(बिजपाटी डटकमले पाँच वर्ष पूरा गरेको छ । यसै सन्दर्भमा पछिल्लो आधा दशक अवधिमा नेपाली अर्थतन्त्रका विविध आयाममा आएको उतार चढावको समीक्षा – सं)
तथ्यांकमा नेपाल
PARTICULARS |
2017/18 |
Population (million) |
29.10 |
Per Capita GDP (USD) |
1003.64 |
GDP Growth Rate (%) |
5.89 |
Per Capita GNI (USD) |
1011.71 |
Per Capita GNDI (USD) |
1294.00 |
Primary Sector* (% GDP) |
28.21 |
Secondary Sector** (% GDP) |
14.18 |
Tertiary Sector*** (% GDP) |
57.61 |
Remittance (% GDP) |
24.25 |
Inflation Consumer Price (Annual %) |
4.10 |
Exchange Rate (USD:NPR) |
103.91 |
Economic Survey 2018, MOF, National Accounts 2018, CBS, and Current Macroeconomic Situation 2017/18, NRB (Economic Profie, Investment Summit Nepal, 2019
पछिल्लो पाँच वर्षको अवधिमा नेपाली अर्थतन्त्र ठूला राजनीतिक र सामाजिक परिघटना भोग्दै गुज्रिएको छ । आर्थिक वर्ष २०७१।०७२ देखि २०७६।०७७ सम्म आईपुग्दा भूकम्पले तहस नहस भएको अर्थतन्त्र बिस्तारै तङ्ग्रिँदै छ । यही अवधिमा दोस्रोपटक गठन भएको संविधानसभाले संविधान निर्माण गरी जारी ग¥यो । यससँगै संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भई मुलुक संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । संक्रमणकालको अन्त्य भई निर्वाचन पश्चात् राजनीतिक स्थायित्व कायम भएको छ ।
देशभरका ७६१ वटा तहबाट राज्य प्रशासन सञ्चालन भइरहेको छ । तीनवटै तहको प्रशासनबीच राजस्व र खर्चको अधिकार आपसमा बाँडफाँड भएको छ । नयाँ सरकार गठनपश्चात् “समृद्ध नेपाल, सुखी नेपाली” अभियानको घोषणा गरेको छ । यसैबीच २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित भ्रमण वर्ष २०२० मनाइँदै छ । पोखरा, गौतम बुद्ध र निजगढ विमानस्थल निर्माण, काठमाडौं–तराई फास्ट ट्रयाक, पेट्रोलियम पाईपलाईन, मध्यपहाडी राजमार्गजस्ता ठूला पूर्वाधार परियोजना सञ्चालनमा छन् ।
निजी क्षेत्रबाट हस्पिटालिटी, स्वास्थ्य, शिक्षा, जलविद्युत् आदि क्षेत्रमा उल्लेखनीय लगानी भएको छ । सूचना प्रविधिले निकै ठूलो फड्को मारेको छ । दैनिक जीवन र अर्थतन्त्रका अवयवहरुमा सूचना प्रविधिको प्रयोग प्रतिदिन बढिरहेको छ । रेमिटान्समा वृद्धि भइरहेको छ । यससँगै उपभोग्य वस्तुको आयात र बजारको आकारमा वृद्धि भएको छ ।
पछिल्ला वर्षहरुमा ५ अंकभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भईरहेको छ । राज्यले वित्तीय क्षेत्रको बिस्तार र सबलीकरणका लागि महत्वपूर्ण कदमहरु चालेको छ । जनसंख्याको ६० प्रतिशतभन्दा बढीमा वित्तीय क्षेत्रको पहुँच पुगेको छ । यसरी नेपाली अर्थतन्त्रको विकास क्रमशः भइरहेको छ ।
अर्थतन्त्रको समस्या
पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा औसतमा बजेटको ३० प्रतिशतभन्दा बढी खर्च हुन सकेको छैन । अपेक्षित मात्रामा पूँजीगत खर्च नहुने र चालु खर्च धान्नै नसक्ने अवस्थामा पुग्ने नियति हरेक बजेटले भोग्नुपरेको छ । राजनीतिक संरचनामा आधारभुत परिवर्तन, प्रविधिको विकास, आर्थिक क्रियाकलापमा वृद्धि भए तापनि नेपाली अर्थतन्त्र परम्परागत सोच र संस्कारबाट मुक्त हुन सकेको छैन ।
बजेट खर्च गर्न नसक्नु, कागजमा सिमित योजनामा उल्लेख्य मात्रामा बजेट विनियोजन हुनु, यौटै परियोजना सम्पन्न हुन वर्षौ लाग्नु, हासिल गर्नै नसक्ने राजस्व लक्ष्य निर्धारण हुनु, कम व्यावहारिक र बढी महत्वाकांक्षी योजनाले प्राथमिकता पाउनु, नीतिगत र कार्यगत निरन्तरता नभई निर्णयकर्ता अनुसार फरक फरक प्राथमिकताका कार्यक्रम सञ्चालन हुनु हाम्रा परम्परागत समस्या हुन् । अर्थतन्त्रको प्राथमिकता केहो? भन्ने विषयमा अन्योल हुनु नेपाली अर्थतन्त्रको मूल समस्या हो । तिनको निराकरणबिना वास्तविक रुपमा अर्थतन्त्रमा दिगोपन र स्थिरता आउन मुस्किल छ ।
अर्थतन्त्रको प्राथमिकता केहो?
आर्थिक क्रियाकलापमा बढोत्तरी तथा अर्थतन्त्रको आकारमा वृद्धि भई उल्लेखनीय आर्थिक वृद्धि हासिल भइरहँदा उत्पादनमा जोड दिने नीतिको अभाव खट्एिको छ । उपभोगमुखी अर्थतन्त्रको दबदबा छ । व्यापार घाटा र आर्थिक परनिर्भरता प्रतिवर्ष बढ्दै गइरहेको अवस्था छ । रेमिटान्स अर्थतन्त्रको मूल धमनी बन्न पुगेको छ । युवा जनशक्ति रोजगारीका लागि विदेशिने र देशभित्रको रोजगारीका अवसरबाट छिमेकी मुलुकको जनशक्तिले लाभ लिइरहेको अवस्था छ ।
आत्मनिर्भर अर्थतन्त्रको पैरवी गर्ने र त्यसको लागि राज्यस्तरबाट नीति, कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गराउने दिशामा ठोस प्रयास हुन सकेको छैन । त्यसैले अर्थतन्त्रको प्राथमिक क्षेत्र निर्धारण गरी सोही अनुरुपको नीति निर्माण गर्न ढिला भइसकेको छ । कृषि कि पर्यटन? वैदेशिक रोजगारी कि स्वरोजगार? सेवा उद्योग कि व्यापार? कुन क्षेत्र अर्थतन्त्रको मूलधार हो भन्ने बारेमा स्पष्ट नभई सबै क्षेत्रलाई समानान्तर ढंगले विकास गर्ने सोच राख्नु आजको विश्वव्यवस्थासँग अमिल्दो विषय हो । अतः नेपाली अर्थतन्त्रमा विद्यमान जोखिम न्युनिकरणका लागि प्राथमिकता र केन्द्रबिन्दु पहिचान गर्नु अत्यावश्यक छ ।
-बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार
यो पनि :