युवालाई स्वरोजगार बनाउन करोडौंको लगानी, प्रतिफल न्यून

महेश न्यौपाने

महेश न्यौपाने

Mar 14, 2020 | 09:36:51 PM मा प्रकाशित

laxmi  sunrise bank

दिनानुदिन विदेश  पलायन भईरहेको युवा शक्तिलाई स्वदेशमै स्वरोजगार वनाउने उद्धेश्यका साथ स्थापना गरिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषवाट रोल्पामा ११ करोड लगानी भएको छ । कोषले प्रत्यक्ष रुपमा जिल्लाका  २३ सहकारी संस्था मार्फत १० करोड लगानी गरेको छ भने  कृषि विकास वैंक मार्फत जिल्लाका थप ३ सहकारी संस्था मार्फत १ करोड समेत गरि कुल लगानी रकम ११ करोड पुगेको छ । 

कोषसंग संझौता गरि लिएको कर्जा सहकारी संस्थाहरुले युवा तथा साना व्यवसायीहरुमा लगानी गर्ने गर्दछन । तरकारी खेती,फलफुल खेती,कुखुरापालन, वाख्रापालन, माछापालन, फेन्सी पसल, फर्निचर उद्योग, मिल संचालन, जडीवुटी खेती लगायतका क्षेत्रमा गरिएको लगानीवाट हाल सम्म ९ सय २९ जना साना व्यवसायि लाभान्वित भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति  रोल्पाका सदस्य सचिव ज्ञानेन्द्र शर्माले जानकारी दिए ।कर्जाको व्याज स्वरुप सहकारी संस्थाले वार्षिक ५ प्रतिशत र व्यक्तिले १० प्रतिशत भुक्तानी गर्ने गर्दछन सदस्य सचिव शर्माले भने । सहकारी संस्थाले प्रति व्यक्ति वढीमा २ लाख सम्म लगानी गरको शर्माको भनाई  छ। 

कोष मार्फत विभिन्न चार चरणमा सो रकम लगानी गरिएको शर्माले जानकारी दिए । कोषको रकम दुरुपयोग हुन नदिन तथा लक्षित समुदाय सम्म पु¥याउने सुनिश्चितताका लागि निरन्तर अनुगमन समेत हुने गरेको छ शर्माले भने । सहकारी संस्था संग नियमित समन्वय र व्यवसायी संग संपर्कमा रहेर काम गरिरहेका छौ शर्माले भने । लगानी गरिएको रकम अहिले सम्म दुरुपयोग भएको सुन्नमा आएको छैन शर्माले भने । 

कोषवाट सयौं युवाहरुले कर्जा लिएको भए पनि हाल सम्म निकै थोरै व्यवसायीहरु मात्र सफल देखिएको वताइएको छ । लुंग्रीमाडी कृषि सहकारी संस्था मार्फत कर्जा लिई २५ जना व्यवसायीहरुले माडीचौरमा कुखुरा पालन गरिरहेका छन । तीन हजार ५ सय वढी कुखुरा पालेको सो फर्मवाट दैनिक ३ हजार वढी अण्डा विक्री हुने गरेको वताइन्छ । फर्मवाट ४ जना प्रत्यक्ष र ११ जना अप्रत्यक्ष रोजगार भएको लुंग्री माडी कृषि सहकारी संस्थाले जनाएको छ ।

सो संस्थाले कृषि विकास वैंक मार्फत कर्जा लिएको थियो । सदरमुकाम लिवाङमा रहेको मेचीकाली वचत तथा ऋण सहकारी संस्थावाट कर्जा लिएका व्यवसायीहरुले समेत तरकारी खेती, वंगुरपालन,वाख्रापान, कुखुरापालन जस्ता व्यवसाय गरिरहेको शर्माले जानकारी दिए । उत्तरी रोल्पाको थवाङमा रहेको अजम्वरी कृषि सहकारी संस्थावाट कर्जा लिई  ४ युवाहरुले सामुहिक भुइ स्याउ खेती गर्दै आएको वताइएको छ । 

सहकारी संस्था मार्फत कोषले कर्जा दिन थाले संगै महिला दिदी वहिनीहरुले साना तिना व्यवसाय गर्दै आएको सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तुलसा आचार्यले वताईन । सहकारी मार्फत ऋण लिई व्यूटी पार्लर, खुद्रा पसल, तरकारी खेति, च्याउ खेती, चियानास्ता पसल जस्ता जोखिम कम हुने व्यवसायमा महिला दिदी वहिनी लागेका छन आचार्यले भनिन । ऋािणहरुले सहकारी संस्थामा नियमित व्याज र  वचत समेत गरिरहेका छन अध्यक्ष आचार्यले भनिन । सगरमाथा महिला सहकारी संस्था मार्फत १ लाख ऋण लिई तरकारी पसल गरिरहेकी रोल्पा नगरपालिका २ की कमला रिजालले तरकारी पसलवाट दैनिक घर व्यवहार चलाउन सजिलो भएको वताईन । हरेक तीन महिनामा सावाँ र मासिक रुपमा व्याज भुक्तानी गरिरहेको छु रिजालले भनिन । 

अन्य जिल्लामा कोषको रकम सदुपयोग हुन नसकेको समाचार आउने गरे पनि रोल्पामा भने त्यस्तो समस्या नरहेको वताइएको छ । विभिन्न दल निकट व्यक्तिहरुका आ–आफ्ना सहकारी संस्था रहे पनि सवैले नियमित किस्ता र व्याज वुझाउने गरेको वताईन्छ । नियमित रुपले किस्ता तथा व्याज भुक्तान गर्नेलाई कोषले व्याज अनुदान समेत दिने गरेको छ । पहिलो चरणमा व्याज अनुदानका लागि जिल्लाका ७ वटा सहकारी संस्थाका तीन सय व्यवसायी सिफारिस गरेको कोषको जिल्ला संयोजन तथा अनुगमन समिति रोल्पाले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved