बीमा समितिका अध्यक्ष चापागाईंको नजरमा २०७६ सालकाे बीमा बजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 12:02:13 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७६ सालमा बीमाको पहुँचमा उल्लेख्य रुपमा सुधार भएको छ । यस वर्ष बीमाको पहुँच २७ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा बीमाको पहुँच ९ प्रतिशतले बढेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईका अनुसार २०७६ मा बीमाको पहुँच ९ प्रतिशतले बढेर २७ प्रतिशतमा पुगेको छ । गत वर्ष बीमाको पहुँच १८ प्रतिशत मात्रै थियो । 

अध्यक्ष चिरञ्जीवि चापागाई

७० वर्षको इतिहासमा बीमाको पहुँच १७ प्रतिशतमा रहेको थियो । २०७५ सालमा बीमाको पहुँच १८ प्रतिशत मात्रै थियो । एकै वर्षमा बीमाको पहुँच ९ प्रतिशतले बढ्नु नै हामीलाई सबैभन्दा ठुलो कुरा हो । समग्र बीमा क्षेत्रलाई आधुनिकीकरण गनर्का लागि जोखिममा आधारित सुपरिवेक्षण र जोखिममा आधारित निरीक्षण प्रणाली लागू गर्नको लागि सबै बीमा कम्पनीहरुलाई रिक्स वेस गाइड लाइन ल्यायौँ ।  हामीलाई चाँही रिक्स वेस सुपरिवेक्षण कार्यविधि तयार गरेर आधारशिला तय गरेउ । आगामी वर्षमा यहि आधारशिलालाई टेकेर कार्यान्वयनमा जान सक्छौँ । 

समग्रमा भन्नु पर्दा २०७६ सालमा बीमाको वृद्धि र शुसासन कायम गर्न सफल भएको देखिन्छ । चैत्र १० गतेसम्म जीवन बीमातर्फ करीब ६२ अर्ब रुपैयाँ बीमा शुल्क संलन भएको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ १८ अर्ब रुपैयाँ बीमा शुल्क संकलन भएको छ । शाखा सञ्जालमा पनि राम्रो प्रगति भएको छ । करीब १० हजार प्रत्यक्ष रोजगारीमा छन् । त्यस्तै, ७ लाख अभिकर्ता रहेका छन् । रोजगारीको दृष्टिकोणले, बीमाको वृद्धिको दृष्टिकोणले, पहुँचको दृष्टिकोणले, असल शासनको दृष्टिकोणले, असल शासन कायम गर्न बीमा समितिले जारी गर्ने रेगुलेशनको दृषिकोणले वर्ष २०७६ बीमाको लागि उल्लेख्य वर्षको रुपमा रह्यो । 

आगामी योजना

कोरोना भाइरसको कारणले बीमा पहुँचको वृद्धि दरलाई ब्रेक लगाएको छ । त्यसलाई पूर्णता प्राप्त गर्नका लागि हामीले धेरै संघर्ष गर्नु पर्छ । त्यसको लागि लकडाउन खुले लगत्तै सर्वसाधरणमा सचेतनाका लागि कर्याक्रम सञ्चालन गर्ने र दावी भुक्तानी प्रक्रियालाई छिटो, छरितो तरिकाले गर्नु पर्छ । छिटो र छरितो तवरले दावी भुक्तानी गरि बीमाको विश्वसनियता बढाउनु पर्छ  । 

बीमा क्षेत्रमा शुसासन कायम गर्नका लागि जोखिममा आधारित सुपरिवेक्षण र जोखिममा आधारित निरीक्षण प्रणाली विकास गरेका छौँ, त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजानु पर्ने हुन्छ । साथै, बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा अभिकर्ताहरुलाई राम्रोसँग तालिम दिनका लागि बीमा तालिम केन्द्र मार्फत निश्चित रुपमा कार्यक्रम सञ्चालन गर्नु पर्छ ।  

लकडाउनको समयमा समितिले सबै बीमा कम्पनीहरुलाई विधुतिय माध्यममार्फत बसेर काम गर्नका लागि निर्देशन दिएको छ । सोही बमोजिम बीमा कम्पनीहरुले सेवा दिदैँ आएका छन् ।  समितिले पनि ६÷७ जना कर्मचारीमार्फत सेवा आफ्नो कामलाई निरन्तरता दिएको छ । निरन्तर रुपमा सेवा प्रवाह गर्दै आएका छौँ । सबै बीमा कम्पनीहरुलाइै न्यूनतम एउटा पास उपलब्ध गराएका छौँ । सबै बीमा कम्पनीहरुले आंशिक रुपमा खुलेका छन् । विधुतिय माध्यमबाट सबै बीमा कम्पनीहरुले कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । विधुतिय माध्यमबाट काम भईरहेको छ भने कर्पोरेट ब्राञ्च तथा हेड अफिस खोलेर अत्यावस्यक कामहरु ग्रिरहेका छन् । 

वर्ष २०७६ मा बीमा क्षेत्र, 

विर्सनै नसक्ने त्यो घटना

नेपालको बीमा व्यवसाय दिन प्रतिदिन विस्तारको क्रममा रहेको छ । वर्ष २०७६ मा पनि बीमा क्षेत्रमा धेरै नयाँ र राम्रा काम भए । फस्वरुप बीमा व्यवसायको विस्तारमा महत्वपूर्ण सहयोग र्पुयाएको देख्न सकिन्छ । वर्ष २०७६ मा बीमा क्षेत्रमा भएका केही दुखद घटनाले बीमा प्रति मानिसको धारणा नकारात्मक बनायो । यसै त नेपाली समाजमा बीमालाई सहजै स्वीकार्ने वातावरण नरहेको अवस्थामा घटेको त्यो घटनाले आम मानिमा बीमा प्रति नकारत्मक भावना जगायो । 

तर, यसै वर्ष घेटका केही नकारात्मक घटनाबाट बीमा कम्पनी तथा बीमा समिति स्वयमले पनिले धेरै नयाँ पाठ भने सिक्ने अवसर पाए । यस वर्ष बीमा रकमकै लोभमा परी हत्या भएका दुई घटनाले नेपालको बीमा क्षेत्रलाई झकझकायो । छिमेकी मुलुक भारतमा घट्ने यस्ता घटना नेपाली बीमा बजारमा देखिए, जसको कारण कम्पनी र नियामक निकायको कमजोरीको थियो । 

बीमा कै कारण घटेका यी दुई घटनालाई मध्यनजर गर्दै बीमा समिति सजग समेत भयो । बीमा रकमकै कारण विभिन्न घटना घट्न थाले पनि नेपाली बीमा कम्पनीहरुमा सञ्चालित बीमा योजनाहरुमा देखिएको त्रुटिहरुलाई मध्यनजर गर्दै बीमा समितिले प्राविधिक समिति टोली गठन गर्यो । बीमा विज्ञ भोज राज शर्माको संयोजकत्वमा नेपाल लाइफ, सिटिजन लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सका प्रतिनिधिहरुको सहित सो टोलि गठन भयो । बीमा कम्पनीका बीमालेख बारेमा अध्ययन गर्नका लागि सो समिति गठन गरियो । 

बीमा विधेयकमाथि दफावार छलफल

लामो समयदेखि संसदमा दर्ता भएको बीमा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बीमा विधेयकमाथि दफावार छलफल चलेको थियो । लामो समयपछि दफावार छलफल चले पनि यस वर्ष पनि सो विधेयक पारित हुन भने सकेन  ।

२०७६ मा बीमा समितिले गरेका काम 

बीमा समितले २०७६ सालमा सदाका वर्षहरुमा झै यस वर्ष पनि विभिन्न कार्य गरेको छ । समितिले नयाँ मार्ग निर्देशन जारी गर्नेदेखि पूराना मार्गदर्शनलाई परिमार्जन गर्ने काम गरेको छ । बीमा साक्षरताका लागि समितिले विभिन्न स्थानिय निकायसँग समन्वयन गरी विभिन्न कार्यहरु अघि सारेको थियो । यो वर्ष बीमाको पहुँचमा सबैलाई समेट्ने लक्ष्यलाई पछ्याँउदै समिति नेपालका विभिन्न ठाउँहरुमा बीमा सचेतना लिएका होडिगं बोर्डसहित उपस्थित भयो । 

दावी भुक्तानी मार्गदर्शन, २०७६

बीमा समितिले दावी भुक्तानी प्रक्रियालाई छिटो, छरितो, पारदर्शी तथा व्यवस्थीत बनाउनका लागि दावी भुक्तानी मार्गदर्शन, २०७६ जारी गरेको छ । जस अन्तर्गत जीवन बीमा कम्पनीले मृत्यु दाबी भुक्तानी १५ दिन भित्र गर्नु पर्ने ब्यबस्था गरेको छ । बीमालेखको अवधि समाप्त हुदै बिमितको मृत्यु भएमा कम्पनीले बीमितले इच्छाईएको व्यक्ति वा उसको हकवालालाई १५ दिनभित्र भुक्तानी दिनु पर्ने निर्देशन दिएको छ ।

लघु बीमा निर्देशिका परिमार्जन

समितिले लघु बीमा निर्देशिकालाई परिमार्जन गरेको छ । संशोधित निर्दे्शिका बमोजिम जारी गरिने बीमालेखको बीमा शुल्कमा कुनै प्रकारको छुट नपाउने, बीमा शुल्क कटौति गर्न वा सहुलियत दिन नपाइने व्यवस्था छ ।

संशोधित निर्देशिकामा बीमा कम्पनीहरूले सात दिनभित्रमा दाबी भुक्तानी गर्नुपर्ने व्यस्था रहेको छ । यस अघि सम्म कम्पनीहरूले १० दिनभित्र भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको थियो । संशोधित निर्देशिका अनुसार कम्पनीले अब सात दिन भित्रै भुक्तानी गर्नु पर्ने छ । 

त्यस्तै, कम्पनीहरुले बीमितले दावी भुक्तानी सम्बन्धी सम्पूर्ण कागजपत्र पेस गरेको सात दिनभित्रमा अनिवार्य रूपमा दाबी भुक्तानी गर्नुपर्नेछ । दावी भुक्तानी सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा बीमा नियमवाली, २०४९ को नियम ३३ बमोजिम बीमा समितिमा ३५ दिभित्र लिखित उजुरी गर्न सक्नेछन् । निर्दे्शिकामा जीवन बीमा कम्पनीले सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र समितिले तोकिदिए बमोजिमको अन्य लघु बीमा जारी गर्न सक्ने व्यवस्था रहेको छ ।

शाखारहित घुम्ती बीमा सेवा मार्गदर्शन

समितिले शाखारहित घुम्ति बीमा सेवा सम्बन्धी मार्गदर्शन, २०७६ जारी गरेको छ । आम जनता समक्ष सहज ढंगले न्यूनतम लागतमा घरदैलोमा नै विभिन्न माध्यमबाट बीमा सुविधा पुर्याउने पुग्ने विस्वास लिएको छ । 

त्यसै, समितिद्धारा यस वर्ष बीमकको सूचना प्रविधि मार्गदर्शन, जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमांकीय मूल्यांकन सम्बन्धी निर्देशिका र बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका परिमार्जन गरेको छ । 

सूचना प्रविधि मार्गदर्शन

बीमा समितिले सूचना प्रविधि नीति तथा उपयोगबाट बीमितको हित रक्षा गर्न बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६ जारी गरेको छ । उक्त मार्गदर्शन अनुसार बीमा कम्पनीहरले फिजिकल डेटा सेन्टर स्थापना गर्नुपर्ने र बीमकले निमार्ण गरी संचालनमा ल्याएको वेभसाइट समय सापेक्ष अद्यावधिक गर्दै लानुपर्ने लगायतका विषवस्तुहरु समेटिएका छन् ।

बीमा कम्पनीहरुको वार्षिक रुपमा इजाजत प्राप्त सूचना प्रविधि सम्बन्धी परीक्षकबाट सूचना प्रणालीको परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । सूचना प्रणाली परीक्षणको प्रतिबेदन आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र पेश गर्नुपर्ने व्यवस्था छ ।

जीवन बीमक संघ गठन

जीवन बीमा कम्पनीहरुले छुट्टै संघ दर्ता गरेका छन् । यसअघि जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरु एउटै छाता संगठनमा रहँदै आएको भएपनि जीवन बीमा कम्पनीहरुले बीमक संघमा अवसर नपाएपछि छुट्टै संघ दर्ता गरेका हुन् ।

सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको नेतृत्वमा तदर्थ समिति गठन भएको हो ।  

फेरि नघटोस् यस्ता घटना

२०७६ साल असार १७ गते रौतहटको मौलापुर–६ पथरा बुधराममा घटेको घटनाले नेपाली बीमा बजारमा हलचल पैदा भएको थियो । सो घटनाले केही समय नेपाली बीमा बजार त्रासदि बनेको थियो । रौतहटको मौलापुर–६ पथरा बुधराममा टोलका ३९ वर्षीय रामकिशोर यादवले आफ्नी ४ वर्षीया छोरीको हत्या गरे । आफ्नै छोरीको नाक–मुख थुनी हत्या आफ्नै बुबाले गरे । आफ्नै छोरीको हत्याको रहस्य रहेछ बीमा । 

यता, पोखरा रामबजारका ३५ वर्षीय रमेश नेपालीले २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरे । जडीबुटी खोज्न जाने बहानामा जंगलमा लगेर भारतीय कन्ट्र्याक्ट किलरबाट उनले श्रीमतीको हत्या गराएका थिए । हत्या भएको केही दिनअघि मात्रै उनले श्रीमतीको नामबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड रुपैयाँको बीमा गराएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved