कर्णालीवासीको बीमा: सामाजिक सुरक्षामा नयाँ प्रयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 13, 2019 | 08:52:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली प्रदेश सरकारले प्रदेशवासीको दुर्घटना बीमा गर्ने भएको छ । प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत १७ लाख ७० जना नागरिकको सामुहिक दुर्घटना बीमा गर्ने सम्झौता गरेको हो  ।

नागरिकहरुको सामुहिक बीमा कार्यक्रम सामाजिक सुरक्षा योजनाको नयाँ प्रयोग हो । कर्णाली प्रदेश सरकारले नेपालमै पहिलोपटक यस्तो अभ्यास गरेको हो । प्रदेश सरकारले बजेटमार्फत आफ्ना नागरिकको सामुहिक दुर्घटना बीमा कार्यक्रम गर्ने कार्यक्रमको घोषणा गरेको थियो । बजेटमार्फत गरिएको घोषणा बमोजिम कर्णाली प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जनसंख्याको बीमा गर्नका लागि  राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता भएको हो ।

कर्णाली प्रदेश सरकारले जोखिमयुक्त क्षेत्रका जनताका लागि सरकारले सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरिएको जनाएको छ । अब कर्णाली प्रदेश स्थायी ठेगाना नागरिक कुनै कारणवश दुर्घटनामा परेमा, अंगभंग वा मृत्यु भएमा एक लाख रुपैयाँसम्मको उपचार वा मृत्यु बीमा दाबी भुक्तानी पाउने छन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले संविधान दिवसको पूर्वसन्ध्यामा बीमा परियोजना शुभारम्भ गर्दै सम्झौतामा हस्ताक्षर गरेका छन् ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले समाजवाद उन्मुख अर्थतन्त्रलाई टेवा पु¥याउन सामुहिक दुर्घटना परियोजना बीमा सहयोगी हुने बताए । मौलिक हकका रुपमा रहेको सामाजिक सुरक्षाको कार्यक्रमलाई तीनै तहका सरकारले महत्व दिनुपर्नेमा अर्यालको जोड थियो । कम्पनीले नीर्जिवन बीमा गर्ने, व्यवसायिक दक्षता बढाई पहुँच बिस्तार गर्दै आम्दानी गर्ने र नेपाल सरकारले ल्याउने यस्ता सामाजिक सुरक्षा तथा सामाजिक उत्तर दायित्वका कार्यक्रमहरुमा सहभागी हुने अर्यालको भनाई थियो ।

‘सरकारको स्वामित्वमा रहेको कम्पनी भएका कारण राज्यको अंगको जस्तै काम गर्दै आइरहेका छौं’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने, ‘कर्णाली प्रदेशमा धेरै किसिमका जोखिम छन् । यी सबै जोखिमलाई एकैपटक सम्बोधन गर्न सकिँदैन । त्यसैले सम्पूर्ण जनताको एकैसाथ बीमा गरिएको छ ।’ 

विपद, दैवि प्रकोपबाट हुने जोखिमलाई मात्रै समेटेकाछौं । दैवि प्रकोपका कारण या विपदबाट मृत्यु भए एक लाख रकमदिने छौं । यीआयामलाई आगामीवर्ष श्रोत बढदै गएहामी यो कार्यक्रममा सहकार्य गर्न तयार छौं । हामी नाफा नोक्सान हेर्ने छैनौं ।

उनका अनुसार बीमा गरिएको घरभित्रै घरसहित मृत्यू भएको खण्डमा प्रतिव्यक्ति रु पाँचलाख र पाँचलाख घरको प्राप्तगर्न सकिन्छ । यसको मतलब बीमित घरमा पाँच जना बस्दै आएकाछन् र पहिरोबाट घर सहित मानवीय क्षति भएको खण्डमा उनीहरुका नजिककाले तीस लाख रुपैंया प्राप्तगर्न सक्नेछन् ।

उनले प्रदेश सरकार र कम्पनीबीचदशै जिल्लाका उच्च विपद जोखिम बढी भएका १० हजार घरधुरीको सम्पती बीमा गर्ने सहमति भएको बताए । ‘प्रति जिल्लाका एक हजार घरधुरीको सुरक्षााका लागि घरहरुको पहिचानगरिने र बर्गिकरण गर्ने तयारी सँगै गरिनेछ । विकट स्थानमा दुर्घटना भएको खण्डमा कार्यान्वयन गर्दा केहि ढिलाई हुन सक्छ ।’ उनले भने, ‘तरपनि स्थानीयतहको सिफारिस र सुरक्षा निकायको सिफारिसलाई आधार मानेर बीमा सुविधाबाट पाउने आर्थिक सुविधा प्रदान गरिनेछ ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले यो ऐतिहासिक पल भएको बताए । ‘कहि यस्ता कार्यक्रम हुन्छन जो कार्यक्रम हेर्दा खेरी सामान्य लाग्छन तर यसले गहिरो प्रभाव पारिरहेको हुन्छ । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध निकायलाई क्रियाशिल हुनका लागि आग्रह गर्दछु ।’ मन्त्री भण्डारीले भने, ‘मन्त्रालय, बीमा संस्थान, अन्य संस्था र स्वयम जनताले पनि ऐतिहासिक कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गनुृपर्छ ।’

-बिजपाटी डटकमको ५ औं बार्षिकोत्सव विशेषांक 'प्रस्थान' म्यागेजिनबाट साभार

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved