विदेशबाट फर्केर कृषिबाट वार्षिक डेढ करोड आम्दानी

रासस

रासस

Oct 18, 2019 | 05:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताएका छन।  एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उनले वार्षिक रु दुई करोडसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन।

उनले एक वर्ष अगाडि एकीकृत कृषि फार्म दर्ता गरेर लोकल जातका कुखुरा, माछा, बङ्गुर र खसीबोका पालेका छन। उनको फार्मले आम्दानी दिन शुरु गरिसकेको छ । फार्ममा हाल करीब दुई हजार पाँच सय लोकल कुखुरा, ३० वटा जती ब्याउने अबस्थामा रहेको पोथी बङ्गुर, माछा र खसीबोका छन् । 

उनले पालेका २८ पोथी बंगरले जन्माएका करिब एक हजार पाँच सय बंगुरका बच्चा बिक्रीबाट करिब रु.९० लाख आम्दानी भएको उनले बताए। एउटा पोथी बंगुरले एक बर्षमा करिब ५० बच्चा जन्माउने र एउटा बच्चा रु. आठ हजारसम्म बिक्री भइरहेको उनले जानकारी दिए। 

त्यसैगरी उनले पालेका लोकल कुखुराले पनि आम्दानी दिइसकेका उनको भनाई छ । माछा बजारमा लैजान तयारी अबस्थामा रहेका उनले  बताए। पोखरीमा ३५ हजार माछा रहेकामा कम्तीमा ३० हजार किलो माछा बेच्न सकिने लक्ष्य उनको छ । माछाबाट करीब रु १० लाख आम्दानी हुने अनुमान उहाँको छ । प्रत्येक छ महीनामा माछा झिक्न सकिने उनले बताए। 

खसीबोकाका लागि भने अझ केही समय लाग्ने अनिताले जानकारी दिए। तिहार लगत्तै माछा बजारमा लैजाने तयारी रहेको र माछाबाट करिब रु. १५ लाख आम्दानी हुने उनले बताए। सबै गरेर एक बर्षको आम्दानी करिब रु डेढ करोड हुने उनको दाबी छ । 

दाजुहरु अलग बसिसकेका, दिदीबहिनीको विवाह भइसकेकाले एक्लैले बाबुआमा र परिवारको जिम्मेवारी सम्हालेर परिवारको समेत सहयोगबिना अनिताले विदेशको रु एक लाख ५० हजारको तलब छाडेर स्वदेशमै कृषि फार्म दर्ता गरी पशुपक्षी पालिरहनुभएको छ । सानै उमेरमा नै घर त्यागेर तत्कालीन माओवादी सेनामा लाग्नुभएकी २६ वर्षीया उनि शान्ति सम्झौता र सेना समायोजन पश्चात दुबई प्रहरीमा पाँच वर्ष काम गरेर आम्दानी गरेको रु एक करोड कृषिमा लगानी गर्ने सोचले एक वर्ष अगाडि नेपाल हो ।

उनले भने “त्यहाँ लगानी जम्मा नहुञ्जेलसम्म काम गरेँ, आफूसँग गाँउमा नै काम गर्न लगानी भएपछि कृषि गर्छु भनेर फर्केकी हुँ, कृषिमा लगानी गरेमा लगानी उठ्नेमात्र होइन, मनग्य आम्दानी हुने रहेछ ।” उनले १० कट्ठा आफ्नै तथा १० कट्ठा लिजमा लिएर एक बिघा जमीनमा एक वर्षअघि कृषि फार्म शुरु गरेकी हुन्।

उनको फार्ममा एक व्यवस्थापकसहित तीन कर्मचारी छन् । व्यवस्थापनका लागि समय मिलेसम्म आफैँ खटिने गरेको र कर्मचारीबाहेक समय समयमा अन्य व्यक्तिबाट पनि काम लिने गरेको उहाँकोे भनाइ छ । नजिकै सुकुम्वासी बस्ती रहेका कारण कामदारको अभाव नहुने उनि बताउछन  । अहिले व्यवसायले सन्तुष्टि दिइरहेको र अझै बढाएर यही पेशालाई निरन्तरता दिने उनको सोच छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved