मोहम्मद अज्मत अलि     Mar 25, 2020 | 04:11:19 PM


tansen

कोभिड-१९ अर्थात आम बोलीचालीको भाषामा कोरोना भाइरस। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न कुनै पनि ठाउँ वा बस्तु छुन डर बढाइरहेको छ यो भाइरसले। 

चीनको बुहानमा देखिंदा कुनै कथा पढेजस्तो लागेपनि अब यसले विश्वभर सार्वजनिक स्थानहरुमा एकै प्रकारको तस्विर बनाएको छ। मानिसहरु कुहिनोले ढोका खोल्ने प्रयास गरिरहेका छन भने सार्वजनिक सवारीमा आवतजावत गर्ने मानिसहरु ढोकाको हेन्डल समात्नसमेत डराइरहेका छन। 

कतिपय ठाउँमा मानिसहरु आफ्नो कार्यलयको कुर्ची टेबल आफैं सफा गरिरहेको तस्विरहरु साझा भएका छन्। 

सरसफाइमा जोड 

पुरुष

कोरोना भाइरसबाट धेरै प्रभावित क्षेत्रहरुमा काम गर्ने कामदारहरुलाई संक्रमित हुनबाट बचाउन बिशेष कपडा पठाईएको छ। यी कामदारहरुले मल, पार्क, सडक जस्ता सार्वजनिक स्थानमा किटाणुलाई मार्ने औषधिहरु समेत छर्कीरहेका छन।  

कार्यालय, अस्पताल, पसल र रेष्टुरेन्टहरुमा सरसफाईमा पहिले भन्दा धेरै ध्यान दिन थालिएको छ। केहि शहरहरुमा रातिको समयमा पुगेर एटिएम मेसिनको कि प्याड समेत सफा गर्न थालिएको छ। पछिल्लो परिस्तिथि झट्ट हेर्दा विश्व फोहोर थियो र त्यहि फोहोरका कारण विश्वभर माहामारी लाग्यो र बाच्नलाई मानिसहरु अहिले सरसफाईलाई जोड दिएका छन जस्तो देखिएको छ। 

यसअघि देखिएका अन्य फ्लुका भाइरस झैँ कोरोना भाइरस पनि यसबाट संक्रमित मानिसको हाछ्यु या खोकीको माध्यमबाट मुख र नाकबाट निस्किने पानिको कणबाट पनि फैलिन सक्छ भन्ने बुझाई छ।  

एक पटक हाछ्यु गर्दा ३००० कण सम्म जन्मिन सक्छ। यो कण दोस्रो मान्छे, उसको कपडा या उसको नजिकको कुनै बस्तु वा सतहमा पनि खस्न सक्छ र केहि कण हावामा पनि रहन सक्छन।  

यो कुराको केहि प्रमाण पनि छन कि यो भाइरस धेरै लामोसमय सम्म दिसामा रहन सक्छ, यस्तोमा चर्पी भएर आउने कोहि पनि व्यक्ति यदि राम्रोसंग साबुन पानिले हात धुदैन भने उक्त व्यक्तिले छुने कुनै पनि बस्तु वा चिजमा सक्रमण फैलिन सक्छ। 

हातले मुख छुनु संक्रमणको मुख्य कारण होइन 

सेन्ट्रल फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) को अध्ययनमा भाइरसवाला कुनै सतह वा बस्तु छोएपछि आफ्नो मुखमा छुनु भाइरसको संक्रमण फैलिनुको मुख्य कारण मानिएको छैन। 

यति हुँदापनि सिडिसी, बिश्व स्वास्थ्य संगठन र अन्य संस्थाहरुले पटक पटक साबुन पानीले हात धुनुपर्ने र दैनिक पटक पटक छुनुपर्ने चिज वा बस्तुलाई समेत पटक पटक स्यानीटाईजर वा यस्तै प्रकारका लिक्विडले सफा गर्दा यस भाइरसलाई रोक्न सकिने  बताउदै आएका छन र यसमा जोड दिनुपर्ने उनीहरुले सुझाब दिएका छन। 

जबकी, अहिलेसम्म संक्रमित सतह वा बस्तु छोएर यो भाइरस फैलिएका कतिवटा केश आए भन्नेकुरा पत्ता लागेको छैन। तर एक्स्पर्टहरुले यस बिषयलाई गम्भीरताका साथ लिएका छन र सरसफाईलाई निरन्तरता दिन आग्रह गरिरहेका छन। 

कोरोना भाइरस मानिसको शरीर बाहिर कति समय बाच्न सक्छ भन्ने कुरा अहिलेपनि अध्ययनको बिषय नै बनेको छ। विश्वका बैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको लागि अहिलेपनि कोरोना भाइरस मानिसको शरीर बाहिर कति समय जीवित रहन्छ भन्ने बिषय खोजिको बिषय नै रहेको छ। 

२८ दिनसम्म बाँच्न सक्छ कोरोना भाइरस 

सार्स र मार्स जस्ता दोस्रा कोरोना भाइरसमाथि भएको केहि अध्ययनले यो फलाम, सिसा र प्लास्टिक मा ९ दिन सम्म जीवित रहन सक्छन। कम तापमानमा केहि भाइरस २८ दिनसम्म जीवित रहन सक्छन। कोरोना भाइरसलाई खासगरि आफु अनुकुलको वातावरणमा मजबुत तरिकाले जीवित रहन सक्ने भाइरसको रुपमा लिइएको छ।  

खोजमा नयाँ खुलासा 

खोजकर्ताहरुलाई अब कोरोना भाइरसलाई लिएर पहिले भन्दा धेरै जानकारी मिलेको छ। उनीहरुले कोरोना भाइरसको फैलावटमा कसरि प्रभावित हुन्छ भन्ने जानकारी हासिल गरेका छन्। 

युएस नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच) का वायरोलोजिष्ट निल्तजे वान डोरमालेन र मोन्टानाको हेमिल्टनमा अवस्थित राकी माउन्टेन लेबोरेटीजका उनका सहयोगीहरुले सार्स कोभी -२ को बारेमा केहि सुरुवाती परिक्षण गरेका छन। जसमा यिनीहरु अलग अलग सतहमा कति समय जीवित रहन सक्छन भन्ने अध्ययन गरिएको थियो।  

यिनीहरुको अध्ययनलाई न्यु इंग्ल्याण्ड जर्नलमा छापिएको थियो। यो अध्ययनबाट भाइरस हाछ्यु वा खोक्दाको बेला बाहिर निस्किदा तीन घण्टासम्म जीवित रहने पत्ता लागेको थियो। 

१ देखि ५ माइक्रोमिटरको आकारवाला ठुलो कण कपालको मोटाइ भन्दा करिब ३० गुणा छोटो हुन्छ। यो कण केहि घण्टासम्म हावामा जीवित रहन सक्छ। 

यसको अर्थ यो हो कि भाइरस बीना फिल्टरवाला हावामा फैलिने भाइरस मात्र केहि घण्टासम्म जीवित रहन्छन। खासमा हावाबाट फैलिने कण चाडै सतहमा टाँसिन्छ। 

कहाँ धेरै जीवित रहन सक्दैन भाइरस ?

पुरुष

सार्स कोभी-२ भाइरस कार्डबोर्डमा २४ घण्टासम्म र प्लास्टिक र स्टेनलेस सिसाको सतहमा २-३ दिन सम्म जीवित रहने एनआइएच को अध्ययनले देखाएको छ। 

यो जानकारीले भाइरस ढोकाको हेन्डल, प्लास्टिक कोटेड र लेमीनेटेड वर्कटाप्स र दोस्रो कडा सतहमा धेरै लामो अवधिसम्म जीवित रहने देखाएको छ। खोजकर्ताको अध्ययनले तामामा यो भाइरस करिब चार घण्टामा नै मर्ने देखाएको छ। 

तर यसलाई तत्काल रोक्नलाई उनीहरुले एक विकल्प देखाएका छन। अध्ययनले ६२ देखि ७१ प्रतिशतसम्म अल्कोहल या ०.५ प्रतिशत हाइड्रोजन परऑक्साइड ब्लिच या ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट वाला घरेलु ब्लिचले सतह साफ गर्दा कोरोना भाइरस एक मिनेटको अन्तरमै निष्क्रिय हुने देखाएको छ। 

धेरै तापमान र ह्यूमिडिटीमा प्रभावित 

धेरै तापमान र ह्यूमिडिटीमा पनि दोस्रो कोरोना भाइरस चाडै खतम हुने अध्ययनले देखाएको छ। जबकी अध्ययनले देखाएको छ कि सार्स बिरामीको कारण बन्ने कोरोना भाइरस ५५ डिग्री सेल्सियस या १५६ डिग्री  फॉरेनहाइट  भन्दा माथिको तापमानमा मर्न सक्छ। 

युएस एनवायरनमेंटल प्रोटेक्शन एजेंसी (ईपीए) ले सार्स कोभी २ भाइरसलाई खतम पार्न सकियोस भनेर  अहिले प्रभावित नहुने र सकृय इनग्रेडिएंट्स को एउटा सुची तयार गरेको छ। 

कसैले हाछ्यु गर्दा निस्कने एक कणमा कति भाइरस हुन सक्छन भन्ने बिषयको कुनै तथ्यांक छैन तर फ्लु भाइरस माथि गरिएको अध्ययनबाट सानो कणमा इंफ्लूएंजा भाइरसको दशौँ हजार कपी हुन सक्छन तर यो चिज व्यक्ति कति संक्रमित छ भन्ने कुरामा निर्भर रहन्छ। कपडा र यस्तै अन्य दोस्रो सतह को कम प्रभावित हुन्छन यसमा अहिलेनै कुनै स्पष्टता छैन कि कति अवधिसम्म भाइरस बाँच्न सक्छ। 

प्वाल भएको सतहमा भाइरस सुख्छ 

रांकी माउन्टेन ल्याबोरेटिजमा भाइरस इकोलोजीका प्रमुख तथा एनआईएचको अध्ययनको अगुवा बिसेन्ट मन्सटरकाअनुसार कार्डबोर्डमा अवस्थित एब्जाबेंट प्राकृतिक फाइबरमा भाइरस प्लास्टिक र फलामको तुलनामा छिट्टो मर्छन। उनकाअनुसार प्वाल भएको सतह वा बस्तुको कारण भाइरस छिटो सुख्छ र फाइबरमा फस्दछ। 

तापमानमा परिवर्तन र ह्यूमियसबाट डिटीले पनि भाइरसलाई धेरै बेर जीवित रहन मुस्किल बनाउछ। यसबाट हावामा फैलिएको कणमा अवस्थित भाइरसको आयु कम हुन्छ। 

उनले भने, हामि अहिले तापमान र ह्यूमिडिटीको प्रभावबारे अझ धेरै बिषय थाहा पाउन थप प्रयोग गरिरहेका छौं। मन्सटरकाअनुसार भाइरस धेरै लामो समयसम्म बाँची रहने कुराले हामिले हातको सफाई र सतह तथा प्रयोग हुने बस्तुहरुको सफाईमा धेरै जोड दिनुपर्छ। उनले थपे, यो भाइरस कयौं तरिकाले एक ठाउँबाट अर्को ठाउँमा फैलिने सम्भावना हुन्छ। 

यो सामग्री रिचर्ड ग्रेको लेखलाई अनुवाद गरिएको हो-सम्पादक

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief