पैसा नहुँदा ‘न उपचार न शिक्षा’ (भिडियो सहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2019 | 02:31:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एक बालक, जसको शारीरिक अवस्था कमजोर छ, तर मानसिक अवस्था निकै तेजपूर्ण छ । उनी कुनै काम गर्दा दुर्घटनामा परेर शरीरका अंग गुमाउन पुगेका होईनन् । उनी जन्मदा नै यस्तै जन्मिए ।

बुबा मिलन कुमार चौधरी र आमा दिल कुमारी चौधरी सन्तान जन्मिने अभिलाषामा खुशी थिए । गर्भावस्थामा महिलालाई कति असहज हुन्छ, त्यो जो कोहीले भन्न सक्दैन । भोगेका महिलालाई मात्रै थाहा हुन्छ । दिल कुमारी आफ्नो पीडालाई पनि सन्तानको मुहार कल्पना गरेर चित्त बुझाउँथिन । 

प्रसव पीडामा छट्पटिएकी उनले छोरालाई जन्म दिईन । २०६९ साल चैत्र २४ गते सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ मा युगेष चौधरीको जन्म भयो । परिवारले हुर्काउने बढाउने काम गरे । 

सामान्य परिवारमा जन्मेका युगेषले अन्य सम्पन्न परिवार सरह भरणपोषण पाएनन् । बुबा आमाले सन्तानलाई आवश्यक पर्ने आहारा पुर्याउन सकेनन् । युगेष आमाको दुधको सहरामा हुर्किदै थिए ।  

युगेष बढिरहे, तर हिडडुल गर्न नसक्ने गरि । उनको कम्मर मुनिको भाग नचल्ने रहेछ ।

ज्यामी काम गर्ने चौधरी दम्पती काठमाडौ आए । उनीहरु ज्यामी काम गर्दै छोराको उपचारमा जुटे । नजिकैको निजी विद्यालयमा कक्षा युकेजीमा पढ्ने युगेषको बोली मिठो छ । आफू शारीरिक रुपमा भिन्न छु, सबल छैन भन्ने जानकार छन् उनी । अनि भन्छन्, ‘मलाई ठूलो मान्छे मन छ ।’ नजिकैका सखाहरु उफ्रिन्छन्, खेल्छन् । तर उनी आफ्ना उमेरसमूहका साथीहरु जस्तो तन्दुरुस्त छैनन् । 

भिडियो हेर्नुहोस्ः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved