बैंकरले तलब धेरै खाए भन्ने सांसदलाई दाहालको उत्तर, 'कर्मचारीको पनि तलब बढाउनुहोस, देश बन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 06:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank
बैंकर्स संघका अध्यक्ष भुवन दाहालले संसदको अर्थसमितिका सभापति कृष्ण दाहालले बैंकका प्रमुख कार्यकारी अधिकृतको तलबबारे  गत शनिबार उठाएको प्रश्नको आज जवाफ दिएका छन्। 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका भुवन दाहालले कर्मचारीको मनोबल बढाएर सँस्था बलियो बनाउन धेरै तलब आवश्यक रहेको आशयमा संसदको अर्थसमितिको आजको बैठकमा जवाफ दिए। 

तलब किन बढी चाहिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै उनले आफैं नेतृत्त्वको सानिमा बैंकको उदाहरण प्रस्तुत गरे। कुनै बेला २७र२८ नम्बरमा पर्ने कान्छो बैंक 'सानिमा' आज उत्कृष्ट दशमा पर्नुको कारण कर्मचारीको उच्च मनोबलका लागि बढाईएको तलब भएको दाहालले बताए। 

दाहालले सुरुमा आफुले कर्मचारीको तलब बढाएको र त्यसले कर्मचारीको मनोबल बढ्न गई कुनै बेलाको २८ नम्बरको कान्छो सानिमा बैंक आज उत्कृष्ट दशमा पुगेको बताए। दाहालले यसो भनिरहँदा अर्थसमितिको बैठकमा उपस्तिथ सांसद तथा पत्रकारहरुले दाहालको कुरा ध्यान दिएर सुनिरहेका थिए। उनको साथमा बैंकर्स संघका पुर्व अध्यक्ष तथा नबिल बैंकका सीईओ अनिल केशरी शाह र बैंकर संघका सीईओ अनिल शर्मा पनि थिए। 

ब्याज दर र बजेटका बिषयमा छलफल गर्न अर्थसमितिको छलफलमा पुगेका दाहालले तलब बढी भयो भन्ने हो भने नेपालका बैंकहरु अरु क्षेत्र जस्तो अविकसित हुन्छ भन्दै सांसदहरुलाई कर्मचारीको पनि तलब बढाउँन सुझाब दिए। 

कर्मचारीको तलब नबढ्दासम्म नेपालको विकास नहुने कुरा पटक पटक दोहोर्याएका दाहालले दक्षिण एसियाका देशहरुको तुलनामा नेपाली बैंकका प्रमुख कार्यकारीको तलव कम भएको सुनाए। यद्दपी तलब धेरै भएको भए घटाउन आफु तयार रहेको कुरा पनि उनले दोहोर्याई रहेका थिए।

दाहालले बैंकरले दैनिक १२ घण्टा काम गर्ने गरेकै कारण राम्रो नतिजा आएको सुनाउदै नेपालका कर्मचारीको पनि तलब बढाएर उनीहरुलाई पुरस्कार र दण्डको व्यवस्था गर्नलाई सुझाब दिए। नीति बनाएर मात्र बिकास नहुने भन्दै दाहालले मनोबल बढाउँन तलब बढाउनुपर्ने र उनीहरुलाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्ने बताए। तलब बढाउनुपर्ने बिषयमा बोल्दै गर्दा दाहालले आफु पनि तलब कम भएकै कारण सरकारी जागिर छाडेर बैंकर बनेको स्मरण गरे।   

पत्रकारहरुले सांसदले लिंदै आएको ५० हजारको तलबबारे प्रश्न उठाएकोप्रति असन्तुष्टि जनाउदै अर्थसमितिका सभापति दाहालले गत शनिबार नेपालका बैंकका सीईओहरुले २२ लाख तलब लिएको बारेपनि समाचार लेख्न सुझाब दिएका थिए।

गत शनिबार सभापति दाहाल लगायतका सांसदले ५० हजार तलब लिंदा जनताको लिन्छन भने सीईओले २२ लाख कसको लिन्छन भन्दै प्रश्न गरेका थिए। यति मात्र नभई पत्रकारहरुलाई सीईओहरुले बढी तलब लिएको बिषयमा समाचार लेख्न समेत सुझाब दिएका थिए। उक्त बिषय बाहिर आएको तेश्रो दिनका दिन संघका अध्यक्ष दाहालले आज सभापति दाहाललाई तलब बढाउनु पर्ने कारण सुनाउदै कर्मचारीको तलब बढाउँन सुझाब दिएका हुन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved