समाजसेवी होम बुढाथोकीः जो दैनिक सयौँलाई निशुल्क खाना खुवाउँछन्

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 21, 2020 | 03:46:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मूलुक कोरोना भाइरसको कारण लकडाउन भएको महिना दिन भयो । यस अवधिमा ‘हुँदा खाने’ वर्गले कयौँ रात भोकै बिताएका छन् । मजदूरी गरेर बिहान बेलुकाको छाक टार्ने वर्गको दुखमा मलहम लगाउन सरकारले लिएको निती नै अपर्याप्त भईरहेको भन्दै आलोचना भइरहेका बेला समाजसेवीहरु भने आफ्नो क्षमता अनुसार राहत वितरणमा लागिरहेका छन् । 

विभिन्न सरकारी तथा गैह्रसरकारी निकायले राहतको नाममा दाल, चामल, नुन र तेल बाडिरहेका छन् । ‘फेसन सो’ जस्तो तस्बिर खिचाउन र खिच्नकै लागि राहत वितरणको अभिनय गर्नेहरुको भिडमा रामेछापका होम बुढाथोकी भने फरक शैलीमा राहतको वितरण गर्दैछन् । 

‘राहतमा चामल, दाल दिएको धेरै देखेँ तर कसैले पनि ग्यास दिएको देखिन’ रामेछाप खाँडादेवी गाउँपालिकाका स्थायी बासिन्दा बुढाथोकी भन्छन्, ‘काँचो चिज दिएर राहत पाउनेले पनि के मा पकाएर खाने ?’ 

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ चक्रपथमा होम बुढाथोकीले मंगलबारबाट खाना पकाएर खुवाउन सुरु गरेका छन् । धादिङबाट आउँदै गरेको ताजा तरकारीलाई कलंकी पुगेर ल्याएर चक्रपथमा उनी आफँैले खोल्न तयारी अवस्थामा रहेको Auricle Events मा पकाएर आज मंगलबार पहिलो दिन ३५७ जनालाई खाना खुवाए । ५ तारे होटलका कुक म्यानहरुलाई तयार गर्न लगाएर उनी आफैँ खटेर खाना नपाएकाहरुलाई खुवाए । 

‘निकै दर्दनाक अवस्थामा रहेकाहरुलाई खुवाउन पाउँदा मेरो मन हर्षले गदगद भएको छ’ उनी भन्छन्, ‘कुनै प्रचार गर्नका लागि होईन, मानवीय नाताले मानवीयता पूरा गर्न कोही पनि भोकै रहन नपरोस् भनेर सेवा गरेको हुँ ।’ 

उनले चक्रपथ प्रहरी, काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसी लगायतलाई पनि खाना चखाए । 

‘दुई दिनदेखी भोकभोकै रहेका मजदूरहरुलाई एक पेट खुवाउन पाउँदा मनमा लागेको आनन्द म शब्दमा व्यक्त गर्न सक्दिँन’ उनी भन्छन्, ‘आज आएकामध्ये एकजना ६५ वर्ष जतिका वृद्धले ३ दिनपछि पेटमा अन्न पर्यो भन्नुभयो, त्यतिबेला निकै भावुक भएँ ।’ 

उनी थप्छन्, ‘बाहिर जस्तो देखिएको छ, भित्र त्यसको दोब्बर बढी दर्दनाक अवस्था रहेछ । मानिस त्यसै रातारात हिडेर गाउँ फर्किन खाजेका होइन रहेछन् ।’ 

दुखको बेलामा सक्नेहरुले सहयोग गर्नुपर्छ भनेर अभियान सुरु गरेको बताउँने बुढाथोकी भन्छन्, ‘लकडाउन नखुलेसम्म दैनिक बिहान १० देखि १२ बजेसम्म यसरी नै खाना खुवाउँछु ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved