फड्को मार्दै स्वस्तिक कलेज: पढाई र काम संगसंगै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2019 | 01:00:02 PM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुर जिल्लाको मध्यपुर ठिमीमा रहेको स्वस्तिक कलेज सन् २०१३ मा स्थापना भएको हो । नेपालमै बिएस्सी सीएसआईटीको गुणस्तरीय डिग्री प्रदान गर्ने उदेश्यका साथसुरु भएको यो कलेज आइटी बिषयको अध्ययन र काम सँगसँगै गर्न चाहनेको लागि सहि छनौट हुनसक्छ ।

स्वस्तिक कलेजमा सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको नेपाली आइटी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको समेत लगानी छ । यस सहकार्यले कलेजका विद्यार्थीलाई अध्ययनसंगै ट्रेनिङको अवसर जुटाउने र अध्ययन पश्चात् रोजगारीको सुनिश्चितता समेत गरेको छ ।  

बिजनेस प्रोफाइल
-सन् २०१३ देखि सञ्चालित
-अनुभवी शिक्षक 
-एफवान सफ्टबाट र ईसेवामा नियमित प्रोफशनल ट्रेनिङ
-अध्ययनसँगै तालिम र फ्रिल्यान्सिङको अवसर 
-शतप्रतिशत रोजगारी 
-कोर्सः बीसीए, बीएस्सी, सीएसआइटी
-विद्यार्थी कोटाः प्रत्येक कोर्समा ३६÷३६ जना

कलेजले बीसीए र बीएस्सी सीएसआइटीका विद्यार्थीलाई एफवान सफ्टमा सबै सेमेस्टरमा प्रोफेसनल आइटी ट्रेनिङ गराउँछ । हरेक सेमस्टरमा विद्यार्थीलाई इन्टर्नसिप गराएर दक्ष गराईन्छ । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा बीसीएमा कोर्समा ३६ र बीएस्सी सीएसआइटीमा ३६ गरी ७२ जनाको कोटा छ । कलेजमा अहिले भर्नाका लागि फर्म वितरण सुरू भएको छ । अनुभवी शिक्षक तथा एफवान सफ्टबाट नियमित प्रोफशनल ट्रेनिङ हुने भएकाले दक्ष जनशक्ति सफलता मिल्ने कलेजको अपेक्षा छ । 

प्रिन्सिपल युवराज सिवाकोटी

आइटीसँग सम्बन्धित पढाइ हुने स्वस्तिक कलेजबाट उत्पादन हुने विद्यार्थीले एफवान सफ्ट तथा इसेवा लगायतका भगिनी संस्थामा रोजगारी प्राप्त गर्नेछन् । एफवान सफ्टको सहकार्यले बिद्यार्थीलाई व्यावहारिक ज्ञान र रोजगारीको जुटाएको छ ।  अध्ययन गर्दागर्दै प्रत्येक सेमस्टरमा प्रोफेसनल आइटी ट्रेनिङ हुने भएकाले विद्यार्थीको सुरक्षित भविष्यको सुनिश्चितता छ ।  

विभिन्न विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाली कलेजहरुको भीडमा आफ्नो बिल्कुलै फरक र उच्च छवि बनाउन यो सहकार्यले ठूलो भूमिका खेलेको छ । स्वस्तिक कलेजले अहिले दुईवटा विषयमा स्नातक तहमा अध्यापन गराउँदै आएको छ । स्वस्तिक कलेजको उत्पादन अहिले देशका राम्रा आइटी कम्पनीमा कार्यरत छन् । दर्जनौं विद्यार्थीले आफ्नै आईटी कम्पनी सञ्चालन गरिरहेका छन् ।  कलेजले सिलिकन भ्यालीकै गुणस्तर कायम हुने गरी अध्यापन गराउँदै आएको छ । विद्याथी स्नातक सक्दै गर्दा हातमा सर्टिफिकेट मात्रै नभई साथमा सीप समेत हुनेछ । 

विद्यार्थीले पढ्दै गर्दा इन्टर्नसिपको पनि अवसर पाउँछन् । कोर्समा आठौं सेमेंस्टरमा इन्टर्नसिपको व्यवस्था भएपनि स्वस्तिक कलेजका विद्यार्थीले प्रत्येक सेमेंस्टरमा इन्टर्नसिपको अवसर पाउँछन् । स्वस्तिक कलेजबाट अध्ययन सकेर निस्किँदा विद्यार्थीसंग अनुभव पनि हुन्छ । २०१९ को इन्टेकदेखि नै विद्यार्थीले एफवान सफ्टमा ट्रेनिङको अवसर पाउनेछन् । 

अन्य कलेजको तुलनामा स्वस्तिक कलेजमा शुल्कसमेत सस्तो छ । बिएससी सीएसआइटी पढ्ने विद्यार्थीले यदि कुनै छात्रवृत्ति पाएन भने पनि उसले तिर्नुपर्ने शुल्क मात्र ६ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रत्येक सेमेस्टरमा विशिष्ट श्रेणी ल्याउनेलाई छात्रवृत्तिको व्यवस्था छ । यस आधारमा स्वस्तिक कलेजमा स्नातक तह निःशुल्क पढ्ने अवसर समेत छ । विशिष्ट श्रेणी ल्याउने क्षमता भएका विद्यार्थीलाई स्वस्तिक कलेजमा अध्ययन गर्न पैसा बाधक हुनेछैन । 

स्वस्तिक कलेजमा पढाउने अधिकांश शिक्षकहरुको आइटी कम्पनी छन् । विद्यार्थीले पढ्दै गर्दा पनि फ्रील्यान्सर भएर कामको अनुभवसमेत लिन सक्छन् ।

कसका लागि आइटी बिषय ?

गणित तथा अंक र कम्प्युटरमा रुचि राख्ने र आइटीसँग जोडिएका क्षेत्रमा नै आफ्नो करियर खो्रज्नेका लागिमात्र आइटी सही विषय हो ।   एफवान सफ्टसँगको सहकार्यले विद्यार्थीलाई ट्रेनिङसँगै रोजगारीको सुनिश्चितता गरेको छ । यस सहकार्यले एफवान सफ्ट लगायतका आइटी कम्पनीलाई आवश्यक पर्ने दक्ष जनशक्ति पनि उत्पादन हुने र विद्यार्थीलाई पनि रोजगारीको प्रत्याभुति पनि हुने अवस्था बनेको छ । 

-बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved