनलाई । थानकोटमा ६ आना जग्गा पनि किनेका छन् रे । बिहे गरेका छैनन् । सोही क्षेत्रमा केही व्यापार गर्ने योजना बनाउँछन्, फेरि यो लामो समय दिएको तर आत्मसन्तुष्ट हुन नसकेको देह व्यापार सम्झन्छन्, अनी निर्णय गर्नै सक्दैनन् । 

उनी बिरह पोखिरहेका थिए । म पनि केटा मान्छेको भएको कारण उनले खासै कुरा लुकाउन सकेनन् । मलाई जान्नु धेरै थियो, त्यसैले उनको कुरालाई रोकेर मैले सोधेँ, ‘तपाईका ग्राहक चाँही कस्ता कस्ता हुन्छन् ?’ हरिले भने, ‘अविबाहित हुँदैनन्, सबै विबाहित नै हुन्छन् ।’ मैले उमेर सोधे । उनले फेरि भने, ‘अविबाहित आउँदैनन्, सबै विबाहित नै आउने हुन्, उमेर त अब ३० देखि ४० सम्मका जस्ता हुन्छन्, आउनेलाई तँ कति वर्षकी होस् भनेर सोध्न भएन ।’ 

उनले भने अनुसार पति विदेशमा गएर धेरै पैसा कमाउने अत्याधिक आउँछन् । ‘योभन्दा पनि बढी लाहुरेका बुढी र छोरीहरु आउछन् ।’ ‘छोरी कसरी भन्नुहोला फेरि छोरीको बिहे लाउरेसँगै गराईदिएका हुन्छन्, अनि ती पनि लाउरिनी भईहाले नि, हाहाहाहा....’ हरिले गजबको मिठो हाँसो हासे । रातको २० हजारभन्दा कम उनको गोजीमा पर्दैैन ।

रातको करिब १२ः३० बजेको थियो । उनले ‘दाई अबदेखि मलाई यसरी बोल्न बाध्य नबाउनु है, दाई सम्झेर धेरै कुरा भने, माथि मेरो खोजी भईरहेको होला, म तपाईलाई ट्याक्सीसम्म छोडिदिन्छु बस्नोस्’ उनले बुलेट बाइक स्टार्ट गरे । म उनको पछाडी बसे । उनले मलाई कर्मचारी सञ्चय कोष अगाडी रोकिदिए र दर्बिलो हाल मिलाउँदै ‘ल है दाई जानु ल’ भने । 

मैले एउटा कुरा भनौँ भन्दा उनी अलिक झर्किएको जसरी ‘छिटो भन्नु’ भने । ‘तपाई जस्तै यस्तो पेशामा लागेका छोरा मान्छेलाई आइमाइलाई बेश्या भने जस्तै बेश्या पुरुष भन्छन् कि भन्दैनन् ?’ ‘उनले थाहा पाउनेले भनिहाल्छन् नि’ भन्ने छोटो जवाफ दिए । मैले ओके बाई भने, उनले पनि हात हल्लाउँदै बाई भने । त्यसपछि उनी आफ्नो कर्मथलो तिरै हुइकिए ।

कति होलान यौनकर्मी ?

सन् २०१० मा पहिलोपटक यौनकर्मीरुरूको तथ्यांक संकलन गरिएको थियो । वि.सं. २०७३ भदौदेखि मंसिरसम्म गरिएको अध्ययनमा २४ हजारको हाराहारीमा तेस्रोलिंगी, २० हजार ६२५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिंगी पुरुष रहेको आँकलन छ ।

उनीहरु कतै न कतैबाट यौन व्यवसायमै संलग्न रहेको अनुमान गरिन्छ । महिला र पुरुष गरेर ३ लाखको हाराहारीमा यौनकर्मी छन् भन्ने अपरिष्कृत तथ्यांक छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved