बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




मोहम्मद अज्मत अलि     Oct 06, 2019 | 10:28:39 PM



कुनै बेला ढड्डा, लेजर, र मुख्य कार्यालयमा सिमित नेपालको बैंकिंङ प्रविधिको विकासक्रसंगै फिनटेक अर्थात मोबाइलमा इन्टरनेटको माध्यमबाट हुने बैंकिंङको युगमा आइपुगेको छ। बैंकले खाता नम्बर दिनथालेपछिको युगलाई नै बैंकिङमा प्रविधि भित्रिएको मान्न सकिने भएपनि नेपालको बैंकिंङमा फिनटेकको प्रवेश भएको धेरै भएको छैन।  

आज भन्दा करिब १७ बर्षअघि सन २००२ मा कुमारी बैंकले पहिलो पटक इन्टरनेट बैंकिंङ प्रयोग गरेको मितिलाई नै नेपालको बैंकिंगमा इन्टरनेट  प्रविधिको प्रवेश भएको मान्न सकिने एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा बताउछन।   

इन्टरनेट बैंकिंङ प्रयोगको करिब ६ बर्षको अन्तरालमा नै नेपालका बैंकिङ प्रविधिकरण अर्थात डिजिटलाईज्डमा प्रवेश गरेको अध्ययनले देखाएको छ। सन २००८ मा नबिल बैंकले नेप्सिस सफ्टवेयर मार्फत कोर बैंकिंङ गर्न थालेसंगै नेपालको बैंकिंङमा प्रविधिको प्रवेश भएको मान्न सकिने शर्माको भनाई छ। 

नबिल बैंकले आफ्नो कोर बैंकिंङमा प्रयोग गरेको नेप्सिस अर्थात आजको पुमरी सफ्टवेयर अन्य बैंकले प्रयोग गर्न थालेसंगै बैंकिंङ शैलीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ। तर बैंकहरुले आफ्नो कोर सिस्टममा प्रयोग गरेको पुमरी, फिनाकल लगायतक सफ्टवेयर तथा एटिएमको प्रयोगलाई समेत फिनटेक मान्न नसकिने शर्मा बताउँछन। 

जब इन्टरनेटमा मोबाइल जोडियो र बैंकले दिने केहि सेवा मोबाइलबाट नै हुन थाल्यो त्यसलाई नै नेपालमा फिनटेकको सुरुवात भएको मान्न सकिन्छ। बैंकले गर्ने आधारभूत काम मोबाइल र इन्टरनेटको प्रयोगबाट सहजै, छिट्टो हुने युगलाई नै फिनटेक भन्न मिल्ने शर्मा बताउँछन। 

सन २००८ मा स्मार्ट फोन र इन्टरनेट आएसंगै नेपालमा फिनटेक को अवधारणा सुरु भएको हो। करिब १० बर्षअघि सन् २००९ मा नेपालको बजारमा इसेवाको प्रवेश भयो। यसलाई नेपालमा फिनटेक युगको प्रस्थानबिन्दु मान्न सकिने एफवान सफ्टका सीईओ शर्माको दाबी छ। इसेवाको प्रवेशसंगै लक्ष्मी बैंकले सन २००९ मा मोबाइल मनी सेवा थाल्यो। यहि बिन्दुलाई बैंकिङमा फिनटेकको प्रवेश मान्न सकिन्छ। लगत्तै कुमारी बैंकले सन २०१० मा मोबाइल क्यासु सेवा सुरु गर्यो। 

फिनटेक र बैंकबीच द्वन्द्व

बैंकलाई सामान्यतया पैसा राख्ने, साट्ने र ऋण दिने सँस्थाको रुपमा लिइन्छ। बैंकमा आजपनि हस्ताक्षरलाई सम्पति सुरक्षाको आधारको रुपमा लिइन्छ। तर हस्ताक्षर कति सुरक्षित हुन्छ भनेर सोध्ने हो भने त्यसको उत्तर सहज छैन। 

बैंकले गर्ने आधारभूत काम उहिनै भएपनि बैंकिंङ गर्ने सहज प्रविधिको खोजिले नै फिनटेकको जन्म भएको एफवान सफ्टका सीईओ शर्मा बताउँछन। उनि भन्छन, बिकसित मुलुकमा बैंकले गर्ने तीनवटा कामका लागि बैंकनै जान छाडे,हामि पनि इन्टरनेटको क्रान्तिपछिको बैंकिंग गर्ने नयाँ तरिका खोजिरहेका थियौं र छौँ पनि, यसका लागि के के प्रविधि प्रयोग गर्न सक्छौं भनेर जे प्रयोग भईरहेको छ त्यो नै फिनटेक हो।

उनि भन्छन, बैंकले आफ्नो आधारभुत काम आफैं गर्नुपर्छ, तर बैंकले गर्ने आधारभुत कामलाई कसरि अटोमेटेड, सहज, छिट्टो र गुणस्तरीय बनाउने भन्ने काम प्रविधिले गर्ने हो। त्यसैले बैंकिंङ र फिनटेकबीचको सहकार्य नै बैंकिंङको नयाँ रुप हो।

फिनटेकको ११ बर्षे यात्रा 

नेपालमा मात्र नभई बिश्वमा नै फिनटेकलाई नयाँ प्रविधि मान्न सकिन्छ। नेपालमा सन २००८ मा इसेवाको स्थापनासंगै  फिनटेकको सुरुवात भए पनि छिमेकी देश भारतमा सन २०१५ मा मात्र यसको प्रवेश भएको देखिन्छ। त्यसैले पनि इसेवा अर्थात् फिनटेक प्रविधि भित्र्याउनेमा नेपाल दक्षिण एसियाकै पहिलो मुलुक हो। 

जब भारतले सन २०१५ मा फिनटेक प्रविधिलाई भित्र्याउदै थियो, त्यो बेला नेपालका फाइनान्स कम्पनीले समेत फिनटेक प्रविधि अपनाईसकेका थिए। हामीले सन २००९ मा फिनटेक सुरुवात गर्दै गर्दा भारतले सन २०१५ मा आएर मात्र मोबाइल बैंकिंङको सुरुवात् गरेको हो।

तर आजको दिनमा पनि फिनटेक भुक्तानी कै वरिपरी घुमिरहेकाले अब फिनटेक मा एक कदम अपग्रेड हुनु पर्ने समय आएको सीईओ शर्मा बताउँछन। फिनटेक भनेको भुक्तानी प्रणाली वा माध्यम मात्र होइन, यसका कयौं रुप छन। अब हामि अर्को स्वरूपमा प्रवेशको चरणमा छौुं शर्माले भने, भुक्तानीबाट अपग्रेड भएर अहिले बल्ल विस्तारै बैंकबाट ऋण लिन समेत मोवाइलबाट आबेदन दिन मिल्ने हुदै छ।

बैंकिंङमा प्रविधिको अर्थात फिनटेकको दोस्रो चरण

तर फिनटेकलाई यत्तिमा सिमित राख्न सकिदैन। बिश्वबजारलाई हेर्ने हो भने आजका दिनमा फिनटेकका तीन चरण छन। हामि अझैं पनि पहिलो चरणमा नै छौं र भुक्तानीबाट थोरै अपग्रेड हुँदैछौं। अहिले हामि बैंकबाट ऋण लिने, कर्जाको ब्याज तिर्ने जस्ता बैंकले दिने सेवा मोबाइलबाट गर्न सक्छौं भनेर त्यसको प्रयोगमा छौं। 

तर अबको युग भनेको बिग डाटा अर्थात आर्टिफिसियल इन्टेलिजेन्स नै हो। हामि बिस्तारै त्यो बाटो तर्फ जाँदै छौं र सुरुवातको अत्यन्त भ्रुण अवस्थामा छौं। त्यसपछि संगसंगै फिनटेकको अर्को प्रयोग भनेको ब्लक चेन हो। ब्लक चेक भनेको इन्टरनेट जस्तै एउटा प्रविधि हो। जसरि इन्टरनेट मार्फत बिभिन्न काम गर्न सकिन्छ त्यसैगरि ब्लकचेक मार्फत कारोबार , रेमिट्यान्स लगायतका बिभिन्न काम गर्न सकिन्छ। नेपालमा अहिले यो अध्ययनको क्रममा नै छ।    

ढड्डाबाट मोबाइल बैंकिंङमा एफवान सफ्टको योगदान   

आजको दिनमा नेपालमा जतिवटा बैंकसंग मोबाइल बैंकिंग छन त्यो सबै एफवान सफ्टले नै बनाएको हो। नेपालमा वालेट मा इसेवाले जुन क्रान्ति ल्यायो त्यसै गरि मोबाइल बैंकिंङमा एफवान सफ्टले क्रान्ति ल्याएको सीईओ शर्माको दाबी छ।  

नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा मोबाइल बैंकिंगको प्रयोग गर्नेको संख्या ८० लाख छ भने कार्डको प्रयोग गर्ने ६० लाख छन। ३ करोड जनता भएको देशमा डेढ करोड खाता छन तर यो डेढ करोड जनताको खाता नभई केहि लाखका डेढ करोड खाता हुन। यसरि ढड्डा बैंकिंङबाट मोबाइल बैंकिंङमा नेपालले जुन उपलब्धी हासिल गरेको छ, त्यसको श्रय एफवान सफ्टलाई जाने शर्माको भनाई छ। 

नेपालमा केहि गर्ने चाहनाले आधुनिक बैंकिंङमा एफवान सफ्टको क्रान्ति   

कलेज पढ्दै गरेका केहि युवाको टिमले सानो सानो काम गर्ने, वेबसाइट बनाउने भन्ने उदेश्यले सन २००४ मा मा स्थापना गरेको कम्पनी नै आजको एफवान सफ्ट हो।

बिगतका दिन सम्झदै एफवान सफ्टका सीईओं शर्मा भन्छन, त्यो बेला ठुलो काम गर्छु भनेर एफवान सफ्ट सुरु भएको होईन। नेपालमै केहि गर्नुपर्छ भन्ने मात्र थियो, के गर्ने भन्ने पनि थिएन। त्यो बेला बिश्वास ढकालले एफवान सफ्ट सुरु गर्नु भयो। र संगै कलेजका साथी अस्गर अलि पनि जोडिनु भयो। त्यसपछि म आए र पछि सुवास सापकोटा आउनु भयो, यसरि टिम बन्दै गयो र काम पनि गर्दै गर्यौ। 

सन् २००४ मा अहिले वेबसाइट नै बनाउने काम गरौँ भनेर संस्था दर्ता गर्यौं र कम्पनीको नाम एफवान सफ्ट राख्यौं। नेपालमा नै केहि गर्ने भन्यौं तर के गर्ने भन्नेमा थियौं। सन् २००८ मा मोबाइल आएपछि मोबाइल मार्फत बैंकको कुनै काम गर्न सकिन्छ कि भनेर एसएमएस को काम गर्न थाल्यौं र यसले पछि एसएमएस बैंकिंङ को रुप लियो। र पछि एसएमएस बैंकिंग कारोबारमा अलर्टको रुपमा प्रयोग भयो। 

त्यसपछि काम गर्दै जाँदा विदेशतिर संचालनमा आएको पेपाल झैं नेपालमा पनि मोबाइलबाट नै पैसा ट्रान्सफर गर्न, बिल तिर्न पाए हुन्थ्यो भन्ने थियो । र सन २००८ मा इसेवाको कन्सेप्ट आयो। र त्यसमा काम गर्न थाल्यौं र संगसंगै मोबाइल बैंकिंङको काम गर्न थाल्यौं। 

नेपालको बैंकमा केहि गर्न सकिन्छ कि भनेर काम गर्दै जाँदा मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग को काम गर्न थाल्यौ। अहिले गर्वका साथ भन्न सक्छौं कि नेपालमा वलेट र मोबाइल बैंकिंङ तथा इन्टरनेट बैंकिंङको क्रान्ति एफवान सफ्टले नै ल्याएको हो।        

 -बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार


Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief









Close in 7